प्राकृतिक विपत्ती मान्छेको बसमा रहने कुरा हैन। यसलाई मान्छेले रोक्न सक्ने कुरै भएन। तर त्यो बिपत्ती पछि हामीले तुरुन्तै गर्नु पर्ने उद्दारका कामहरुले ठुलो महत्व राख्दछ। बिपत्ती पछि हामीले देखाएको सक्रियताले जन धनको क्षती केही हदसम्म कम हुन सक्छ। त्यती मात्रै होईन मानव सिर्जित सिर्जनाहरुबाट हुने क्षतिलाई कम गर्ने तर्फ पनि मानिसहरु अब सचेत बन्नु पर्छ। प्राकृतिक बिपत्तीलाइ मानब सृजित कमजोरीमा घोलिन रोक्नु पनि अर्को बिपत्तीलाइ निराकरण गर्नु हो। त्यो निराकरण गर्ने काम दुइ प्रकारले हुने गर्दछ। त्यो हो बिपत्ती आउनु पुर्ब र बिपत्ती आइसके पछि गरिने कामहरु। जापान लगायतका विकशित देशहरुले बिपत्ती आउँनु पुर्व के गर्छन र प्रकोपको असर कम हुन्छ त्यस तर्फपनि हामे ध्यान जानु जरुरी छ। तर, नेपालका सन्दर्भमा यो समय बिपतीपछि के के गरे भन्ने कुरा महत्वपूर्ण देखिन जान्छ।
सन् २०११ सालको ९.१ रेक्टर स्केलको भूकम्पले जापानका भबनहरुमा खासै असर पारेको थिएन। भुकम्प मैत्री सम्रचनाका कारण भुकम्पको असर देखिएन। तर, भुकम्प पछिको सुनामी छालका कारण ह पन्ध्र हज्जार आठ सय चौरासी (१५, ८८४) जनाको मृत्यु भ्एको तथा दुइ हज्जार छ सय तेतिस (२,६३३) जना बेपत्ता भएको खबर जापान सरकारले सार्वजनिक गरेको थियो। हाम्रो देशमा भउको क्षती भन्दा यो निक्कै कम हो। तर,हामीले बिर्सन नहुने कुरा के हो भने जापान जस्तो मुलुकमा यती धेरै मानिसले ज्यान गुमाउनु निकै ठुलो कुरा हो। किनकी जापानमा बालकहरु बस्ने किन्डर गार्डेनदेखि लिएर बृद्धबृद्धा बस्ने घरहरुमासम्मा (जसलाई रोउजिन होम भनिन्छ) प्राकृतिक बिपत आइपर्दा कसरि सुरक्षित स्थलमा गएर आफ्नो ज्यान जोगाउने भन्ने कुराको पूर्ण रुपमा अभ्यास गर्ने र गराउने गरिन्छ।
हामी नेपालीले जस्तो आफु खुसी मैले त्यो अभ्यास गर्दिन भन्न पाइदैन । हामीले त जे कुरामा पनि आफु खुसीको कुरा र काम गर्ने चलन छ। तर, जापानमा कसैले पनि मैले गर्दिन भन्न पाउदैन वा भन्दैन र त्यो प्रकारको अभ्यास अनिबार्य छ। कसैले मनोमानी ढङ्गबाट विपत्तको पूर्व तयारी गरेन भने त्यहाँको सरकाले उसलाई दण्ड सजाय गराउँछ। कारण विपत्तको पूर्व तयारी नगर्ने मानिसका कारण पछि अरु मानिसलाई दुःख हुन सक्छ भन्ने त्यहाँको सरकारको धारणा छ। प्राकृतिक वा अरु प्रकारको मानब सृजित बिपत पर्दा सुरक्षित रहने बिसेस प्रकारका सेल्टरहरु निर्माण गरियको छ। त्यो सेल्टरसम्म पुग्नको लागी केटाकेटी देखि ठुला मान्छे सम्मको लागी नक्शा कण्ठ गराईएको हुन्छ। त्यति मात्र हैन त्यस्ता नक्शाहरु सार्बजनिक ठाउँहरुमा राखिएको हुन्छ, ताकी सबैले सधै सजिलै जानुन र सुरक्षित बन्न सकुन। बिश्व बिध्यालयहरुमा त्यो त्यसैअनुसारका कोर्षहरु अरु थपिने काम हुदै छ। त्यो अनुसार अनिवार्य अभ्यास गर्ने र गराउने काम हुने गर्छ। हामी विदेशीले पनि प्रत्यक बर्ष त्यो कोर्स गर्नु पर्ने (कक्षा लिनु पर्ने अनिबार्य छ) वा अभ्यास गरेर देखाउनु पर्ने हुन्छ।
