नेपाली जनताप्रति पूर्व राजा ज्ञानेन्द्र शाहको अगाढ माया


नेपालमा महाप्रलय भुकम्प आएकोले नेपाली जनताहरु हार गुहार गरिरहेको बेलामा कुनै पनि दलका नेताहरुले जनताको साथ दिन सडकमा आउन सकेन । नेपाली जनताहरु भुकम्पमा परी मृत्यु र घाइते भएको समाचार विश्वका आगो जस्तो फैलिन पुगेको थियो । घरमा बसेका सुतिरहेका जनताहरुलाई भुकम्पले सधैंको लागि नउठने गरि मृत्युलोकमा पुर्‍याएका थियो ।

काठमाडौका जनताहरु भुकम्पको कारणले आफनो घर छाडेर राहत र सहयोगको अनुरोध गदै आइरहेता पनि आफुलाई नयाँ नेपालको निर्माणकर्ता भनेर जनताको बीचमा घाँटी सुक्ने गरि कराउने भ्रष्ट, पतित, नालायक नेताहरु सडकमा आएर जनताको मर्मलाई सान्तवना समेत दिन सकेनन् । जनताहरु आफनै घर भत्किएर मरिरहेको थियो । लाखौ लाख जनताहरु सुकुम्बासी भएर सडकमा आफनो दिन रात विताउनु बाध्य भएका थिए । जनताको लागि जनताद्वारा चुनिएका नेताहरु जनताको पिर मर्का परेको बेला आफै सुरक्षित ठाउँमा बसेर जनताको ज्यू ज्यान जोखिममा परेको दृष्य हेरी बसिरहेको थियो ।
जनताहरु भुकम्पबाट त्राहिमाम भई भागभाग भइरहेको थियो । भुकम्पले ल्याएको विपतीले जनताहरुलाई बाँच्नु न मर्नु अवस्थामा पुर्‍याएको थियो । सरकार मौन भएर जनताहरु मरिरहेको दृष्यलाई देख्न र सुन्न बाध्य भएका थिए । यतिमात्रै होइन प्रधानमन्त्री सुशील कोइराला स्वयं जनताको पीडा र दुखलाई बुझ्ने बेला इण्डोनेसियाको जकार्तामा थिए । भुकम्पले नेपालीहरु मरिरहेको जानकारी समेत उनले पाएका थिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भुकम्पले तवाही पारिरहेको जानकारी गराएपछि प्रधानमन्त्री कोइराला नेपाल फर्किएका थिए । यो भन्दा गैर जिम्मेवारी अरु केही पनि हुन सक्दैन । नेपाली जनता भुकम्पबाट जोगिन र चिचाइरहेको दृष्य विश्वका जनताहरुले देख्न पाएका थिए । तर नेपालका सरकार र प्रतिपक्षले देख्न र सुन्न समेत न पाएको जस्तै गरिरहेको देख्दा सरकार विहीन अवस्थामा रहेको छ भन्ने आम नेपाली जनताहरुले महसुश थिए ।
रोममा जनताहरु भोक भोकै मरिरहेका थिए । एकछाक खान र लाउन धौ धौ परिरहेको बेला रोमका राजा निरोले जनताप्रति कुनै पनि उत्तरदायित्व निर्वाह नगरी राजदरवार भित्र आफनो परिवारसंग बसेर बाँसुरी बजाइरहेका थिए । रोमका जनताहरुले भोग्नु परेको समस्यालाई राजा निरोले कहिले पनि सोचन समेत सकेन । जसको कारणले लाखौ लाख जनताहरु रोममा भोक भोकै मर्नु परेको थियो । नेपालमा पनि अहिले रोम जस्तै हुन पुगेको छ । भुकम्पबाट थिचिएर मरेका आफन्तहरुले हारगुहार गरिरहेका थिए ।
आफना श्रीमति छोरी घर भत्किएर मरेको लाशलाई पाउन सकेका थिएनन् । लाश सडेर गनाइसक्ने अवस्थामा पुगेको बेला मृत्यु भएका आफन्तहरुले आँखाबाट आसु खसालेर सरकार निरीही भएको बताएता पनि सिंहदरवार भित्र रहेका साना साना राजाहरुले भोजभतेर गरेर गफमात्रै छाडीरहेका थिए भन्ने कुरा आम जनताको विचमा अहिले देखा परेका छन ।
रोमका राजा निरो र नेपालका साना साना राजाहरु विच के नै फरक जनताहरुले देख्न पाए ? तर दलहरुले हिजोका सामन्ती शासकको रुपमा बदनाम गराएर जनतालाई भ्रममा पारेर राजसंस्था समाप्त पारेका पुर्व राजा ज्ञानेन्द्र शाह जनताको पीडा दु:ख बेदनालाई आत्मसात गरि एक्लो भएर पनि जनताको विचमा उभिएर सान्तवना दिन सफल भएका दृश्य चाहि आम जनताहरुले देख्न पाए । यो आम जनताहरुको लागि ठुलो सौभाग्य मात्रै होइन, नेपाली जनताहरुप्रति पूर्व राजा शाहको अगाढ मायाँ स्नेह रहेको छ भन्ने सन्देश पनि हो । पूर्व राजा शाहलाई दलका नेताहरुले जतिसुकै पनि लान्छना लगाए तापनि जनताको माझ आफु एक्लो भएतापनि यो देशका जनताहरु प्रति आफनो अगाढ मायाँ छ भनि कसैको प्रवाह नगरी स्वयम् आफैं भुकम्प पीडित जनताको विचमा पुगेर जनताहरुप्रति आइपरेको दैवीक प्रकोपप्रति चिन्ता व्यक्त गर्नुभयो । यो आम नेपाली जनताहरुको लागि गर्वको विषय हो ।
पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाडौमा भुकम्पबाट पिडीतहरुको अवस्था बुझ्न सडकमा महाभूकम्प पछि राजा ज्ञानेन्द्र पनि सडकमा....  निस्किएर भुकम्पले पुर्‍याएको क्षति विस्थापितहरुको अवस्था तथा सरकारले बाँडेको राहत पुन: स्थापना र उद्धारको कामबारे सर्वसाधारणसँग जानकारी लिएका थिए । भुकम्पबाट पुर्‍याएका क्षतिप्रति पूर्व राजा शाह निकै मर्माहित हुन पुगेको छ भन्ने उनको अनुहारलाई समेत अब आम जनताहरुले देख्न पाएका छन् ।


