डा. अम्बरिश पोख्रेल/डा. भगवती कुँवर पोख्रेल
विपतिको एउटा सामान्य नियम र अनुशासन के हो भने सुरुका दिनमा मृतक, घाइते र घरबार विहीनहरुको सहि व्यवस्थापन भौतिक र मानसिक रुपमा गर्नुपर्ने हुन्छ । ठिक त्यही समयमा यदि कसैले यो कुरालाई सामान्य सम्झने र त्यो अनुशासनको आचरण देखाउँ भने सिधा के बुझ्न सकिन् भने त्यो मान्छे वा संस्था वा समूह त्यो विपत्तिप्रति संवेदनशील छैन । अर्थात उसको भित्री मनमा त्यो समवेदना उत्पन्न भएको छैन । त्यो चाहेर आउने होइन, स्वभाविक रुपमा आउने कुरा हो । जसलाई बदल्न सकिन्छ तर झकझकाउने कुनै माध्यम वा संस्था चाहिन्छ । अहिलेको अवस्थामा मिडिया एउटा दह्रो संस्था हो । यहाँ हामी त्यही कुराको अपिल गर्ने छौँ । जसले हाम्रो सिंगो देश सधै र सवैको लागि जुरुक्क उठ्ने छ । के हामी त्यो नगर्ने ? यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवात किन नगर्ने ? हामी लाखौँ लाख जनता यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवातको रुपमा ग्रहण गर्न चाहन्छौँ । हामी जनतालाई साथ दिनुहोस महोदयहरु, तपाईहरु हाम्रो अभिभावक हो । हामीलाई तपाईहरु नै मान्य छ । त्यो मान्यतालाई अव अरु गौरवमय बनाउने आँट गर्नुहोस । आउनुहोस, इतिहास लेख्नुहोस महोदयहरु । नेपालमा आएको भुकम्प पीडितहरुको सहयोगार्थ विभिन्न देशबाट भुकम्प विज्ञ, प्राकृतिक तथा दैवी प्रकोप उद्दार विशेषज्ञ र डाक्टर नर्सहरुको टोली मात्र होइन, विभिन्न प्रकारका अरु विशेषज्ञहरु हतारहतार आउँदैहुनुहुन्छ । के सहयोग चाहियो भन्नुहोस सकेको दिने छौँ वा दिन्छौँ भन्ने हितैसीहरुको ओइरो लागेको छ । लाग्नु स्वभाविक नै हो । मानवजातिको यस्तो विपत्तिमा हातेमालो नगरे के मा गर्ने त ? यो समयमा आशु नबगे कहिले बग्छ होला त ? यो समय नेपालको समय हो । यो समय नेपाली जनता अस्पताल र चौरमा सुत्नेहरुको लागि हो । अबको केही दिन यहाँ मानवीय नोक्सान र घाइतेको उपचार अनि चौरमा सुत्केरी हुन विवस ति महान आमाहरुको लागि हो र हुनुपर्छ पनि । तिनीहरुको अहिलेको प्राथमिकता के हो ? त्यो हाम्रो चासो हुनु र देखाउनु जरुरी छ । यसमा दायाँबायाँ गर्ने कुनै ठाउँ छैन होला । हजारौँको संख्यामा भएको मानवीय नोक्सान र घाइतेहरुले बेहोरेको पीडा अनि खुल्ला आकाशमा बस्नु परेका ति हजारौँ बालबालिकाको पीडा र त्यसबाट हुन सक्ने सम्भावित संक्रमणहरुलाई छाडेर अरु कुरातिर मान्छेहरुको ध्यान मोड्नु किमार्थ राम्रो होइन । कम्तिमा पनि केही दिनको लागि नै त्यो प्रमुख हो । अरु तपशिलका कुरा हुन । अरु राष्ट्रको