नयाँ नेपाल बनाउने नेताहरु यिनै हुन्


लोकतन्त्रको नाममा जतताहरुलाई सडकमा उताएर आन्दोलनमा होमिन लगाएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काग्रेसका अध्यक्ष एवं प्रधानमन्त्री सुशिल कोइरालाले नयाँ नेपाल २०७२ बैशाख १२ गते नेपाली जनताहरुलाई बनाएर दिन सफल भए । तिनै  दलका नेताहरुले २००७ सालदेखि प्रजातन्त्र र नयाँसंंविधान बनाउनको लागि संविधानसभाको माग गर्दैै आइरहेको बताएका थिए । संविधानसभाबाट नै नेपाल र नेपाली जनताहरुको समस्या समाधान हुन र नयाँ नेपाल निर्माण हुने आश्वासन दिदै आइरहेका दलका शिर्ष नेताहरुले पहिले संविधानसभाबाट नयाँसंविधान निर्माण गर्न नसक्नु र खरबौ रुपैयाँ राज्यको ढुकुटी सिधाएर चार वर्ष सम्म संविधानसभालाई लुटन थलो बनाए । संविधान बनाउन नसकने शिषै नेताहरुले पुन दोस्रो संविधानसभाबाट पक्कै पनि नयाँसंविधान बनाएर दिन्छु भन्दै भ्यागुतो उफ्रे जस्तै उफ्रेर जनतालाई मत दिन लगाए । जनताको मत प्राप्त गरेका तिन दलका नेताहरुले आफनो फाइदाको लागि राजनीतिक गरेकाले महाभुकम्प आएकाले मुलुकमा अब नयाँसंविधान निर्माण हुने सम्भावना समाप्त भएकाले दाहाल, ओली, कोइरालाले अब कस्तो खाले नेपाल बनाउने हुन । तिन दलका नेताहरुले नेपाल र नेपाली जनताहरुको लागि कहिले पनि भलो सोचन सकेका छैनन । युद्धमा आफनो १७ हजार नेता र कार्यकर्ताहरु मारिएको भन्ने एमाओवादी, काग्रेसले राणा शासन देखि अहिले सम्मआफनो होनाहार लोह पुरुष मारिएको भन्दै शहिद दिवस मनाउने एमालेले झापा काण्डमा मारिएका नेताहरुको सम्झनामा छिन्ताङ युद्ध सम्झीन । तर नेपाली जनताहरु महाभुकम्पमा मारिएको बेला दाहाल, ओली र कोइरालाले एक मिनेट मौन धारणा गर्न समय पनि न पाउने । तिन दलका नेताहरु जनताका हुन कि आफनै पार्टीका नेता र कार्यकर्ताहरुको मात्रै हुन । उनीहरुलाई आफनो नेता र कार्यकर्ताहरु मारिएको दिनलाई शहिद दिवस मनाउने पाउने ,लोकतन्त्र प्राप्तीको लागि मारिएका २१ जना मारिएकाहरुको फोटो क्लायान्डरमा चिपकाएर कार्यालयहरुमा टाँस्न लगाउने तर भुकम्पमा मारिएकाहरुप्रति अलिकति पनि सहानभुति नदेखाउने नेताहरुलाई अब जनताले के भन्ने ?
नयाँ नेपालको नाममा नेपाली जनताहरुलाई महाभुकम्पमा पारेर अहिले सम्म ७ हजार भन्दा बढीको मृत्यु र १४ हजार जति घाइते भएका छन । उनीहरुप्रति अलिकति पनि शोकसभा गर्न फुर्सत छैन । नयाँ नेपाल बनाउने यिनै नेताहरुले अब कस्तो नेपाल बनाउने हुन । भुकम्पमा परि अहिले पनि घरभित्रै पुरिएका छन । तर नेताहरु अब केही दिनमा हेलिकप्टरमा सवार भएर भुकम्प क्षेत्रमा पुगेर गोहीको आँसु खसालन सफल हुनेछ ,।महाभुकम्प पनि जनताका घर दैलोमा आइपुग्यो । जनताले के पाप गरेका थिए ?देश र जनतालाई पक्कै पनि रुवाएका थिए । नत कुनै जनतालाईभोकभोकै राखेर संविधानसभा बैठकमा चिकन फराई, टोस्ट र मिनीवाटर खाएका थिए । देश र जनतालाई लुटन लुटाहा नेताहरुलाई चाहि केही न हुने आफनो परिवार पालेर बसेका जनतालाई चाहि भुकम्पले तवाह पार्नै यहि हो नयाँ नेपालको नियम जस्तै हुन पुगेको छ । नयाँ संविधान अब तिन दलका शिर्ष नेताहरुले तिन वर्षमा बनाउन सक्दैन । राज्यको खरबौ रुपैयाँ खर्च गरी दोस्रो संविधानसभाको निर्वाचन गराएको र ६०१ सभासदहरुले राज्यको भत्ता सत्ता खाएर मोटाइरहेका सभासदहरुले नयाँ संविधान बनाउन सकेन भने यस्तो भ्रष्ट सभासदहरुलाई कारवाही अब कसले गर्ने ?एमाओवादीका अध्यक्ष दाहाल, एमालेका अध्यक्ष ओली र काग्रेसका अध्यक्ष कोइरालाको संयुक्त टोली जनतालाई आश्वासन दिन भुकम्प पिडीत क्षेत्रमा पुगेर पुन नयाँ संविधान निर्माण भएको खण्डमा जनताको सबै समस्या समाधान हुने भन्दै पुन झुठको खेती गर्न सफल हुनेछन । यस्ता नयाँ नेपाल बनाउने नारा दिएर भारतको इशारामा संविधानसभाको निर्वाचन गराउन सफल भएको र नयाँसंविधान निर्माण पछि मुलुकलाई टुक्रा टुक्रा पारेर देशलाई नै समाप्त पार्न खोजेकाले यस्ता नेताहरुलाई पहिले नै महाअभियोग लगाएरकारवाही गर्न सफल भएमा खरबौ रुपैयाँ समाप्त पारि संविधानसभाको निर्वाचन गराउन र संविधान बनाउन नसक्ने आरोपमा जेलमा थून्ने आँट अब कुन निकायले गर्ने ?
–अर्जुन थापा

SHARE THIS

Author:

Facebook Comment