सधैं हाँसिरहने/मुस्कुराइरहने र शीरमा राष्ट्रिय ढाका टोपी लगाएर भ्रमणमा निस्किने पूर्व राजा शाहले राष्ट्रिय विपतीको बेला उनी जनताको पीडालाई आफ्नै पीडा भएको सम्झीन शाहको अनुहारलाई देख्न सकिन्छ । मुलुक र मुलुकवासीले भोगेका पीडाले शाहलाई कति भएको छ उनले चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेता पनि जनतामाथि आइपरेको समस्यालाई कति हद सम्म जनताको विचमा पुगेर घुलमिल गर्न पाएमा भुकम्पबाट मर्माहित भएकाहरुको दु:खलाई साथदिन सकिन्छ भनेर नै शाह जनताको विचमा उभिएर आफनो अनुहारलाई जनताको समस्या आफै माथि आइपरेको समस्या भनि देखाउन सफल भएकाले पूर्व राजा रोमका राजा निरो जस्तै जनता मारा होइन भनि प्रमाणित भएको छ ।
जनता मारा त सरकार र प्रतिपक्ष हुन भन्ने कुरा भुकम्प पिडीत जनताहरुले अहिले गरेका छन । यति ठुलो महाभुकम्प आएको बेला जनताको लागि केही गर्न नसक्ने सरकार र प्रतिपक्षले अब भुकम्पबाट मरेका र घाइतेभएकाहरुको लागि के गर्न सक्छन् ? सरकारले आफनो नैतिकता नै गुमाइसकेको छ । सरकार भएको अनुभव समेत भुकम्प पिडीत जनताहरुले गर्न पाएनन् । नेपालमा कस्तो अवस्था आयो । भुकम्पमा परेकाहरुको अहिले सम्म उद्धार गर्न सकेका छैनन । पुर्व राजा शाहले केही गर्न नसकेता पनि जनतामाथि आएको यो विपतीलाई आफैमाथिआएको सोचन पुगेकाले नै शाहको जयजयकार गर्न जनता पछि पर्नेनन । शाहको यो मायाँलाई युगौ युग सम्म जनताहरुले सम्झिरहने छन् ।  –अमर मान श्रेष्ठ (अविचल)

SHARE THIS

Author:

Facebook Comment