विपत्ति र त्यसको व्यवस्थापनले यहि कुरा मात्र देखाउँछ । के हामी पनि त्यही गर्दैछौँ कि छैनौँ होला । हामीले आफैँ विचार गर्नुपर्ने समय हो यो । जनताले के चाहन्छन, त्यो हाम्रो सरोकार हो र हुनुपर्छ । तर सम्झनुपर्ने कुरा के छ भने त्यो हुनका लागि हामीसँग केही कमनसेन्स चाहिने हुन्छ । त्यो कमनसेन्स विवेकशील मान्छेसँग मात्र हुन्छ । स्मरण गर्नुपर्ने कुरा के छ भने कसैले धेरै किताव पढेकोमा त्यो मान्छे विवेकशील हुन सकछ भन्ने हुँदैन । हामीले त्यो रुपमा बुझ्नु पनि हुँदैन । कुनै ठूलो पदमा छ भनेर विवेकशील हुने हैन । विवेक छ या छैन उसको बोली व्यवहार, चालचलन, काम गराई र उसको दैनिक आचरणले देखाउने गर्दछ ।
यो समयमा हामी जनताका नेताहरु, हाम्रा प्रशासकहरु, हाम्रा ठूलठूला देशका अभिभावकहरु के के गर्दै हुनुहुन्छ होला हामीलाई थाहा हुने कुरा भएन । तर हामी लाखौँ लाख जनताको भौतिक र मानसिक नोक्सान भएको अवस्थामा उहाँहरुको योगदान कता छ ? के गर्दै हुनुहुन्छ ? त्यो हामीलाई जान्ने अधिकार छैन भने पनि सही । तर हामीलाई त्यसको चासो छ । दुई हात जोडेर हामी सोध्न चाहन्छौँ कि मेरा देशका राष्ट्रप्रमुखदेखि भुपु प्रधानमन्त्रीहरु हामीलाई मलम लगाउन कहिले आउनुहुन्छ ? हाम्रो बारेमा कहिले आपतकालिन गोष्ठी गर्दै तपाईले भोग्नु भएको सुविधान कटौती नगरी हाम्रो सेवा गर्नुहुन्छ ? तपाईहरुको सेवा कटौती गर्दै नगर्नुहोस महोदय, हामी त्यो माग गर्दैगर्दैनौँ । बरु थपे पनि सही । तर हामी तपाईहरुलाई हाम्रो अस्पतालमा देख्न चाहन्छौँ । खुल्ला चौरमा हामी सुत्केरीहरुले र हाम्रा नाबालकले तपाईहरुको माया खोजिरहेका छन ।
हाम्रो पीडा सही नसक्नु छ । त्यो पीडा कहाँ बताउँने ? यस्तो बेलामा सिंगो राष्ट्रको बागडोर सम्हाल्नुभएका हाम्रो देशको नायक राष्ट्रपतिदेखि लिएर गतवर्ष मात्र निर्वाचित ६०१ जना सभासदहरु कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? हामीले तपाईहरुको रेखदेख गरेको हो । तर अहिले हाम्रो रेखदेख गर्नुहोस । छिटो गर्नुहोस । हामीले तपाईहरुको कुनै पनि सुविधा रोकेका थिएनौँ र रोक्ने छैनौँ । तर खोई त हाम्रो लागि ? तर हामी असन्तोषी पनि छैनौँ है । हाम्रो लागि तपाईको उपस्थिति काफी छ । अहिले विभिन्न देशबाट चिकित्सकहरु नेपालमा आइरहेका छन । तर हाम्रा चिकित्सकहरु के गर्दैछन ? दिनभरी हस्ताक्षर गर्दै फुर्सद छैन हो ? दिनभरी त्यस्तो के कागजमा हस्ताक्षर गर्दै हुनुहुन्छ ? कार्यकारी त प्रधानमन्त्री हुनुहुन्छ । उहाँ अलि उमेरको पनि हुनुहुन्छ । उहाँलाई