–स्वयम्भुनाथ कार्की
संविधानसभामा सभासदहरुको विजोगको दृष्य अनगिन्ति पटक देखेका छन, नेपाली जनता मात्र हैन सारा संसारले । विहान दश बजे बोलाईएको बैठकको निमित्त राती १२ बजेसम्म चरनमा खर्केका भेडाबाख्रा जस्तो अन्तराष्ट्रिय सम्मेलन केन्द्रको घेरामा खर्केका सभासदलाई गोठालोको प्रतिक्षामा खर्केका भेडाबाख्रासंग तुलना गरियो भने के अनौठो भयो र ?
अझ खुलस्त भन्ने हो भने भेडाबाख्राले त कहिलेकाही गोठालोको परवाह नगरी आफुखुसी पनि गर्छ । सार्वभौम जनताका प्रतिनिधि भएर त्यो अधिकार रक्षा र सुनौलो भविष्यको खाका कोर्न गएका सभासदलाई अर्को मिनटमा म के गर्छु भन्ने पनि पत्तै हुन्न । संसदकोषको रकमको साहरा नहुने भएको भए क्षेत्रमा जाँदा पनि कुकुर आयो कि विरालो जस्तो हुने थियो । त्यो हुन नपाउनु सांसद विकास कोषबाट केही रकम हातपार्न सकिन्छ कि भनेर चाकरी गर्नेहरुको जमातले होईन भनेर छातिमा हात राखेर भन्न सक्ने कसको तगात छ ?
फलामे अनुशासन भएको सेनामा पनि आदेश मान्दा विवेक प्रयोग गरिनु पर्दछ भन्ने वीपीको मान्यता थियो । यो कुरा आफु सुन्दरीजलमा बन्दी भएको वेला त्यहाँको उच्च सैनिक अधिकृतलाई कायल गराएको प्रसंगको रुपमा ‘आत्मवृत्तान्त’मा उल्लेख गरेका छन । कांग्रेसजन यो विवेकको प्रयोग कांग्रेस संगठन बाहिरकाले मात्र गर्ने हो, कांग्रेसले त नेताले जे भन्यो त्यही मान्ने हो पक्कै भन्दैनन । भने भने यो वीपीको मात्र हैन लोकतन्त्र कै सबैभन्दा ठूलो अपमान हुन्छ ।
चाहे झापा आन्दोलन होस वा हालैको माओवादी विद्रोह आधारभूत कुरा एकै हो । जनताको विवेक प्रयोग गर्ने स्वतन्त्रता कुन्ठित भयो , कसैले दास सरह आङ्खना ईच्छा आकांक्षा मारेर बस्नु पर्यो भने केहीले मालिक भएर रजाई गरे । यस्तो हुनुहुन्न भनेर नै यी घटनाहरु भएका थिए, हजारौको रगत बगेको थियो । यदि पार्टी नेताको मर्जिमा नै सबै चल्नु पर्ने हो भने संघर्षको आवश्यकता नै के थियो र ?
