–अर्जुन थापा
नेपामा सत्ता परिवर्तत २०४६ सालमा भएको थियो । पंचायतले भ्रष्टाचार अनियमितता गरेर अकुत सम्पति आर्जन गरेको आरोप लगाएर नेपाली जनताहरुलाई दिग्भ्रमित पारेर राखेका थिए । पंचायत समाप्त भएपछि बहुदलिय व्यवस्था स्थापना पछि काग्रेस एमाले , मधेसवादी दलहरुले सरकारमा पुगेका थिए । सरकारको नेतृत्व गरेका काग्रेस एमालेले र सरकारमा सहभागिता भएका मधेसी नेता लगायत अन्य दलका नेताहरुले भ्रष्टाचार अनियमितता गरेर कतिको सम्पति आर्जन गर्न सफल भयो । यो चाहि अहिले सम्म कसैले पनि भन्न सकेका थिएनन । जनताहरुलाई महगी कालाबजारी,गुन्डा अपराधी समुहको आतंकमा बाँचन बाध्य पारेको बेला आफुलाई निकै क्रान्तिकारी भएको देखाउने तत्कालीन नेकपा माओवादीले जनयुद्ध लडेर शान्ति वार्तामा आएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराई हुनु भएको थियो । आम नेपाली जनताहरुलाई मुक्ति दिने भन्दै हतियार उठाएका नेताहरु नै महाभ्रष्ट निस्केका थिए । एमाओवादीका नेताहरुसंग कतिको सम्पति छन भन्ने अडकल लगाउन गाहे नै छन । त्यसैगरि २०४७ साल देखि काग्रेस एमालेले सरकारको नेतृत्व गरेका थिए । अहिले पनि काग्रेसका सभापति सुशिल कोइरालले सरकारको नेतृत्व गर्नु भएको छ । सरकारमा जान नपाएमा सरकार ढाल्नको लागि सडक आन्दोलन गरेर सरकारमा पुग्न सफल भएका काग्रेस एमाले र एमाओवादी मधेसवादी दलहरुका नेता, कार्यकर्ता र उनीहरुले पालेका गुन्डा अपराधीहरुसंग कतिको सम्पति छ भन्ने कुरा अहिले पक्राउ परेका हत्यारा सन्जय साहको सम्पतिबाट प्रस्ट हुन पुगेको छ ।
दलका नेताहरु बहुदल,लोकतन्त्र र गणतन्त्र सम्म पुगि सकेकाले उनीहरुले अहिले सम्म कतिको सम्पति आर्जन गर्न सफल भएका छन । यसको उदाहरण एउटा अपराधी गुन्डाले गरेर देखाउन सफल भएका छन । दलका नेताहरुले नै आफनो वर्चस्व कायम राख्नको लागि अपराधमा लागेकालाई जिल्लाका नेता बनाएर सबै क्षेत्रमा ठेक्का पट्टा दिन प्रहरी प्रशासनलाई आफनो भय देखाएर अनैतिक काम गराउन सफल हुने कार्य जिल्लाका गुन्डाहरुले गरेका थिए । जिल्लामा आतंक मचाउने अपराधी गुन्डालाई मन्त्री र शिर्ष नेताहरुको संरक्षण प्राप्त हुने गरेकाले गुन्डाले जस्तो सुकै पनि अपराध सबै अपराध माफ हुने गरेका थिए । सन्जय साह पनि त्यस्तै प्रवृतिबाट आएका अपराधी हुन । व्इक्ति हत्या अभियोगमा जेलजिवन विताइरहेका निलम्बित सभासद साह तथा आफन्तका नाममा करिब १ अर्ब रुपैयाँको चल–अचल सम्पत्ति फेला परेको छ । जनकपुर बम विस्फोटका मुख्य योजनाकार साहकको सम्पत्तिमा करिब १ बर्षदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी ) ले छानविन गरिरहेको छ । १५ वर्ष अघिसम्म आर्थिक अवस्था सामान्य रहेको साहको स्वामित्वमा अहिले डेढ दर्जन फर्म /कम्पनी ,१ दर्जन बैक/ वित्तीय संस्थाबाट आर्थिक कारोवार ,ललितपुर ,सर्लाही, महोत्तरी ,धनुषा,सिरहालगायत जिल्लामा करौडौ मूल्य पनै जग्गा तथा लाखौ मूल्य बराबरको सुनचाँदी र गरगहना भेटिएका छन । यी सम्पत्ति परिवार नाताकुटुम्ब र विश्वासिलो व्यक्तिको नाममा भेटिएका छन ।