जब जापानमा भूकम्प गएपछि सुनामीले ठुलो असर गर्दै थियो, तब यहाँका सम्पूर्ण मिडिया सुनामिमा केन्द्रित हुदै थिय। यहाँ स्मरण गर्नु पर्ने कुरा के छ भने अहिले पनि जापानमा सी एन एन र बि बि सी जस्ता समाचारहरु प्रतक्ष्य हेर्न पाइदैन। रेकर्डमा रहेका निश्चित समाचार मात्र इन्टरनेटबाट सुन्न र हेर्न पाइन्छ। कारण के हो भने अरु बिदेशी मिडियाले गर्दा जापानीहरुको संस्कार, संस्कृती र उनीहरुको आफ्नो राष्ट्रियता प्रतीको लगाबमा कुनै प्रकारको आच नआओस भन्ने हो। त्यो सुनामी आउँदै गरेको समयमा सरकारले भूउपग्रहको सहायताले रिएल टाइममा सुनामीको गति ,उचाई र त्यसको दिशा नापेर जनताको सामु पुर्याई राखेका थिए। यस्तो प्राकृतिक विपति पर्दा जापानमा घटना स्थलमा सबैभन्दा बढी प्रयोग भएको चाही वाएर लेस स्पिकर नै हो। जुन स्पिकर जापानको हरेक गाउ शहरमा सार्बजनिक सूचनाको लागि राखिएको हुन्छ र प्रायजसो जापानमा महाविपत्ति पर्दा सेल्टरको रुपमा स्कुलको खेल हल या ठुला सार्बजनिक खेलकुद हल, सुपरमार्केटको खाली ठाउँहरु समेत प्रयोग गर्ने गरि तयार पारीएको हुने गर्छ र यसरी जापान सरकारले लगभग चार लाख मानिसहरुलाई तत्कालै त्यस्ता ठाउँहरुमा राख्ने काम गर्यो। तर, त्यति धेरै मान्छेहरुलाई सेल्टरमा तत्काल राख्न सकेता पनि उनीहरुको लागी सबै भन्दा ठुलो समस्या भनेको कसरि उनीहरुलाई छिट्टो सुरक्षित ठाउँमा सधैका लागी राख्ने भन्ने रहेको थियो।
सुनामी पिडितहरुमा मानसिक वा अरु कुनै प्रकारको समस्या नआओस भन्ने कुरामा उनीहरु निकै सतर्क रहे। किनकी मानिसले आफ्नो बासस्थान गुमाइसकेपछि जती धेरै दिन सेल्टरहरुमा बस्नु पर्ने हुन्छ त्यति नै धेरै विभिन्न प्रकारका तनाब हुने गर्छ। अनि त्यो प्रकारका समस्या अरु थपिदै जाने हुन्छ र त्यो कुरामा जापान सरकारले तथा जनताले पनि निकै ध्यान दिने गरेका छन्। अर्थात् उनीहरुलाई पहिले नै त्यो जानकारी गराउने काम हुने गर्छ। त्यसको फलस्वरूप कोहि जापानी जनता पिडित भएर हिड्नु परेको छैन अहिले।
त्यसैले दिगो समाधानको लागी जापान सरकार र जापानी जनताले निम्न कुराहरु समयमा नै पुरा गरे: १. कतिपय मानिसहरु आफ्नो नातेदारको घरमा अस्थाई रुपमा बस्न गए र नातागोताको सहयोगमा काम खोजेर उतैतिर स्वत ब्यबस्थित भए।
२. जापान सकारले पनि भूकम्प पिडित जिल्लाको आस-पासको जिल्लाहरुमा रहेका सरकारी भबन अथवा प्राइभेट भबन (तर सार्बजनिक हितको लागी प्रयोग गर्न सकिने जसलाई सिएईज्यूताकु,केनएई ज्युताकु भनिन्छ) को खाली रहेका कोठाहरुमा तुरुन्त राख्न लगाएको थियो। त्यसको लागी निजि कम्पनीहरु वा मालिकहरुले ति जनताको पुर्नजन्म सम्झेर हार्दिकताका साथ स्वागत गरेर त्यसको लागी कुनै बाद विवाद वा सरकारसंग कुनै गुनासो वा नाजायज फाइदा लिने मौकाको रुपमा लिने काम गरिएन। कुनै जनताले आफु मर्कामा परेको वा कुनै कम्पनि वा घर मालिकले नियमविपरित भाडा असुल गरेको गुनासो त सोचाई भन्दा धेरे परको कुरा भयो।