हस्ताक्षरको जिम्मा दिने गरौँ । तर हाम्रा सम्माननीय राष्ट्रपति महोदय, दुई हात जोडेर बिन्ती गर्छौँ । अब हातमा स्टेथेस्कोप बोकेर खुल्ला चौर वा अस्पताल आउनुहोस । तपाई जनताको छोरो बनेर आउनुहोस या राष्ट्रपतिको रुपमा आउनुहोस । दुवै रुपमा स्वागत छ । तपाई जनताको छोरो नै हो नि हैन र ? त्यही भएर हामीलाई तपाईको जरुरी छ । हाम्रा चराइरहेका घाउहरुमा मलम लगाउनुहोस । श्रीमान दिनभरी हस्ताक्षर गर्दैमा फुर्सद छैन भने साँझ एक वा दुई घण्टा विरामीको उपचार गरेर जनताको मनोबल उकास्नुहोस । महोदय, यो समय हजारौँको होइन कि लाखौँको मनोवल उकास्ने समय हो । तपाईको आगमनले अरु हजारौँ डाक्टरहरुले दिनको १२ घण्टा समय छोडेर १८ घण्टा काम सुरु गर्नुहुनेछ । के त्यो नगर्ने महोदय ? किन नगर्ने ? कसले गर्ने ? कहिलेदेखि गर्ने ? सम्माननीय राष्ट्रपति महोदय , तपाई जुन जुन अस्पतालमा जानुहुनेछ, त्यहाँका विरामीको सय प्रतिशत मानसिक तनाव घट्ने छ । आउनुहोस महोदय, कृपया आउनुहोस । तपाई हाम्रो अभिभावक हो र मानेका पनि छौँ । किन नआउने ? सुरक्षाको चिन्ता छ भने हामी मृतक र घाइतेका परिवारले सुरक्षा दिने छौँ । त्यो धेरै सुन्दर हुनेछ । त्यो इतिहास हुनेछ । के त्यस्तो इतिहास नलेख्ने महोदय । जव तपाईले त्यो गर्नुहुनेछ । सिंगो हाम्रो देश जुरुक्क उठ्न थाल्ने छ । त्यो उठान हामीलाई चाहिएको छ । सहयोग रकम देखि लियर अरु कुराहरु हिनामिना हुन् सुरु भयो रे ! अव यही निहु झिकेर सुरु गर्नुहोस महोदय, भ्रष्टाचार नियन्त्रण अनि नयाँ नेपाल ।
हाम्रो पीडाबाट सुरु गरेर नयाँ नेपालको युग पुरुष बन्ने कोसिस गर्नुहोस । के त्यस्तो मन पर्दैन र ? हामीलाई त त्यही कुरा मन परेको छ । सन २०१५ को यो पीडा अव नेपालीका लागि सधै खुसी खुसीमा परीणत गर्न त्यो महलबाट जुरुक्क उठेर विशेष रणनीतिसहित आउनुहोस। शोकलाई शक्तिमा बदल्ने कोसिस गर्नुमात्र ठूलो कुरा होइन। देशको मुहार फेर्न राष्ट्र विपत्तिले पनि ठूलो सहयोग गरेको इतिहास छ । जुरुक्क सवैलाई एकसाथ लिएर आउनुहोस । सवै हस्तीहरु बटुलेर जबरजस्ती आउनुहोस । हामी जनतासँगै आउनुहोस । हामीले आजसम्मको सवै कुप्रशासन बिर्सने छौँ । अनि हामी सबै मिलेर त्यो डाँडापारी धिपधिप बलेको दियोमा नया उर्जा सहितको इन्धन हालेर दीप जलाउने छौँ । तपाईको त्यो आगमन इतिहास हुनेछ । तपाईको आगमनले देश हाक्ने सिंगो टिम उत्साहित हुनेछ । सवैले नयाँपन र ताजकिपन महसुस गर्नेछन । तपाईको हातको सच्चा मलमबाट नयाँ नेपालको सुरुवात गराऔँ । प्रतेक नेपालीको चुलोमा आगो नबोलेसम्म रास्टपती