वीरगंज ।
बिश्वको सबभन्दा ठूलो सामाजिक संगठन लायन्स क्लब ईन्टरनेशनल को अमेरिकाको हवाईमा सम्पन्न ९८ औं सम्मेलन बाट नेपालको महत्वपुर्ण उपलब्धि हासिल गर्न सफल भएको छ ।
संगठनको ९८ बर्षको साथै नेपालको लायनबादको ४४ औं बर्षको इतिहासमा हाम्रा अग्रज नेता ला. संजय खेतान इन्टरनेशनल डाइरेक्टरमा निर्वाचित हुनु भएको छ । उहां उपस्थित हुने बिश्वको हरेक लायन्सका कार्यक्रममा अब नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रिय गान गुञ्जिने छ । यस बाटविश्व जगतमा नेपाललाई परिचित गराउन थप मद्दत पुग्ने छ ।
संसारका दुई सय दश राष्ट्रका करिब चालिस हजार प्रतिनिधिहरुको बिचमा सम्पन्न यस सम्मेलनमा नेपालमा भर्खरै गएको भुकम्पबाट यहांका ख्यातिप्राप्त पर्यटकिय स्थलहरु र नेपाल पर्यटकहरुको लागि सुरक्षित रहेको सन्देश दिन उक्त सम्मेलनमा सहभागि नेपाली लायन्सहरु सफल भएका छन् । साथै भुकम्प पीडितहरुका लागि लायन्स क्लब इन्टरनेशनलको तर्फबाट एक हजार आवासगृह र पचास वटा विद्यालय निर्माणको लागि आबश्यक सहयोग जुटाउन नेपालको सहभागिताले महत्वपुर्ण योगदान दिएको छ ।
यसरि लायन्स क्लब इन्टरनेशनलको ९८ औं कन्भेशनले नेपालको लायनवादको मात्र नभई समग्र राष्ट्रकै प्रतिष्ठा अन्तराष्ट्रिय जगतमा उचो पुर्याउन सक्षम भएकोमा हामि करिब ७०० क्लबमा आवद्ध १५ हजार नेपाली लायनहरुको शिर उचा भएको महशुस गरेका छौं ।
(उमेश साह कानुको सहयोगमा मधुसुदन दाहालको फेसबुक पेजबाट साभार
)