३. बाकी भएका मानिसलाई खाली र सुरक्षित स्थानमा अस्थाई घर केहि दिनमा नै निर्माण गरेर दरिलो ब्यबस्था गरियो ताकी उसले कुनै मानसिक अबस्थाबाट गुज्रन परेन। यसरी राखियो कि अर्को उचित र दिगो ब्यबस्था नहुन्जेल बस्न मिल्ने घरहरुको निर्माण भएको थियो। जापान त्यस्तो देश हो जहाँ पौष्टिक तर ताजा तयारी खानाहरु बजारमा सजिलै र जता ततै किन्न पाइन्छ। लाखौ जापानीहरुले घरमा खाना समेत बनाउँदैनन्। त्यसको लागी थुप्रै कम्पनीहरुले काम गर्ने गर्छन। जापानमा एक ब्यक्ती एक कामको अबधारणामा चलेको देश हो र जस्तै कुनै मान्छेले कुनै अफिसमा काम गर्छ भने घरमा खाना बनाउने काम गर्दैन तयारी खाना किनेर खाने गर्छ। उसले खाना बनाउने समय आफ्नो अफिसमै लगाउने गर्छ। यहाँ स्मरण गर्नु राम्रो हुन्छ कि जापानी सरकारले हुन सक्ने कुनै प्रकारको बिपत्तीको लागी भनेर सात बर्षका लागी खाद्यान्य सञ्चित गरेर राख्ने गथ्र्यो, तर अहिले भने तिन देखी पाच बर्षका लागी मात्रै सञ्चय गर्ने गरेको छ।
४. यस्तो दुःखद परिस्थितिमा काम र बासस्थान दुवै गुमाउन बाध्य भएका जनताका लागी जापानमा भएका हज्जारौ कम्पनीदेखि विश्वविद्यालयसम्म उनीहरुका लागी ठुलो प्राथामिकताकासाथ आफ्नो कम्पनीमा काम र बासस्थान दुवै दिने काम गरे।
५. जापान एउटा त्यस्तो देश हो जहाँ सम्पूर्ण कारोबार बैंक मार्फत हुने गर्छ। सबै जनताले आफ्नो तलब बैंक मार्फत लिने वा दिने गर्छन। तर, सुनामीको कारणले धेरैसंग बैंकको कुनै कागज समेत थियन। यस्तो परिस्थितिमा जापान सरकारले बैंकको चेक बुक या कार्ड नभएपनि अरु कुनै सामान्य कागजपत्रको आधारमा वा ब्यक्ती आफै बैंकमा उपस्थित हुदा समेत पैसा निकाल्न मिल्ने ब्यबस्था गरिदियो। त्यसको परिणाम स्वरूप जनता तुरुन्तै अस्थायी घरहरु वा अस्थायी रुपले बसेका स्थानबाट निस्किएर आफ्नो इच्छा अनुसारको ठाउँमा गएर बस्ने ब्यबस्था गरे।
७. जापान सरकारले तुरुन्तै सुनामी प्रभावित ठाउँका आ आफ्नो ब्यवसाय संचालन गरेका मानिसहरुलाई बिना धितो आठ करोड सम्मको ऋण सुबिधा दिइएको थियो भने त्यो भन्दा बढी रकम चाहिने कम्पनिलाई वा परिवारको लागी (निजि कम्पनि र सानो कम्पनि) कम्पनीको मालिका एकजना मात्रै ग्यारेन्टर बसेर पनि २८ करोड सम्म सहुलियत पूर्ण रुपमा ऋण लिन सक्ने बनाइएको थियो।
८. अन्तिममा पुननिर्माण मन्त्रालयको घोषणा गर्नुका साथै बिशेष पुननिर्माण कर बिभागको घोषणा गर्यो।
यसरी तत्काल उसले केहि दिनहरुमा गर्नु पर्ने काम सम्पन्न गरिसके पछि त्यहा एउटा विशेष आन्तरिक छलफल गरियो। स्मरण रहोसे त्यो छलफलमा कुनै प्रकारको बाहिर देखिने गरी बाद बिबाद भएन र त्यसको कुनै समाचार बनेन। सम्बन्धित बिशेषज्ञहरुको बिचमा अन्तरक्रिया गरियो र त्यो अन्तरक्रियाबाट तुरुन्त आगामी दिनको प्राथमिकताहरु तय भयो। तत्कालिन सरकारलाई निर्देशिका वा सुझाब प्रस्तुत गरियो र त्यो सुझाब अनुसार जापान सरकारले तुरुन्त पुननिर्माण मन्त्रालयको घोषणा गरी त्यसको लागी कुनै विवाद बिना एक पुननिर्माण मन्त्रि नियुक्त गरि पुन निर्माणको काम सुरु गरिएको थियो। त्यसको साथै सरकारले त्यो सुनामीले प्रभावित ठाउँहरुमा वा सहरहरुमा मानब चहलपहल सुरु गर्नको लागी त्यहा प्रवेश गर्ने कर मिनाहा गर्यो। यहाँ स्मरण गर्नु पर्ने कुरा के छ भने जापानमा कर तिर्नु जिबनको एउटा संस्कार हो र त्यो कानुनत स्वत लागु हुने नै भयो। तर, पनि सरकारले जनतालाई आफ्ना मिडिया मार्फत सूचना जारी गरेको थियो। त्यहा जाउ घुम र त्यहाको स्थितिमा सहजीकरण गरिदेउ भनेर। जसका कारण प्रभावित ठाउँहरुमा घुम्न जानेको संख्या ह्वात्तै बढ्यो।