महलमा फर्कने छैन भनेर निस्कनु होस् / त्यहा फर्कन किन हतार ? अरु देशको इतिहासले त्यही भन्ने रहेछ महोदय । जापानदेखि लिएर युरोपसम्मको इतिहास र अन्य राष्ट्रसम्म सवैले एउटा एउटा मोडबाट नयाँ देशको निर्माण सुरु गरेका रहेछन । धेरैले त यस्तै विपत्तिबाट पो सुरु गरेका रहेछन । महोदय, के त्यो सुरुवात नगर्ने ? किन नगर्ने ? कहिले गर्ने ? कसले गर्ने ? त्यसको शुभसाईत यो विपत्ति भन्दा अरु के होला ? अझै ठूलो विपत्ति चाहिने हो र ? कति बटा बिपत्ती चाहिने हो र ? सत्र हजारको ठूलो विपत्ति पनि त हामीले सामना गरिसकेको हो । त्यसबाट ठूलो कुरा हात लागेको छैन । जस्तै तपाई लगायत हाम्रा भूपु ठूलाहरुले १०—१५ जना सुरक्षाकर्मी लिएर हिड्नु परेको छ । त्यसलाई उपलब्धि मान्न सकिन्न । कमनसेन्सको प्रयोग गरेर देशको मुहार फेर्ने हिम्मत गर्नुहोस । मर्न परे पनि केही छैन । अहिलेको भुकम्पजस्तो हल्लाउने मृत्यु रोज्नुहोस । हामीलाई तपाईको र तपाईलाई साथ दिने देशका सयौँ हस्तीहरुको त्यही मृत्यु चाहिएको छ । हो हामीलाई हाम्रा श्रीमान रास्टपतिको मृत्यु चाहिएको छ । तर सिंगो नेपाल धर्ती हल्लाउने एउटा गौरवमय मृत्यु । कृपया स्वीकार गर्नुहोस । हे उपराष्ट्रपति महोदय विदेशीहरुसँग दोभासेको काम भएपनि गरिदेऊ । अहिले हामीलाई त्यही खाँचो छ । त्यो गर्नुभयो भने हामी जनता कति खुसी हुने थियौँ । विपत्तिको नाममा हुन लागेको हिनामिनाको फैशला दिन सुरु गर्नुस/ जबर्जस्ती भय पनि सुरु गर्नुस । महोदय, हाम्रो न्याय सेवाले नयाँ ताजकी महसुस गर्नेछ । उनीहरुलाई लिएर अव खुल्ला चौरमा आउनुहोस । आउनु हुन्न भने के गर्ने ? त्यही राष्ट्रपतिले छाडेका केही रहलपहल उद्घाटन गरेर समय बिताउने ? विचार गर्नुहोस ।
हे नेपाली क्रान्ति नायक भूपू प्रधानमन्त्री प्रचण्डदेखि झलनाथसम्म, कमल थापादेखि केपी ओलीसम्म किन किच किच गरेर बसेको हो ? हामीसँग चौरमा बस्ने गर्नुहोस । तर तपाईहरुको सुरक्षा गर्ने जवानहरु कम गरेर आउनुहोस । धेरै सुरक्षा लिएर कृपया नआउनुहोस । उहाँहरुको जरुरी तपाईहरुको लागि भन्दा उद्दारको लागि बढी छ । आज उहाहरुको सहयोग महान सहयोग हुदै छ/ यदि नआउने हो भने बरु ठिकै छ, महल मै बस्नुहोस । तर अनेक लोभका कुरा सामाजिक सञ्जालमा हालेर ससुराली रिझाउने काम नगर्नुहोस । हाम्रा सन्तानले राम्रो मान्ने छैनन् । हे भावी प्रधानमन्त्री भट्टराई महोदय, आफ्नो ससुराली घर भत्केकोमा दुःख मनाउ गर्दै सामाजिक मिडियामा फोटो हाल्नु भएछ, त्यो पनि ठिकै छ । जय हिसिला भन्न हामीलाई कुनै गाह्रो छैन । तर हे भट्टराईज्यू बरु कुन कुन घरमा बस्न हुने वा नहुने भन्ने एउटा विशेषज्ञ टोलीको निर्माण गरेर त्यसको नेतृत्व गर्दै हामी जनताको घरमा आउनुहोस । अनि चर्केका घरको बारेमा बताउनुहोस । कुन कुन घरमा बस्न मिल्ने र कुन कुन घरमा बस्न नमिल्ने बताउनुहोस । बस्न मिल्ने भनेर हरियो चिन्ह लगाउनुभयो भने हामी हजारौँ आफ्नो घरमा फर्कने थियौँ । हामीलाई घर फर्काउनुहोस भूपू प्रधानमन्त्रीज्यू । किन ससुरालीतिरको घर फेसबुकमा हाल्ने दुःख गर्नुहुन्छ । त्यस्ता घर त हजारौँ हजार बन्नेछन । अनि एउटा रोजेर पछि लिनुहोला । किन अहिले त्यो घरको चिन्ता ? यो समयमा लाखौँ जनताको मानसिक घर भत्केको छ, त्यो उठाउँनुहोस भट्टराईज्यू । उठाउनु हुन्न ? त्यो टोलीको नेतृत्व गर्नुहुन्न ? गर्नुहुन्न भने के गर्नुहुन्छ महोदय ? जेठी सासुको घर पनि चर्चेको छ, कि त्यो फोटो पनि हाल्ने ? अहिले त्यो समय हो र ? ससुरालीको मात्र चिन्तक नबन्नुहोस कृपया बिन्ती छ ।
हे सडकमा झण्डा लिएर आगो बाल्ने तरुण दल, युवा संघदेखि वाइसिएल कता लुगेका छौ ? हैन किन जादैनौ भत्केका गाउँहरु निर्माण गर्न ? टुँडिखेलमा मान्छे देखाउन गाऊँ पस्ने ए नेता हो भत्केका घर बनाउने गाऊँगाऊँ गएर काम सुरु गरेको खै ? कहिले सुरु गर्ने ? कसले सुरु गर्ने ? हे भूपू कटवालहरु हो के के गर्दै छौँ । कहाँ कहाँ के गर्दैछौँ । खै तिम्रो नेतृत्वमा भूपू देखि बहालवाल सेनाको प्रभाव कता छ ? छिटो देखाउनुस कृपया । के बनेको थियो विपतको लागि योजना ? तपाईलाई त थाहा छ हैन र ? सेनाको इतिहासमा नयाँ इतिहास लेखेको दावी गर्नुभएको छ । त्यो मान्न तयार हुनुहुन्छ ? तर जनताको लागि पनि इतिहास लेख्ने कोसिस गरेर देखाउनुहोस । तर कहाँ कहाँ मुन्टो लुकाएर बस्नुभएको छ भूपूहरु हो । देशका ठूला ठूला नियुक्ति तपाईहरुको नै हो नि हैन र ? तपाईहरुले नै लिनुहोस । त्यो हामीलाई चाहिएको छैन । जनता महा भूकम्पको चपेटामा छन । नरोएको मन र नभत्किएको घर पाउन दुर्लभ भएको छ । चेतनशील नेपाली र विदेशी मित्रहरु उद्दारमा जुटेका छन । तर आफूलाई वुद्धिजीवि भन्ने दमननाथदेखि संगौलाहरु के योजना बुन्दैछन । हामीलाई देखाऊ । के हो हाम्रो लागि राहत ? कहाँ छ ? तिमीले यो देशका शासकहरुलाई समयमै के के सुझाव दिएका थियौँ । भन हामीलाई भन । हे दमननाथदेखि संगौलाहरु तिमीहरु इतिहासको काल कोठरीमा उभिन बाट बच्दै जनतासंग आऊ ।
