संघीय राज्य: राष्ट्र विघटनको बाटो –अध्यक्ष चन्द्र बहादुर थापा

 (पोखरा)

नेपाली जनताहरुको एकतालाई तोडेर मुलुकलाई जातिय हिंसामा परिणत गरि नेपाली नेपाली जनताहरुको विचमा द्वन्द्व सृजना गराएर दलका नेताहरुले नेपालको राष्ट्रियतालाई नै समाप्त गर्न तिर लागि परिरहेकाले यसले आम देशभक्त नेपाली जनताहरुलाई पुन: एक पल्ट राष्ट्र निर्माणको लागि बलिदान दिन सबैलाई अग्रसर हुन बाध्य पारिरहेका छन । नेपाललाई एक ढिक्का पार्न पुर्खाले आफनो त्याग, बलिदान दिएर नेपाललाई आज सम्म विश्वको सामु विर गोरखालीको देश भनेर चिनाउन सफल भएको बेला दलका नेताहरुले विदेशी इशारामा नेपाललाई विघटन गनै योजना बनाएकाले यसले राष्ट्रलाईनै खतरा पुग्ने भएकाले अब देशभक्त नेपालीहरु चुप लागेर बस्ने बेला छैन । नेपालीहरुलाई विदेशीहरुको गुलाम बनाउन र नेपालमा नै नेपालीहरुलाई अल्पसंख्यामा पार्न जुन खेल दलका नेताहरुले गरिरहेका छन । यसले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता प्रति नै ठुलो खतराको बादल मडारिरहेकाले  नेपाली जनताहरुले अब देश जोगाउन एकजुट भएर अगाडी बढनु पर्ने बेला भएको छ । चार दलका शिर्ष नेताहरुले गरेको ८ प्रदेशको निर्णयले राष्ट्र्र विघटनको शुरुवात हने भएकाले संघीयता अहिले नेपाल र नेपाली जनताहरुको लागि घातक हुन पुग्ने भएकाले संघीय राज्य निर्माण गर्न भारतीय विस्तारवादले दवाव दिदै आइरहेकाले नै चार दलका नेताहरुले ८ प्रदेश बनाउने निर्णय गर्न पुगेकाले आफु र आफनो क्षत्री समाज नेपाल चुप लागेर बस्ने छैन ।
नेपालको राष्ट्रियतामाथि बारम्बार प्रहार हुँदै आइरहेको घटना कुनै पनि नेपालीहरुको सामु लुकेको छैन  । नेपाल आमालाई बेश्या भनेर आरोप लगाउने तथाकथित मधेस राष्ट्रको सपना देखन पुग्ने डा. सिके राउत जस्तो विघटन सोच भएकालाई अहिले सम्म पनि सरकारले कारवाही गर्न नसक्दा डा. सिके राउतले नेपाली महिलाहरुलाई नै बेश्या भएको आरोप लगाएर नेपाली नारीहरुको ठुलो अपमान गर्न पुगेका छन । डा. राउत कुन देशका नागरिक हुन त ? नेपालका नागरिकता लिएर बसेका राउतले नेपाली महिलाहरुलाई बेश्या हुन भन्ने आरोप लगाएकाले राउत पनि बेश्याको नै सन्तान हुन कि होइन भनेर उनले आफैले सोचनु परेको छ । डा. राउतले कुन दुष्टिकोणमा नेपाली महिलाहरुलाई बेश्या हुन भनेर आरोप लगाए । त्यस्ता अपराधी सोच भएका राउतलाई अहिले सम्म पनि सरकारले कारवाही गर्न नसक्नु नेपाली आमा दिदी बहइनी, छोरी नातिनीहरुप्रति ठुलो अपमान हुन पुगेको छ । डा. राउतले तराईको भुमिलाई मधेस राष्ट्र बनाउने जुन परिकल्पना लिएर तराईका जिल्लामा पहाडिया मुलुका नागरिकहरुप्रति विष खोतल्दै छन । त्यसले एक दिन तराईको जिल्ला नेपालबाट विभाजित भएर स्वतन्त्र मधेस राष्ट्र बन्ने त होइन भन्ने चिन्ताले आम देशभक्त नेपालीहरुलाई झस्काइरहेका छन । नेपाली विरहरुले लडेर जोगाएको आफनो भूमिलाई विदेशीहरुले हडपीने प्रयास गरेमा वा नेपालबाट तराईको भूमी टुक्राउन खोजेमा क्षत्रि समाजले जस्तो सुकै पनि बलिदान दिन तयार छन । नेपालको राष्ट्रियता जोगाउन सबै नेपालीहरु काँधमा काँध मिलाएर विघटनवादी सोच भएकाहरुको विरोधमा लडनु पनै बेला भइसकेको ले राष्ट्र जोगाउन बलिदान दिन पुर्खाले देखाएको बाटोमा नै लामबद्ध भएर अघि बढनु पनै बेला भएको छ । राजनेतिक दलका नेताहरुले ल्याएको ८ प्रदेश प्रस्ताव डा. राउत को पथ हो । राज्यले विघटनकारी राउतलाई कुनै पनि कारवाही नगर्ने  यस कुरालाई पुष्टि गर्छन । 

SHARE THIS

Author:

Facebook Comment