एक मधेश प्रदेश, आत्म निर्णयको अधिकार माग्नेको पैरवी गर्नेहरुले जान्नै पर्ने इतिहास

नेपालका एतिहाँसिक व्यक्तित्व :- श्री हर्ष मिश्र !!!

प्रवीण अधिकारी

नरभूपाल शाहको साशन कालमा गोरखा दरवारमा नेपालका तिर्थहरुको तीर्थाटनको बहानामा तराइ र काशीका मैथिल र भूमिहार ब्राह्मणहरुको आउजाउ बढ्यो ! बि.स.को १८०० देखि उनीहरुको बसाइनै गोर्खा दरवार तीर हुनथाल्यो ! इनै मध्येका थिए एक राजनीतिग्य ,पण्डित श्री हर्ष मिश्र ! यिनै मिश्रको प्रभाव र पहलका कारण मकवानपुरका राजा हेमकर्ण सेनले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिन मन्जुर गरेका थिए र उनको पहिलो विवाह इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो ! जेठान दिग्बन्धन सेन र सासुको हेपाहा र छुद्र बचनका कारण पृथ्वीनारायण शाह डोली नै नलीइ गोरखा आए ! पछि लिन जाँदा पनि त्यहि क्रम नरोकिएकोले श्री हर्ष मिश्रको सल्लाहमा बुढा महाराजले उनैले खोजिदिएको काशीका राजपुत अहिमानसिंहकी छोरी नरेन्द्र लक्ष्मी संग दोश्रो बिहे गरे ! बिस्तारै इनै हर्ष मिश्र गोर्खा दरबारमा कुटनीतिज्ञ , राजगुरु भै रहन थाले !

श्रीहर्ष मिश्रले पृथ्वीनारायण शाहलाई ब्रतबन्धमा मन्त्र सुनाएका थिए ! पछि १७९९ चैत्र २५ गते राजा भएपछी उनै श्री मिश्रले पृथ्वीनारायण शाहलाई केटी खोजेर विवाह पनि गरिदिए तथा उनको काशी संग सम्बन्ध भएका कारण नुवाकोट आक्रमणकोलागि चाहिने हात हतियार खरिदको लागि बनारश , लखनउ लाने , हातहतियार खरिद गराई लखनउबाट ३ बटा सिपालु मुसलमान कालिगढ़ र तालिम दिने व्यक्ति गोर्खा दरबारकोलागि खोजिदिएका थिए ! श्रीहर्ष मिश्र अत्यन्त बाठा, दूरदर्शी र निपूण राजनीतिज्ञ थिए ! यी मिश्रको बनारस तीर पनि तत्कालिन समयमा ठूलो मौजा र घरखेत थियो !

त्यसै बखत पृथ्वीनारायण शाहले पटना र प्रयाग(इलाहावाद) को पनि यात्रा गरेका थिए | पृथ्वी नारायण शाहसँग जाने यात्रीहरु मध्ये बाहुनका जाँघमा धोति र काँधमा पछेउरा, अरुलाई लवेदा सुरुवाल, कम्मरमा पटुका, सबैलाई छालाका काने जुत्ता, अंगरक्षकहरु खस र मगरलाई धनुकाँड, तरवार, भाला, सबैका कम्मरमा खुकुरी र बाटोमा खान बस्न समेतको व्यवस्था गर्नुपर्ने भएकोले ठूलो खर्च चाहिएको थियो (रुद्र चूडाल) ! सुरक्षाका दृष्टिकोणले पनि धेरै पैसा बोकेर हिँड्न सम्भव नहुने हुनाले पृथ्वीनारायणका गोरखपुरमा रहेका ससुराली र यिनै श्रीहर्ष मिश्रले खर्चको चाँजो-पाँजो मिलाएको अनुमान गरिएको छ | पृथ्वीनारायण शाहका ससुरा काशीका राजपुत अहिमानसिंह ठूला जमिनदार राजपूत थिए | बनारसमा बस्दा महाराजको बसाइ काशीका राजपुत ससुराली र गुरुपुरोहित मिश्र का रेखदेखमा तथा यात्रा क्रममा उनीहरुले आउने जाने बाटोमा बस्न खोजिदिएको ठाउमै भएको थियो ! ( बाबुराम आचार्य ,पृष्ठ १२५) इनैका बंशज थिए राजगुरु गजराज मिश्र जसले टकसारी चन्द्र शेखर उपाध्यायकासाथ मकवानपुरमा गइ सुगौली सन्धिमा हस्ताक्षर गरेका थिए !

(अधिकारीको फेसबुक वालबाट साभार)



SHARE THIS

Author:

Facebook Comment