अझ वामपन्थीहरुमा त विवेकको प्रयोगको ज्यादा महत्व देखिन्छ । यदि यसलाई कुन्ठित गरिएको महशुस भयो भने पार्टी फुटन वेर नै लाग्दैन । उदाहरणहरु छरपष्ट छन अनेकौ वामपन्थी पार्टीका रुपमा आज विवेक जाकटी राखेर आफुलाई भेडाबाख्रा जस्तो गरिएको व्यवहार शिरोधार्य गर्ने हो भने भोली जनताले सोध्नेछन ‘हाम्रो रगत नेताहरुको सनकमा किन साट्यौ ’ । भौतिक शक्ति कम भएको बेला जनताका यी प्रश्न कति हिंसक हुन सक्लान त्यो अनुमान पनि नगरेकै बेस ।
आङ्खनो विवेक सभासद पदको निमित्त जाकटी राख्नेहरुबाट आङ्खनो भलो हुन्छ भन्ने ठान्नु मुर्खता नै हो । विवेक प्रयोग गर्नुपर्ने ठाँउमा मुख बुझो लगाएर बस्ने यीनै सभासदहरु जनता सामुन्ने आएर आङ्खनै नेताको उछित्तो काढने गर्दछन । के हक छ यी भेडाबाख्रा सरहका सभासदहरुलाई जनताको सामुन्ने नेतालाई दोष दिन ? सार्वभौम जनताले सार्वभौभ मनिएको संविधानसभामा आङ्खनो सार्वभौमिकता रक्षा गर्न पठाएका सभासदहरु नै हुतिहारा भए पछि आशा गर्ने ठाँउ त्यो हैन भन्नै पर्छ । मान्छे आशा छोडेर बाँच्न सक्दैन त्यसैले उसले अर्को आशाको केन्द्र खोज्नै पर्छ । यो नै विद्रोहको विउ हो, क्रान्तिको झिल्का हो । ईतिहासमा प्रख्यात नायक अनि दुर्दान्त खलनायक यस्तै परिस्थितिले पैदा भएका छन ।
न संविधानसभा भित्र, न संविधानसभाको अंग ,न संविधानसभाको कार्यसुचीबाट भएको काम कसरी संविधानसभाले गरेको काम हुन्छ ? संविधानसभा जनताको सार्वभौमिताको प्रतिक हो कि चार नेताको बाख्राको खोर ? जतिखेर जस्तो मन लाग्यो त्यस्तो घाँस हालीदिन पाउने ? के अहिले सोह्र बुँदे सहमती चार शिर्ष भनिएका नेताले संविधानसभामा पठाएको आदेश हैन र ? यदि हैन भने सभासदहरुले त्यसमा छलफल नै गर्न बन्देज किन ? समय पुग्दैन भन्ने हो भने साढे तीन बर्ष डल्लै बाँकी छ । आङ्खनो सर्दो (अनुकुल) नहुँदा पहिलेको दुई बर्षलाई चार बर्ष बनाउनेहरु आङ्खनै भेडाबाख्रा जसरी राखिएका सभासदहरुको छलफलबाट किन थर्कमान ?
आफुले कठपुतली जस्तो नचाएका सभासदहरुबाट त यति त्रस्त हुन्छन भने यी आफैलाई भाग्य विधाता भन्ने शिर्षहरुसंग जनताको सामुन्ने पर्ने ह्याउ हुने कुरै भएन । सयौ सुरक्षकर्मीको घेरामा भएको वेला पदमै भएको अवस्थामा त भुकम्प पिडितहरुले ठाडो पुच्छर लगाएर लखेटेको देख्नु पर्यो । जनता चोटले आक्रान्त छ त्यसैले अहिले जे मनलाग्यो त्यो गर्न सकिन्छ भन्ने सोचले द्रुतमार्ग (फास्टट्रयाक) को अबधारणा ल्याउनेहरुको साथ दिनेको भोलीको समाजमा के हैसियत होला त्यो पनि सोच्नु पर्ने हो । यीनिहरुले मल्हम नलगाएर जनताको पिडा अनन्तसम्म कम हुँदैन भन्ने कुरा हैन । केही नभए पनि समयले मल्हम लगाउने नै छ ।
जब जनता आङ्खनो पिडा मिचेर जाग्ने छ त्यसबेलाको पहिलो तारो आफुलाई धोका दिने अहिलेका भेडाबाख्रा सभासदहरु नै हुनेछन । त्यसवेला यी सभासद पनि रहेका हुनै छैनन र सबैले पद र शक्ति पनि पाएका हुने छैनन । त्यसपछिको शिर्षनेताको होमा हो मिलाउने अगुवाहरुको पालो आउने छ । त्यसैले अहिले आङ्खनो विवेक प्रयोग गरेर जनताको प्रतिनिधि हुने कि शिर्ष नेताहरुले हाल्ने घाँसको अनन्त प्रतिक्षा गरेर सभासदहरु अझै भेडाबाख्रा नै रहने ?
विराटनगर १
प्रकाशन मिति २०७२।३।१७ गते बिहीवार