व्यक्ती हत्याबाहेक अपहरण/फिरौती तथा चन्दा असुली,जबर्जस्ती ठेक्कापट्टा सिमा अपराध लगायतमा उनको संलग्नता रहेको थियो । २०६४ चैत २८ र २०७० मंसिर ४ गते सम्पन्न दुवै संविधानसभा निर्वाचनमा धनुषाबाट क्रमश: मधेसी जन अधिकार फोरम नेपाल र सदभावना पार्टीबाट प्रत्यक्ष निर्वाचित साह राजनीतिमा आउनुअघि ठेक्कापट्टा गुन्डागर्दी तथा सीमा अपराधमा संलग्न रहेको प्रहरी दावी छ ।
एउटा गुन्डा साहले यति सानो अवधिमा एक अर्बभन्दा बढीको सम्पत्ति आर्जन गर्नसफल भएका छन भने २०४७ सालदेखि सरकारमा पुगेका नेताहरुको सम्पत्ति कति अर्ब होलान भनेर सजिलै अनुमान लगाउन सकिन्छ । जिल्लामा आफनो पक्षमा गुन्डा अपराधीहरुलाई पालेर राखेर चुनावमा जितन सफल भएका दलका नेताहरु पंचायत ढल्ने अगाडी भारतको गल्ली गल्लीमा चन्दा उठाएर आफनो जिवीका आर्जन गर्ने गरेका थिए भने नेपालमा रहेका नेताहरुको लुगा फाँटेको खुट्टामा चम्पल च्यातेका घर सानो भत्कीन लागेको र चिया नास्ता गर्न पैसा नभएको बेला नेता भनेर जनताले चिया खुवाउने नेताहरु सत्ता परिवर्तन पछि राताराता महल पेजरो कार, अरबौ रुपैयाँको सम्पत्तिको मालिक भए । काग्रेस एमाले, एमाओवादी, मधेसवादी दल लगायत साना दलका नेताहरु सबै मन्त्री भएका छन । उनीहरु सरकारमा पुगेपछि जिल्लाका नेता,कार्यकर्ता,गुन्डा अपराधीहरुलाई ठेक्कापट्टा गुन्डागर्दी तस्करी लगायत कार्यगर्न छुट दिएका थिए । नेपालको अन्य जिल्ला र शहरका दलका नेता र गुन्डाहरुलाई पर्सा जिल्लामा नै देखन र भेटिन पाइन्छ । सत्ता परिवर्तन पछि ठुल ठुला महल बनाएका छन । यति रकम उनीहरुसंग कहाँबाट आयो भनेर अहिले सम्म सम्पत्ति छानविन गर्न कसैले पनि सकेका छैनन । राजधानीमा दलका नेताहरुले आलिशान महलहरु बनाएर राखेका छन । फुटपाथमा हिडने र सानो झुपडीमा बसेर राजनीति गर्नै नेताहरुले सत्ता परिवर्तन पछि अथाह सम्पत्ति आर्जन गर्न सफल भए । देश र जनताको लागि लडने नेताहरुको गुन्डाले यति एक अर्ब सम्पति आर्जन गर्न सक्छन भने सबै दलका नेताहरुको सम्पत्ति कति छन भनेर अनुमान गर्न गाहे हुनेछैनन । दलका नेताहरुले आफु सम्पन्न हुनको लागि नै सत्ता परिवर्तन गरेका हुन । सबै नेताहरुलाई मन्त्री चाहिएको थियो । आफनो आसेपासेहरुलाई ठेक्कापट्टा दिलाएर नेता भएर आफुले पनि सम्पत्ति आर्जन गर्नु परेकाले नै राजनीति गरेका हुन भन्ने कुरा अब जनताहरुको सामु भनिराख्नु पदैन । एउटा अपराधी हत्या साहसंग एकअरबको सम्पत्ति फेला पर्न सक्छ भने सबै नेताहरु कार्यकर्ताहरुको सम्पति कति अर्ब छ भनेर कसैले छानविन गर्ने ?
(अविचल)
संजय साह टक्ला |