सभासद गगन थापा हिरो बन्ने प्रयासमा


नेपालीजनताहरुलाई जब जब आपति आइपर्छ नेपालका नेताले आफुलाई मात्रै सक्षम इमानदार र देशभक्त नेताको रुपमा चिनाउन निकै प्रयास गरिरहेका हुन्छ । नेपाली जनताहरुले आज सम्म जति पनि पिडा भोग्नु परिरहेका तछचन। त्यो सबै दलका नेताहरुको कारणले नै हुन भनेर भनिराख्नु पर्दैैन । भुकम्पबाट पिडीत भएका जनताहरुलाई तत्काल केही गर्न नसक्ने सरकार र विपक्षीहरुको नियती पनि जनताहरुले देखन पाएका छन । भुकम्पबाट घर टहरा सबै भताभु· भएको बेला एउटामात्रै नेता एवं सभासदले आफुलाई निकै साहसी र इमानदार भएको देखाउन पुगेका थिए । गत शतिवार दिउसो भुकम्प आउदा सर्वसाधारण जनताहरु घाइते भएका बेला टिचीङ अस्पतालमा उपचार गराउन गएको बेला औषधी पसलहरु सबै बन्द भएको बेला नेपाली काग्रेसका सभासद गगन थापाले आफैले टिचीङ अस्पतालमा पुगेर विरामीहरुको उपचार गराउनमा सहयोग पुर्‍याएको र आफैले औषधी पसलहरुको सटरमा लगाएको ताला फोडन लगाएको जानकारी उनले आफै सार्वजनिक गरेका थिए । यतिमात्रै होइन ,तत्काल आफनै पैसाले त्रिपालहरु किनेर भुकुम्प पिडीतहरुलाई वितरण गरेको समेत बताउन पछि परेका थिएन । अहिले त्यहि सभासद थापाले राहत उद्धार र व्यवस्थापन कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन अविलम्ब भुकम्प प्रभावित जिल्लामा एकजना मन्त्री खटाउनुपनै माग गरेका छन । नियमितरुपमा हरेक दिन सरकारको तर्फबाट प्रत्येक दिनको राहत ,उद्धार र सहयोगको विवरण सार्वजनिक सन्चारमाध्यममार्फत आम जनतालाई जानकारी गराउने व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु सभासद थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।सभासद थापाले यो सरकार अपराधी नालायक भएकोले भुकम्प पिडीत जनताहरुले अहिले सम्म कुनै राहत सामग्री पाउन नसकेको आरोप पनि लगाउन पछि परेका छैनन । आफनै पार्टीका नेतृत्वमा बनेको प्रधानमन्त्री सुशिल कोइरालाको सरकारलाई अपराधी नालायक भनेर उनले जनतालाई कुन चाहि सन्देश दिन चाहेका हुन । सभासद थापाले यहि मौकामा आफुलाई निकै ठुलो क्रान्तिकारी नेताको रुपमा देखाउन प्रयास गरेका छन । उनले एकसालको तलब समेत भुकुम्प पिडीत जनताहरुलाई दिने समेत घोषणा गर्न पुगेका छन । उनले जुन साहस जुटाएको देखाउन पुगेका छन । त्यसले थापाको राजनीतिकलाई मात्रै फाइदा पुग्ने हुन । आम नेपाली जनताहरुको लागि केही क्षण लाभ भएता  पनि दिर्घकालीन नेपाल र नेपालीजनताहरुलाई कुनै लाभ हुनेछैन ।