यो चहल पहलसँगै व्यापारिक चहल पहल पनि छिट्टै सुरु भयो। त्यती मात्रै हैन सुनामी प्रभावित ठाउँको पुननिर्माणको लागी भनेर जनताहरुबाट लिइएको करबाट बिशेष पुननिर्माण कर नामको बिभाग समेत ब्यबस्था गरियो। यसरी जनताको ब्यबस्थापन समयमा नै गरिसके पछि अहिले जापान सरकार सुनामीको (भूकम्प को कारणले हैन) कारणले क्षती पुगेका आणविक भट्टीको पुनस्निर्माण, संचालन र अब आउँने दिनहरुमा गर्नु पर्ने कुराहरुको तयारी ठुलो परिणाममा संचालन गर्दै छ। २०११ सालको महाभूकम्प दिउँसो २.४६ बजे गएको थियो। तुरुन्त सुनामीको असर देखिन थालेको थियो। जब आपतकालीन उद्धार टिम जापान देशभरि हेलिकप्टरबाट सुनामी गएको ठाउँमा केन्द्रित हुन थालेको थियो तब समय घर्कदै रात पर्न लाग्दै थियो। त्यो समयमा उद्धार टोलीको लागी खराब मौसम र रातको समयले गरि दुइ बटा कुराले निकै समस्या पारेको थियो। रातको समयमा हेलीकोप्टरका उद्धारकर्मीहरुले खराब मौसमको कारण सोचेजस्तो राम्रो उद्धार गर्न नसकेको अनुभव गर्न पुगे।

त्यति मात्र हैन रातको समयले गर्दा उद्धारको पर्खाईमा रहेका मानिसहरु माथीबाट नदेखिने समस्या महशुस गरेर उता जमिनबाट गएका उद्धारकर्मीहरुले पनि सुनामीले ल्याएको दलदल फोहरको कारण उद्धार गर्न कठिनाई भैराकेको थियो र सुनामीले बगाएर ल्याएका मानिसहरु जसो तसो ज्यान बचाएर उद्धारको पर्खाइमा हुदा पनि आफुहरुले खराब मौसम र रातको कारण उद्धार गर्न नसकी जनताहरुले ज्यान गुमाउन बाध्य भएको जापानी उद्दार कर्मिहरुले अनुभव गर्न पुगे। त्यहाँ अनुभव मात्र गरेर कहाँ छोडिन्छ र उनीहरुले तुरुन्तै विश्वविद्यालयलाई त्यसको समाधान खोज्न आग्रह गरेर त्यसको समाधान पनि खोजि गरीसकेको अबस्था छ। अहिले खराब मौसमको समयमा पनि सजिलैसँग देख्न मिल्ने प्रविधिको बिकास गरेर त्यो प्रबिधि जापानी हेलिकोप्टरमा प्रयोग गरेका छन्।
त्यति मात्र हो र बिपत्तीमा परेका जनताको तत्काल उद्दार गर्नको लागी जिउँदो मानिस छ भने उसको शरिरको तापक्रमले गर्दा तुरुन्त र टाढाबाट समेत पत्ता लगाउने उपकरणको आबिस्कार गरी त्यो प्रविधिको बिकाश तथा प्रयोग गरीसकेको अबस्था छ। अब हामी पनि यस्तै प्रकारको संबेदनशील बनेर अगाडी बढ्नु को कुनै बिकल्प छैन। त्यसो गरिएन भने हाम्रो भबिष्य अन्धकार हुने छ। विकासको यो दिशा तर्फ हामी नेपालीहरुले जति सक्दो चाडो अग्रसर हुनुपर्ने देखिएको छ।
लेखक:
1.डा. भगवती कुँवर पोख्रेल, होक्कैदो बिस्वबिध्यालय, जापान
2. ई. केशब पोख्रेल, टोकियो, किजिमा कम्युनिकेशन वायर कम्पनि लिमिटेड, टोकियो, जापान
3. डा. अम्बरिश पोख्रेल, त्रिभुवन बिस्वबिध्यालय, हाल जापान