सन्तोष कुमार मिश्र
२०७२ वैशाख १२ गते शनिवार गएको ७.९ म्याग्निच्युड रेक्टर स्केल र वैशाख २९ गते मंगलवार गएको ७.३ म्याग्निच्यूड रेक्टर स्केलको भूकम्पले पुरातात्विक राष्ट्रिय सम्पदा लगभग सबै ध्वस्त गरेको छ । १० औं हजार मानिसको मृत्यु, १८ हजार भन्दा बढी मानिस घाइते भए भने भू(कम्प प्रभावित २७ जिल्लामा ५ लाख घर, सरकारी कार्यालय, विद्यलाय बस्न नहुने गरी ध्वस्त भएका छन् ।
पृथ्वी, मौसम र आकाशका रुपमा देवी देवतालाई लिईन्छ । दैवी विपत्ति भूकम्पले देवी देवताको मन्दिर पनि ध्वस्त गरेको छ । प्राकृतिक वस्तुलाई मानिसले रक्षक वा आवश्यकताको वस्तु ठान्दै आएका छन् । प्राचीन नेपालका मन्दिर र मुर्तीहरु अहिले भग्नावशेष बनेका छन् । पुरातात्विक राष्ट्रिय महत्वका सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा सबै ढलेर ध्वस्त भएकाले त्यसको पुनर्निर्माण कसरी गर्ने ? कहिलेसम्म गर्ने ? भन्ने एउटा गहिरो चिन्ता राष्ट्रसमक्ष देखा परेको छ । भीमसेनस्तम्भ अर्थात धरहरासूगै थुप्रै सम्पदा एकै दिन, एकै समय, एकैसाथ लेर विश्व पर्यटक केन्द्र काठमाण्डौ यतिखेर बुच्चो र खण्डहर बनेको छ ।
साझा सम्पत्ति राष्ट्रिय सम्पदाको पुनर्निर्माण गर्नु सरकार र हामी सबैको साझा दायित्व हो । पुरातात्विक राष्ट्रिय सम्पदाले नेपालको इतिहासको पहिचान दिएको थियो । भग्नावशेष भएका राष्ट्रिय पुरातात्विक सम्पदाको पुनर्निर्माण नगर्ने हो भने नेपालको इतिहास र अस्तित्व नै खतरामा पर्नेछ । इतिहासलाई बचाएर वर्तमानबाट सिक्दै जाने हो । भू–कम्प प्राकृतिक प्रकोप हो, एक युगमा, एक शताब्दीमा पृथ्वीले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति धेरै वा थोरै व्योहोर्नु नै पर्दछ । प्राकृतिक नियमलाई कसैले पनि नकार्न सक्दैन ।
महाभूकम्पले यस पुस्ताका मानिसमा विपत्ति ल्याइदिएको छ । महाविपत्ति, महाविध्वंशको चुनौतीको सामना गर्नु हाम्रो बाध्यता हो, विकल्प छैन । महाविपत्तिका बेला एकता र धैर्यका साथ अघि बढ्न सक्नु पर्दछ । राष्ट्रिय विपत्तिले नागरिक, सरकार र दल सबैको अग्नि परीक्षा लिएको छ । महाविपत्ति चुनौती र अवसर दुबै हो । यस्तै बेलामा दक्षता, शीप, क्षमता, अयोग्यता, सिर्जनात्मक र रचनात्मक, अन्वेषण कार्यको खाँचो पर्दछ । महाविपत्ति, महाविध्वंशका बेला पलाएको वुद्धि र ज्ञान नयाँ नयाँ निर्माण र सिर्जना गर्न सक्दछ ।
इतिहासको नयाँ अध्यायको सुरुवात नयाँ पुस्ताका युवाहरूबाट मात्र सम्भव छ । वृद्धवृद्धाले महाभूकम्पबाट सिर्जित समस्याको समाधानमा यथेष्ट योगदान गर्न सक्दैनन् । महाभूकम्पबाट ध्वस्त भएका संरचना निर्माण गर्न अघिल्लो पुस्ताको अनुभव नयाँ पुस्ताका युवाहरुले लिएर दीगो र सुरक्षित विकास निर्माणमा अग्रसर हुनु समयको माग हो । समयभन्दा बलवान केही हुँदो रहेनछ भन्ने कुराको आत्मबोध महाभूकम्पले सबैलाई गराएको छ ।
धर्ममा आस्था राख्ने वा नराख्ने दुबैको निम्ति प्राकृतिक प्रकोप एउटा चुनौति हो । धर्ममा आस्था राख्ने वा नराख्ने दुबैका निम्ति भत्किएका सांस्कृतिक धरोहर पुनर्निर्माण गर्नु राष्ट्रिय दायित्त्व हो । हाम्रा सध्यता र गौरवका प्रतीक देवी देवताका मन्दिर, पुरातात्विक सम्पदाले मौन रुपमा हाम्रा विगतका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक अवस्थाको सन्देश प्रवाहित गरिरहेका थिए । अहिले लगभग ती सबै ढलेका छन् ।