हे यो देशका बहालवाला हस्तीहरु हो । कमसेकम कुन कुन बैदेशिक टोलीले कुन कुन ठाउँमा तोकेर के के काम गर्दैछन । त्यो देखाउने गर । तिनीहरुले नभ्याउने राहत सहयोग, उद्दारको काम कसले पुरा गर्ने हो ? कहिले टोली पुग्ने हो ? यो त भन्नु पर्यो नि । जनताले कसलाई कहाँ सम्पर्क गर्नुपर्ने हो ? जस्तै विदेशमा बसेका नेपालीले र अरु विदेशीले पनि नेपाल आएर स्वयंसेवा गर्न चाहन्छन । तिनले कसलाई कहाँ सम्पर्क गर्ने हो ? तिनीहरुलाई कसले खटाउने जिम्मा लिएको छ ? खै स्वयमसेवकहरुको परिचालनको जानकारी ? खै अपुग भएको मेडिकल सहयोगलाई कसरी कहिले पूर्ति गर्ने हो भन्नेबारे जनतालाई सुसूचित गरेको ? खै तिम्रो ३ दिने योजना ? ५ दिने योजना ? ७ दिने योजना ? ९ दिने योजना ? १२ दिने योजना ? १५ दिने योजना ? ३० दिने योजना ? ४५ दिने योजना खै घोषणा गरेको ? हे प्रशासक हो कहिले बन्ने हो र योजना ? त्यो योजना त पहिले नै बन्नुपर्ने होइन र ? देशमा चरम विपत्ति आउँदा कसले के के गर्ने भन्ने कुरा पहिले नै निश्चित हुने गर्छ होइन र ? तर तिमीहरुले हाँकेको प्रशासनले त विना योजना बसेको पो रहेछ । त्यसैले तिमीहरु नालायक हौँ । त्यो पनि सही तर आजबाट सुरु गरौँ, देश र जनताको लागि काम गर्न । के सुरु हुँदैछ छ त नयाँ नेपाल बनाउन ?
त्यसैले शासक तथा प्रशासकका नायकहरु हो, आउनुहोस । हाम्रो नाममा आउने सहयोगमा किन आँखा लगाउने ? हामीले कहिले तपाईहरुलाई के दिएका छैनौँ र ? तपाईहरु नै त हो यो देशको हर्ताकर्ता । देशको ढुकुटी तपाईहरुसँग त थियो आजसम्म । भोलि पनि रहने छ । किन हाम्रो पीडामा मलम लगाउने पैसामा आँखा लगाउने अझै पनि ? बरु आउनुहोस, सधैको लागि, सवैका लागि हुने गरी हातेमालो सुरु गरौँ । यो राष्ट्रको विपत्तिको फाइदा लिँदै प्रण गरौँ । अब सवैको लागि र सधैको लागि सम्पन्न हुने बाटो रोजौँ । के त्यो बाटो मन पर्दैन ? पर्दैन भने के गर्नुहुन्छ ? पीडितको नाममा आएको पैसा र त्यो कालो कम्बल समेत घर लगेर कुकुरलाई दाना खुवाउने र सुताउने गर्नुहुन्छ ? त्यो गर्नुहोस । ठिकै छ । तर यस्तै अरु विपत्तिमा तपाईका सन्तानहरुले कोबाट उद्दार पाउँलान ? कसले बचाउँला विपत्तिमा ? विचार गर्नुहोस, तपाईको त्यो कालो सम्पती के होला ? कसले खाला ? त्यसैले अव जय जनता भन्न सुरु गरौँ । आशा गरौँ । अन्त्यमा एक नेपाली पत्रकार बिम्मी शर्माको शब्दमा मानव निर्मित धरहरा भत्कर केही हुन्न महोदयहरु । फेरि अर्को बन्छ । तर हामी जनता र शासक प्रशासकबीचको विश्वास र सहयोगको धरहरा कहिल्यै नभत्कियोस ।
(लेखकहरु डा. अम्बरिश पोखरेल त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ भने डा. भगवती कुँवर पोखरेल पोष्ट डक रिसर्च फेलो, जापान हुनुहुन्छ ।)