'असार '

असार !!


असार महिना आयो बर्षा बसिन्छ झर्झर हलो बाँझो जुवा सँझि हलिको मुटु थर्थर !
खोज्दैछु बाटुलिका रहर गुन्यु फेर्ने आषमा मकैका फुला झै ठेला हातमा अनि पादमा गर्जिदो साहुको बोली ,तिर्नुछ तिनपुस्ते जारी दोकानको मिठी बा! भन्छ मेरो उत्तराधिकारी पार्नुछ धर्ति चिरा थाम्नुछ बाजेको बिडो छिट्टै गर ल्याऊ बाटुली हरियो खोर्सानि र ढिडो
पुरा गर्दैछु कर्तब्य थाछैन छ के अधिकार सुरले झरिदेऊ बर्षा भोको मलाई नपार ! बुझे झै गरेर मर्म आकास आँखा बन्छ जब सार भो भूपतिलाई असार दिनमा सब !!!! खनाल ,कल्पना



खनाल ,कल्पना 
काठमाण्डौ


SHARE THIS

Author:

Facebook Comment