रमेश खरेलले सिकेे राउतलाई कारवाही गर्ने !

मेरो जागिर जाओस,तर सिके राउतलाई कारवाही गरि छाड्छु–एस.एस.पि. रमेश खरेल 


–अशोक मान श्रेष्ठ

नेपाली जनताहरुको विचमा निकै चर्चित हुनु भएका एस.एस.पि रमेश खरेल जहाँ भएता पनि देश र जनताको लागि आफनो जिम्मेवारी पुरा गर्न पछि परेका छैनन । अपराधी सोच भएकालाई पक्राउ गरि कानुनी कारवाही गर्नु पनै प्रहरीको मुख्य दायित्व रहेको छ  । अपराधी समुहले देशभरि नै आफनो संजाल संचालन गरिरहेको बेला खरेल जस्तो इमानदार प्रहरी अधिकृत नेपाली जनताहरुले पाउनु सबैको लागि गौरवको विषय हुन पुगेको बेला अहिले उहाँले नेपाली महिलाहरुलाई अपमानीत हुने खाले आफनो अभिव्यक्ति दिएका डा. सिके राउतलाई समेत कारवाही गरि छाड
ने आफनो प्रतिबद्धता जाहेर गर्नु भएको छ । रौतहट जिल्लाको चन्द्रनिगापुरको एक होटलमा बेश्या वृद्धिमा संलग्न भएका चार महिलाहरुलाई प्रहरीले पक्राउ गर्दा डा. राउतले नेपाली महिलाहरु बेश्या हुन भनेर आरोप लगाएकाले आम नेपाली जनताहरुको मनमा ठुलो चोट पुग्दा पनि राजनीतिक दलका नेताहरुले आफनो मुखमा भोटे ताल्चा लगाएर बसेका छन भने आँखामा टिनको चश्मा लगाएर राखेकाले डा. राउत कुन हो भन्ने चिन्न समेत नसकेको जस्तै आफनो नाटक देखाएर जनतालाई धोखा दिएर राखेको बेला एस.एस.पि खरेलले राउतलाई कुनै पनि हालतमा कारवाही गरि छाडने बताएका छन । नेपाली महिलाहरुलाई बेश्या भएको देखने राउतलाई यति ठुलो आँट कसले दिइरहेका छन । नेपाली भूमिमा जन्मेका डा. राउत कुन देशबाट संचालित भएका छन । उनी अमेरिकाबाट नेपालमा आएर तराईको भूमिलाई मधेस राष्ट्र बनाउनको लागि आफनो मनगन्ढे भाषण दिएर मधेसी जनताहरुलाई विद्रोह गर्न उचालिरहेका छन ।राउतले कुनै शक्तिशाली राष्ट्रको इशारामा नाचिरहेका छन । उनले नेपालको इतिहासलाई नै बगाएर मधेस राष्ट्र बनाउने आफनो अभियान संचालन गरिरहेका छन । मधेस राष्ट्र बनाउन राउतले कतिको रगत बगाउन सक्छन । यो त आउने दिनहरुले देखाउने छन  ।नेपालका राष्ट्रघाती नेताहरुको कारणले गर्दा नेपालको राष्ट्रियता कमजोर हुन पुगेको हो । यहि मौका ताकेर राउतले मधेस राष्ट्रको सपना देखन पुगेको मात्रै हुन ।राउतको लडाई राजनीति भएता पनि उनले नेपाली महिलाहरुलाई बेश्या हो भनेर आफनो अभिव्यक्ति दिएकाले यसले नेपाली महिलाहरुको अस्मिततामाथि नै आँच पुर्‍याउन कार्य गरेको बेला राज्यले अहिले सम्म राउतलाई पक्राउ गरि कारवाही गर्न नसक्नु कायरता सिवाय अरु केही पनि होइन ।
एस.एस.पि खरेल जस्तो साहसीलो कर्तव्यनिष्ठ प्रहरी अधिकृत जस्तो आफनो जिवनयापन गर्न खोज्ने कोही पनि नेताहरु नेपालमा देखा परेको छैनन । नेपालको भुमिमा नै नेपाली महिलाहरुलाई बेश्या भएको देखने राउतलाई राज्यले यति ठुलो प्रोत्साहन किन दिइरहेका छन । राउतको आँखाले आम महिलाहरुलाई कसरी बेश्या देख्न पुगे । नेपाली महिलाहरुलाई बेश्या भएको देखने राउतले भारतमा खुल्याम बेश्याबृद्धि हु्ने गरेका छन । उनले भारतीय महिलाहरुलाई किन बेश्या भन्न सकेनन । अमेरिकामा पनि बेश्या बृद्धि हुने गरेका छन । राउतले अमेरिकी महिलाहरुलाइ किन बेश्या भन्न सकेन । नेपाल जस्तो सानो देशमा आएर बस्ने राउतले नेपाली महिलालाई नै किन बेश्या देखन पुगे । यो आम नेपाली जनताहरुको लागि चासोको विषय भएको छ । ।