गाविस सचिवद्वारा लाखौंको हिनामिना

श्रीमान् पत्रकार दाजु भाई तथा दिदिबहिनीहरु ,

                  बिषय:– हामी गरिब,निमुखा जनताको हकहित रक्षा गरी पाउँ बारे  ।

महोदय ,

उपरोक्त सम्बन्धमा जि.बारा गा.बि.स. कवहीगोठको गाँउ परिषदमा आ.ब.२०७१/०७२ को बजेट पारित हुँदा लक्षित वर्ग तर्फ बिभिन्न ८ वटा शिर्षकमा छुटयाईका रकमहरु उक्त गा.बि.स.का सचिव शिवरत्न साहले आफनो मनोमानी तरिकाले नेपाल सरकारको कानुनी राज्यको खिल्ली उडाई, उक्त गा.बि.स.को रकम दुरुपयोग गर्ने उदेश्यले,  केही भ्रष्ट राजनैतिक दलका कार्यकर्ताको लहैलहैमा लागी ३० देखी ४० प्रतिशत कमिसन लिई परिषदको निर्णय लाई उल्टयाई गाउघरका ठुला राजनैतिक दलका कार्यकर्ताहरुलाई मिलाई नक्कली बिल,भौचर बनाउन लगाई पहिला देखि नै लाखौं पेश्की लिएका व्यक्ति तथा दलालहरु लाई बिना योजना तर्जुमा नै उक्त शिर्षकका रकमहरु  बाडिरहेको हुदा उक्त गा.बि.स.को आ.ब.२०७१/०७२ को परिषदमा पारित भएको शिर्षक बमोजिमको कार्य नगरी  र निज सचिवले उक्त गा.बि.स.को आ.ब.२०७१/०७१ को गाउ परिषदबाट छुटयाईएका जनसचेतना केन्द्र,कवहीगोठको रु. २,४०,०००।–मध्ये आफुखुशी रु. ४०,०००।– निकाली खर्च गरेको हुदा आफनो ब्यक्तिगत स्वार्थको लागी मनोमानी तरिकाबाट कार्य गर्ने सचिव शिवरत्न साह कानु (९८४५०३६३६२)  लाई सो गाउ परिषद बिपरित कमिशनको भरमा निकासा दिने स्थानिय बिकास अधिकारी र खातामा रहेका ब्यक्ति समेतलाई भ्रष्टाचार तथा सरकारी रकम हिनामिना शिर्षकमा खबर प्रकाशित गरी तथा निजहरुको फोन नं.मा सम्पर्क गरी तत्काल हाम्रो रकम दुरुपयोग हुन बाट बचाई  हामी गरिब निमुखा जनताको हकहितको रक्षा गरिदिनुहुनका लागी तपाईहरु समक्ष बिनम्र अनुरोध गर्दछौ। साथै गाउघरमा हामी संग ब्यक्तिगत रिईसबी भई हाम्रो जिउ ज्यानमा समेत असर पर्न सक्ने हुदा तथा निजहरु हामीलाई जुनसुकै बेला जे पनि गर्ने सकने भएको हुदा हाम्रो नाम र ठेगाना गोप्य राखिदिनुहुन समेत श्रीमान्हरु समक्ष बिन्रम आग्रह गर्दछौ ।
                          (उक्त गाविसका विभिन्न वडाका महिलापुरुष गरी सात जनाले सामुहिक रुपमा पठाएको पाठक प्रतिकृया)

SHARE THIS

Author:

Facebook Comment