सभासद थापा कुन पार्टीको नेता हुनु हुन्छ भनेर पहिले सोचनु परेको छ । उहाँ नेपाली काग्रेस पार्टीको सभासद हुनुहुन्छ । उनको पार्टीका शिर्ष नेताहरु आफै गद्दार र जनतामारा भएकाले नै अहिले नेपाली जनताहरुले यति ठुलो शंकटको सामना गर्नु परिरहेको छ । पहिले जारजरकोटमा आएको स्वाइफुल रोगबाट त्यसक्षेत्रका जनताहरु मर्नु परिरहेको बेला सरकारले केही पनि राहत दिन नसकेको बेला भुकम्प आउँदा त झनै काग्रेसका प्रधानमन्त्री सुशिल कोइरालाई विदेश भ्रमणमा नै जानु भएको थियो । उहाँलाई नेपाली जनताहरु भन्दा आफनो भ्रमण नै मुख्य विषय भएको सोच बनाएर राखेकाले नै नेपाली जनताहरुले यसप्रकारको पिडा भोग्नु परिरहेका छन । थापाले आफु जनता प्रति निकै जिम्मेवार भएको देखाउन मात्रै खोजेका हुन । काग्रेसका  झण्डा बोकेर राजनीतिक गर्नर्ै र काग्रेसबाट नै सभासद भएर संविधानसभामा पुगेका थापाले किन यति ठुलो नाटक देखाउन पुगेका हुन । सभासद थापाले जनताको ध्यान आफुतिर केन्द्रित पार्न मात्रै खोजेका हुन । सभासद थापाले अरु नेता जस्तै अवसरवादी हुन भनेर भनि राख्नु पनै अवस्था नै छैन । उनले काग्रेस पार्टीमा बसेर जनताको लागि केही गर्न सक्छ भनेर देखाउन खोजेकोमात्रै हुन । थापा अवसरवादी छदमभेषी नै हुन । जनताको समर्थन जुटाउनको लागि राजनीतिक मात्रै गर्न सफल भएका मात्रै हुन । एकसालको तलब भत्ता दिएर भुकम्प पिडीतहरुको लागि केही हुन सक्देन । आम जनताहरु अहिले भुकम्पबाट निकै त्रसित हुन पुगेको छ । यस्तो अवस्था आउनमा काग्रेस पार्टी नै जिम्मेवारी रहेकोले यसको जिम्मेवारी काग्रेसपार्टी नै लिनु पर्छ । सभासद थापामा अलिकति पनि जनताप्रति आफनो जिम्मेवारी रहेको छ भनेर विश्वास दिलाउन चाहन्छ भने उनले पहिले महाभुकम्पबाट पिडीत भएका नालायक सरकारले केही गर्न नसकेकाले आफुले सभासद बनिरहने कुनै औचित्य न भएको भन्दै सभासदबाट तत्काल राजीनामा दिएर देखाउन आँट गर्नु पर्छ । उनले नेपाली काग्रेसले भुकम्प पिडितहरुलाई राहत दिन नसकेकाले काग्रेस पार्टी पनि  परित्याग गर्न सक्नु पर्छ अनिमात्रै थापालाई जनताले विश्वास गर्न सक्छ । सभासद थापाले सभासद र काग्रेस पार्टीलाई त्यागन सक्दैन ।सभासद भएर भत्ता खाने र मन्त्री बन्ने ताकमा रहेको छ । उनले केही पनि गर्न सक्दैन । आफनो राजनीतिकलाई भुकम्प पिडीत जनताको अगाडी सफल पार्न मात्रै खोजेका हुन । यस्ता गद्दार सभासदबाट नेपाली जनताहरुले कुनै पनि राहत पाउन सक्दैन । यस्तो दिन ल्याउनेमा काग्रेस पार्टी नै मुख्य जिम्मेवार रहेको छ भन्ने जनताले बुझी सकेकाले नाटककार सभासद थापालाई जनताले विश्वास गर्नै कुनै आधार नै छैन । सभासद थापाले आफुले जतिसुकै पनि नौटकी गरेर जनताको मायाँ खोजेता पनि उनको यो चाहना कहिले पनि पुरा हुन सक्दैन भनेर थापाले आफैले बुझी राखे हुन्छ ।
–सुमन पन्त

SHARE THIS

Author:

Facebook Comment