दु:ख परेको बेला मानिसले भगवान संझिन्छ । यतिखेर भगवान (सृष्टि, स्थिति, संहारकर्ता) अति रिसाएर निष्ठुरी बनेका छन् । प्रकृतिले कठोर निर्णय गर्दा एक मिनेटको कम्पन्नले अकल्पनीय क्षति पुर्याएको छ । क्षतिलाई पुनर्निर्माण गरी जस्ताको तस्तै बनाउन सक्यौं भने महाभूकम्पमा परेर बाँचेका हामी सबै नेपालीको जीवन सार्थक हुनेछ ।
महाभूकम्पबाट २७ जिल्ला अति प्रभावित भएको छ । त्यहाँ रहेका राष्ट्रिय सम्पदामा क्षति पुग्न गएको छ । वर्तमान अवस्थामा नेपाल र नेपालीको अस्तित्व बचाइराख्न पुनर्निर्माणमा एकतावद्ध भएर युवाहरू अगाडी बढ्न सक्नु पर्दछ । वैदेशिक रोजगारीका कारण नेपालमा युवाहरु यतिखेर निकै कम छन् । पुनर्निर्माणको काम छोडेर नेपालमा रहेका युवाहरू वैदेशिक रोजगारीमा जानु हुँदैन र वैदेशिक रोजगारीमा गएका सम्पूर्ण युवाहरु पनि फर्किएर पुनर्निर्माण अभियानमा अनिवार्य रुपमा जुट्नु पर्दछ । तबमात्र इतिहासले हामीलाई स्यावासी दिने छ र वर्तमानको कार्य पूरा हुनेत ।
“जगदीश तु सबका रखवाला है” भन्ने कुरालाई हामी कसैले पनि भुल्न मिल्दैन । प्राकृतिक विपत्तिबाट पीडित भएका, नभएका सम्पूर्ण नेपालीले आफ्नो राष्ट्रलाई सबल बनाउन पुनर्निर्माणमा जुटेर सक्षमता प्रदर्शन गर्न सक्नु पर्दछ । महाविध्वंसबाट क्षति भएका सबै संरचना निर्माण गर्न परनिर्भर होइन, आत्मनिर्भर हुनु पर्दछ । स्वावलम्बनलाई सबैले आत्मसात गर्नु पर्दछ । विपत्तिमा परेका बेला सबैको सहयोग र साथ चाहिन्छ । नेपालको महाविपत्तिमा छिमेकी राष्ट्र चीन र भारत मात्र होइन, सम्पूर्ण विश्व समुदायले सहयोग गरेको छ । महाविध्वंसमा परेर नष्ट भएका सबै भौतिक र पुरातात्विक संरचनालाई पुनर्निर्माण गर्न सम्पूर्ण युवाहरु एकजुट भएर “हामीले नगरे कसले गर्ने। अहिल्यै नगरे कहिले गर्ने ?” भन्ने मनोभावनाकासाथ अग्रसर भए पुनर्निर्माण कार्य निश्चित अवधिमा नै पूरा भई “हाम्रो नेपाल, राम्रो नेपाल” हुन सक्दछ ।
सबैले सहायता देओस भनि दु:खमा परेका सबैले चाहनु स्वाभाविकै हो । ठूलो दु:ख मानिसलाई सधैं पर्दैन । जीवनमा एक पटक पर्न सक्दछ, यस्तो अवस्थामा कसैले पनि हरेस खानु हुँदैन । दु:खको सामना गर्ने मानिसको जीवन नै सार्थक हुन्छ । प्राकृतिक विपत्तिले सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सघाउन पनि सक्दछ ।
२०७२ साल वैशाख १२ र २९ को महाभूकम्प र अहिलेसम्म जारी पराकम्पनबाट हामी रहेको पृथ्वीको जग नै हल्लिएको जस्तो लाग्दैछ । हामी यतिखेर किं कर्तव्यविमुढको अवस्थामा छौं । यस राष्ट्रिय विपत्तिको घडीमा शोकलाई शक्तिमा बदल्दै राष्ट्रिय शक्तिलाई राष्ट्रको पुनर्निर्माणमा लगाउन सके भूकम्पमा परेर मृत्यु भएका मानिसको दिवंगत आत्मालाई “चीर शान्ति” मिल्ने थियो ।
भूकम्पका कारण विनाश भएका सबै संरचना निर्माण गर्न हरेक संघ संस्था, राजनीतिक दलमा रहेका युवाहरु एकत्रित हुनु पर्दछ । पुनर्निर्माण कार्यमा राजनीतिक गन्ध, सत्ता स्वार्थको गन्ध हुनु हुँदैन । राष्ट्र निर्माणसूगै राष्ट्रिय सहमतिको संविधान निर्माण गर्न पनि पुनर्निर्माणमा जुटेका सम्पूर्ण युवाहरुले सकारात्मक दबाव दिन सक्नु पर्दछ ।
गुट, फूट र लूटको राजनीतिक संस्कृतिले पुनर्निर्माण अभियानलाई विथोलेर भूकम्प पीडित जनतालाई झन आहात पुर्याउन र राष्ट्र विखण्डन गर्न सक्दछ । सचेत रहौं ।
प्रकाशित मितिः२०७२ जेठ २१ गते बिहीवार