मेरा छोरा–छोरी सुरक्षित भएपनि मेरो मन रोएको छ.

– दीपिका भुषाल

फाइनल परिक्षा सके पछि छुट्टिको लागि पर्बत घर गयका मेरा छोरा छोरि तिन हप्ताको छुट्टि मनायर गयको सुक्रबार काठमाडौँ पुन फर्कियका थिए ,सनिबार बिहान खाना खयर केहि छिन फ्रेस हुने मूडमा घुम्नको लागि एक्लै पशुपति क्षेत्र पुगेका रहेछन ,उनि हरु पशुपति क्षेत्र पुगे पछि बाँदर चाराचुरुंगी र मठ मन्दिर सँग रमाउदै उनि हरु फ्रफुलित मुन्द्रामा थिय ,जब उनिहरु पशुपतिको मूल मन्दिर पुगेका मात्रै के थिय रे, ठुलो बिनास कारी भूकम्प आयछ, उनि हरु एक्लै कसरि सामना गरे होलान त्यो पललाइ , म कल्पना गर्न सम्म सक्दिन त्यो अवस्थामा उनि हरुलाइ सोच्दा .तेस्तो बिपतीको बेला पनि उनि हरु भन्छन हाम्लाई हाम्रो पिर भयन हामि हरु बाइर छौ पिर त मुना दिदिको ,र बाबाको थियो उहाँ हरु घरमा हुनुहुन्थियो भन्दै भगवान पुकारेछन ,तेस पछि बाबा खोज्दै आयर हाम्लाई लियर जानु भयो .मुना दिदि बाबा र हामि संगै आरयन यसी को पार्कमा चार दिन बितायौ , तो पानि भूकम्प पानि बतास हुरी सँग सामना गर्दै खुल्ला आकास मुनि रात बितायौ अरु सबैले जस्तै तर डर त्राशले भरियको उनि हरुको मन पिडा देखायन् न ,सायद मलाई तनाब नहोस भनेर होला ,हामि त ठिकै छौ मामु हाम्रो साथमा मुना दिदि , बाबा र भगवान हुनु हुनुहुन्थियो.तर यहाँ धेरै मान्छे मरे कयौ घाइते भयका छन् तेस्को पिडा छ बिचल्ली छ ममी यहाँ .जबकि उनि हरुले आफ्नो पिडा लुकायर अरुको पिडा महसुस गर्न सके एका तिर मलाई खुशी लाग्यो,अर्काको पिडालाइ बुज्न सक्ने भयछौ भनेर .आफ्नो पिडा लुकायर अर्काको पिडा महसुस गर्नु सक्नुनै मानबता हो ,तर म आमा हुम म उनि हरुको पिडा महसुस गर्न सक्छु ,सानो छदा ,टिनको भाडा बज्दा डराउने मेरी छोरि तेत्रो बिनास कारी भूकम्प कसरि नडरायका होलान र ? जब भूकम्प गयो भन्ने थाहा पाय फेसबुक मार्फत ,छोरा छोरि घुम्न निस्केको कुरा पनि थाहा थियो, उनि हरु सँग तिन घण्टा सम्पर्क नहुदा मेरो वोठ तालु सुकी सकेको थियो, मन उडेको थियो ,आखाँमा अश्रु धारा बगेको थियो ,तिन घण्टाको लगातार सम्पर्क पछि बैनी मुनाले फोन गरि नानु बाबु हामी संगै छौ चिन्ता नलिनुस भनेर थोरै मन ढुक्क भयो ,तब समाचार हरु बईर आऊन लागे , धरारा ढल्यो जो मेरो देसको सान थियो लाग्यो मेरो देशको शिर ढल्यो .अनि बिस्तारै काष्ठमण्डप ,बसन्त पुर वरि परीको पुराना सम्रचना हरु ,घर बस्ति मानब क्षेति ,सिंदुपलान्चोक , गोर्खा ,धादिंग देसका आदि इत्यादि ठाउँ हरुमा गयको भूकम्पले दियको डर त्रास ,मानब क्षेति ,घर टहरा,पशु पंछी को मिर्तुले , ले झन मनमा पोल्न थाल्यो,मेरो छोरा छोरि सकुसल रहेको खुशी मैले बिर्सन थाले .