वीरगंज/
असार २० गते ।
संसारकै सबभन्दा ठूलो सदस्य संख्या रहेको क्लव लायन्स क्लव इन्टरनेशनलको लायन वर्ष २०१५/०१६ कालागि अन्तर्राष्ट्रिय डाइरेक्टरको पदमा निर्वाचित हुनु भएका वीरगंजका युवा इन्जिनियर संजय खेतानलाई आइतवार भव्य स्वागत गरिएको छ ।
वीरगंजका लायन्स क्लवहरूले बाराको सिमरा विमानस्थलमा पुगेर डाइरेक्टर खेतानलाई फुलमाला तथा अविर लगाई स्वागत गर्दै बधाई ज्ञापन गरेको क्लवका जोन चेयर पर्सन उमेश साह कानुले जानकारी दिनुभयो ।
स्वागतपछि सम्बोधन गर्ने क्रममा इ. खेतानले लायन्स क्लव इन्टरनेशनलबाट नेपालका भुकम्प पीडितहरुका लागि एक हजार घर र ३० वटा विद्यालय निर्माणका लागि ३५ करोड रुपैयाँ नेपालमा पठाएको जानकारी गराउनु भयो ।
डाईरेक्टर खेतानले भारत, ताइवान, बेलायत, बंगलादेश लगायतका देशका लायन्स क्लवहरुले समेत थप सय/सय वटा स्थायि घर नेपालमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको बताउनु भयो । उहाँले प्रति घर तीन हजार डलरको दरले निर्माण हुने र यस्ता घर स्थायी रुपमा सरकारको मापदण्ड भित्र रहेर निर्माण गरिने बताउनु भयो ।
अमेरिकाको हुनुलुलुमा लायन्स क्लवको सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले खेतानलाई अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित गरेपछि उहांले नेपाललाई पुनर्निर्माणको पहिलो आवश्यकता र भुकम्पबाट उठ्नका लागि आफूले फेस टु भिजिट नेपाल अभियान चलाएको बताउनु भयो । लायन्स क्लव इन्टरनेशनलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि समेत छुट्टै कार्यक्रम ल्याउने समेत उहांले दावी गर्नु भयो ।
दुई सय १० वटा देशको प्रतिनिधित्व रहेको लायन्स क्लव इन्टरनेशनलको अन्तर्राष्ट्रिय डाईरेक्टरमा नेपाली युवा पहिलो पटक निर्वाचित भएको अवसरमा सिमरा एयरपोर्टका साथै, लायन्स क्लव जितपुर सिमराद्वारा सिमरामा स्वागत गरिएको थियो, त्यस्तै परवानीपुर स्थित केडिया आँखा अस्पताल, सम्झना होटलका संचालक पशुपति विक्रम शाह, समाजसेवी उषा शाहले पनि होटल अगाडी स्वागत गर्नु भएको थियो ।
केडिया आँखा अस्पतालमा स्वागतपछि मन्तव्य दिने क्रममा लायन्स क्लव इन्टरनेशनलले वीरगंजमा पनि सुगर प्यासेन्ट अर्थात मधुमेह रोगीहरुकालागि अस्पताल खोल्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
त्यस्तै वीरगंजको घण्टाघरबाट बाजागाजा, झांकी जुलुस सहित विभिन्न स्थानमा स्वागत गर्दै नगर परिक्रमा गरिएको जोन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।
नेपाल लायन्स क्लव स्थापनाभएको ४४ बर्षको इतिहासमा नेपालललाई पहिलोपटक विश्व समक्ष पहिचान गराउँदै इन्जिनियर संजय खेतान अन्तर्राष्ट्रिय निर्देशक निर्वाचित हुनु भएको र वीरगंजमा जन्मिएका खेतानले वीरगंजको नाम समेत अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु भएकोले सम्पूर्ण वीरगंजबासीकोलागि गर्वको विषय भएको जोन चेयर पर्सन लायन उमेश साह कानुले जानकारी गराउनु भयो ।