पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट नव वर्ष २०७२ को शुभ उपलक्ष्यमा व्यक्त शुभकामनाको पूर्ण पाठ
समय गतिमान हुन्छ, समय वेगवान हुन्छ र समय सन्दर्भ वलवान हुन्छ । त्यसैले समयसंगै हामीले पनि हाम्रो राज्य विधि, सामाजिक स्थिति र राष्ट्रको समुन्नतिलाई निरन्तर अघि बढाउदै जान सक्नु पर्दछ । समयको लहरसगै प्रगतीको तिव्र प्रहर पार गर्दै जानुपर्ने हाम्रो परम आवश्यकता हो ।
वितेका वर्ष देशका निम्ति आशा अपेक्षा मुताविकको सुखद, सार्थक र उत्साहप्रद रहन सकेन । सवै मिलेर, सबैमा सामान्जस्य ल्याएर र सवैलाई समेटेर जानुपर्ने आजको यस्ता संगिन क्षणमा परस्पर निषेध, विभेद र अनमेल भै राख्नु निश्चय पनि सुखद विषय होईन । राष्ट्रको सुरक्षा, राष्ट्रको अस्तित्व, जनताको हित र सबैको सुख, शान्ति एवं सन्तुष्टी आज कता कताको कुरा भईरहेको छ ।
मेरो धरातलीय अनुभवमा मैले बुझेको कुरा हो–नेपाली जनता यतिखेर चरम चिन्ता, निराशा, वाधा, वेदना र वितृष्णाको स्थितिमा छन् । नियत र नियतिले जतिनै निराशा, कुण्ठा तथा वेदना वनाए पनि स्वाभिमानी नेपाली जनताले अब आफ्नो राष्ट्र र राष्ट्रिय भविष्यका निम्ति जागरुक बन्नुपर्ने वास्ताविकता अहिलेको काल वेलाले देखाएको छ । जनशक्ती नै अन्तत् त्यस्तो सर्वोत्तम शक्ति हो जसवाट नै राष्ट्रभक्त र राष्ट्रिय प्रगतिको प्रयत्न परिपुर्ण हुन्छ ।
अन्तमा, निकट अतितका यस्ता कटुता अव फेरी नदोहरीउन, अवको आगत स्वागत गर्ने शैलीमा आवस् र अवको नयां वर्षमा नयाँ दिनहरु शुभकामना रुपमा उदाउन् यही मेरो अपेक्षा, यही मेरो दिलै देखिको अभिलाशा ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन ।
जय नेपाल ।
प्रकाशित मिति:२०७२ वैशाख ३ गते बिहीवार