मन रोयो मनमा एक किसिम को तरङ्ग पैदा भयो ,जो मैले यो भन्दा पैले राजा बिरेन्द्रको बंश नास हुदा केहि छड महसुस गरेकी थिय त्यो पिडा तो बेला म जम्मा पन्द्र वर्षकि थिय ,हामि लाचार महसुस गरिरहेका छौ प्रदेशमा गर्न पनि के नै सक्छौ आशु झर्नु र सहानु भुती देखाउनु बाहेक, देस रोयको छ धर्ति फाटेको छ ,जन्ता मरेका छन् ,अपाङ् भयका छन् पानि पिउन पायका छैनन ,खान पायका छैन , राहात सोरुप देस बिदेस बाट तेतिकै वोइरो लागेको छ तर तेस्लाई बेबस्थित गर्न नसक्दा मान्छे हरु तेतिकै हार गुहार गरिरहेका छन् ,बाच्नको लागि पानि खोजि रहेका छन् , एक गास अन्नको लागि तड्पी रहेका छन् ,पानि र घाम सँग जोगिनको लागि वोत लाग्ने ठाउ छैन ,तर मेरो देसको सरकार लड्नमा व्यास्त छ ,कुनै एक बरिस्ठ नेता दुई वोटा बिस्कुटका पोका सँग कुनै चिनिया नागरिक सँग मुसुक्क हास्दै फोटा हरु पोस्टाउछ फेसबुकमा राहात प्रदान गरे भन्दै थोरै पनि मानबता छैन तिमि हरुमा . नेता भन्नेकि बुडीको जन्म भयको घर भत्कियो भन्दै फेस बुकमा फोटो राख्न पछि पर्दैन ,देसकै बुद्दीजीबी वर्ग हरु आन्दोलनमा उत्रीन पछि पर्दैन,सरकारले केहि गरेंन भन्दै ,अर्काको देसको नागरिक सम्म गयर सहयोग गरि रहेको बेला तिमि हरु भने अन्दोलनमा ब्यास्थ छौ दुई चार जना उस्तै उस्तै जुटेर .अन्दोलन हैन यो बेला तिमि हरु देसको जिम्यवार नागरिक बन जुन ठाउमा तिम्रो खाचो छ त्यो ठाउमा गयर पिडितलाइ सयोग गर . मरेका मरै छन् दुर्गम ठाउमा पानि खाना औसादी नपायर.फेसबुकमा फोटो हैन जन्ताको उदार गर देस बारेमा सोच अब लड्न झगडा गर्न छोड बन्द हड्ताल छोड . तिमि हरुको लडाई झगडाले देसमा यो बिपती आयको हो यति कुरा बुझ ,,,,
छोरा छोरि आज पाच दिनको भूकम्प झरी बदाल लाइ जितेर केहि समयको लागि पुन पर्बत घर पुगेका छन् उनि हरु सुरक्षित छन् तर मन रोयको छ फेरी पनि आसु बगेको छ ,टाढा छु तर देसको चिन्ता छ तेहा भित्र रहने हर नागरिकको चिन्ता छ ,म पनि देश गरिबी लाइ छल्न अर्काको देसमा दासी बनि रहेकी छु ,आफ्नै मुटु जस्ता छोरा छोरि सँग टाढा रहेर काम गरि रहेकी छु , यो सब मेरो देसको नेत्रित्व गर्ने सरकारले आफ्नो कर्तब्य बिर्सेको कारण भयको छ .जो देस र जन्ताको लागि हैन आफ्नो नाम र सम्मानको लागि लडीरहेको छ ................



SHARE THIS

Author:

Facebook Comment