चितवन । चितवनको भरतपुर उपमहानगरपालिका –११ स्थित पोखरीटोलमा रहेको सहाराको घरले एक बालिकालाई परिवारको जिम्मा लगाएको छ । विगत १ वर्षदेखि सहाराको घरको संरक्षणमा रहेकी सुस्मिता विकलाई परिवारको जिम्मा लगाएको हो ।
ती बालिकालाई जिल्ला बालकल्याण समिति चितवनले सौराहाबाट उद्धार गरी एक वर्षअघि सहाराको घरमा राखेको थियो । सुस्मिताको परिवारको खोजी गरी पारिवारिक पुनर्मिलन गराउन पाउँदा आफू निकै खुसी भएको सहाराको घरकी अध्यक्ष कुसुम साहाराले बताउनु भयो ।
बालिकालाई बालअधिकृत सिर्जना काफ्लेको निर्देशनमा नाता प्रमाणितका आधारमा उनका बुबा कृष्णबहादुर विक र कान्छीआमा आरती विकलाई हस्तान्तरण गरिएको अध्यक्ष साहाराले जानकारी दिइन् । हाल सहाराको घरमा १४ जना बालबालिका संरक्षणमा रहेका छन् ।