राउतले नेपालको भूमि तराईलाई टुक्राएर मधेस राष्ट्र बनाउन खोजेका छन । उनले विभिन्न समयमा नेपालीहरुको  विरोध बोल्दै आइरहेका छन । नेपाल आमालाई बेश्या भनेर आफनो अभिव्यक्ति दिने राष्ट्रघाती राउतलाई सरकारले कारवाही गर्न नसक्नु यो सरकार पनि विदेशबाट आएका राउत जस्तै विदेशीले संचालन गरेको जस्तै हो । नेपाल आमालाई बेश्या भन्न सक्ने राउतको ठुलो आँट हो । यसलाई कसैले पनि सामन्य रुपमा बुझन हुदैन । राउत विदेशी मुलुकको गोटी भएर नेपाललाई टुक्राउन खोजेका छन । राउतलाई अहिले सम्म कसैले पनि कारवाही गर्छू भन्ने साहस देखाउन सकेका छैन ।तर देश र जनताको पक्षमा आफनो जिम्मेवारी निर्वाह गर्दैै आइरहनु भएको खरेलले आफनो जागिर जाओस तर राउतलाई कारवाही गरि छाडछु भन्ने अदम्य साहस लिएर जनताको विचमा पुगेको छ । खरेलले जुन साहत देखाउन पुग्नु भएको छ । यसले उहाँलाई पनि खतरा चाहि अवस्य आउन सक्छ । राउत नेपाललाई टुक्राउन निती लिएर नेपालमा आएका हुन । उनलाई शक्तिशाली मुलुकको सहयोग रहेको छ । राउत जस्तो अपराधी सोच भएकालाई कारवाही गरि छाडछु भन्ने अरु कुनै किन जन्मेन सकेनन । दलका नेताहरुको आमा दिदी बहइनी नातीनी सबै नेपाली महिला  हुन । नेपाली महिलालाई बेश्या हुन भनेर आरोप लगाउँदा पानी मरुवा नेताहरुले अहिले सम्म विरोधको स्वर समेत निकाल्न सकेका छैनन । नेताहरुले विरोधको स्वर निकालेमा विघटनवादी राउतको जासुसहरुले हत्या गरिदिने हुन कि भन्ने भयले सताएको हुन सक्छ । आफनै आमा दिदी बहइनीलाई बेश्या भएको आरोप लगाउँदा ६०१ सभासद मसानघाटमा छन कि संसदमा छन यो चाहि नेपाली जनताहरुले बुझन सकेका छैन । नेपाली महिलालाई अपमान गर्नु भनेको यो भन्दा ठुलो अपराध अरु के हुन सक्छ । राउतलाई तत्काल पक्राउ गरि कारवाही गर्न किन सकेन । सरकारलाई कुन शक्तिले रोके ?राउत अमेरिकाबाट यसै आएको होइन । अमेरिकाबाट प्रशिक्षण लिएर आएका राउतले नेपालीहरुलाई कायर सम्झेको होलान । यो त समयले नै राउतलाई देखाउने छ ।
नेपालमा आफनो देशभक्ती भावनाले ओतपोत भएका प्रहरी अधिकृत अहिले पनि आफनो पदमा कार्यरत  रहेको छ । खरेलले जुन भन्छ त्यहि गरेर देखाउने छन । खरेलले राउतमाथि कारवाही गरेको खण्डमा उनको जागिरमाथि कुनै पनि आँच पुगेमा नेपालको इतिहास पढेकाहरुले पृथ्वीनारायण शाह ,भिम सेन थापा, बलभद्रकुँवर लगायतका नाम सुनेका होलान । उनीहरुले आफनो देशभक्ती भावना देखाएकाले लाखौ नेपाली जनताहरु उनीहरुको पछि पछि लागेर राष्ट्रघातीहरुलाई समाप्त पारेका थिए । अहिले त्यहि दिनको सूरुवात हुन थालेका छन । नेपाली महिलाहरुलाई बेश्या भनेर लाछना लगाउने राउतमाथि कारवाही भएमा खरेललाई केही भयो भने, लाखौ लाख जनताहरु एस.एस.पि खरेलेको पछि लामबद्ध भएर लाग्ने छन । खरेल नाममात्रै होइन । नेपाली जनताहरुको लागि इमानदार देशभक्तको रुपमा पहिचान भइसकेको छ । खरेल नेपाली जनताहरुको आँखाको तारा हुन । कसैले पनि खरेल जस्तो महान विचार भएका इमानदार प्रहरी अधिकृतमाथि हमला गर्‍यो भने नेपाली जनताहरु सडकमा उत्रिएर नाराबाजी गर्नेछन । 

SHARE THIS

Author:

Facebook Comment