– महेश्वोर श्रेष्ठ
चन्द्रशमशेरले हरुवा नेवार जातको नेपाल संवत विस्थापित गरेर भारतीय उद्गमको विक्रम संवत चलाए भन्ने बहसमा मैले लेखेको एउटा कमेन्ट अन्य मित्रहरुलाई पनि चाखलाग्दो होला भनेर शेयर गरेको छु ।
नेवारहरु हरुवा जात भएकै कारण नेपाल संवतलाई विस्थापित गरेको हो भने नेवारकै देशको नाम “नेपाल“ लाई निरन्तरता नदिनु पर्ने, राजपुतहरुकै कुनै राज्यको नाम राख्न पनि त सकिन्थ्यो । अथवा पृथ्वीनारायण शाहकै शव्दमा “असली हिन्दुस्तान” भन्न पनि त सकिन्थ्यो । अथवा गोरखा नै भन्न पनि सकिन्थ्यो । मानिसको जात लिन दिन र उकास्न झार्न सक्ने त्यस बेलाका शासकहरुले सबै नेवारहरुलाई शुद्र र दास नै बनाउन पनि सक्थे । बाँडाकी छोरीको ठाउँमा बाहुनी कन्यालाई लायकु कुमारी बनाउन सक्थे, जोशी कर्माचार्य बज्राचार्य राजोपाध्यायहरुलाई हटाएर कुमाई जोशी खस बाहुनहरुलाई हाम्रा सबै देवदेवीको पुजारीमा नियुक्त गर्न सक्थे तर त्यस्तो केहि भएन । त्यसैले नेवारहरुलाई दमन गर्नकै लागि नेपाल संवत विस्थापित गरेको भन्ने कुरामा मलाई विश्वास छैन । प्राविधिक रुपले सहज हुनु (टुट र एकै तिथि २ दिन लाग्ने नहुनु) र कर्मचारीको १ महिनाको तलब बचाएर आफ्नो आमदानी बढाउनु नै चन्द्रशमशेरले नेपाल संवत विस्थापित गर्नु मुख्य कारण हो भन्नेमा म अझै अडिग छु । अन्यथा अंग्रेजहरुको भक्त उनले ईसवी संवत पनि त चलाउन सक्थे । त्यसो गरेको भए कसले छेक्न सक्थ्यो उनलाई ? यी यावत कुराहरुमा पनि ध्यान जानु पर्छ ।

अर्को मनमा असाध्य बिझ्ने कुरा (नेवारहरु आफूले आफैलाई किन हरुवा जात भनेर किन आफूले आफैलाई गिराउँछन् ? किन आफूले आफैलाई बेइज्जत गर्छन् ? पृथ्वीनारायण शाहको लडाईं राज्य विस्तारको लडाईं थियो, नेवार विरुद्धको लडाईं थिएन । उनले तत्कालिन नेपालका मल्ल शासकहरुलाई हराएका हुन्, नेवारहरुलाई हराएका होइनन् । ५०० घरधुरी भएको गोरखा राज्यको सेनाको आकार कत्रो थियो होला जसलाई अस्तिसम्म एउटा गाविसको रुपमा रहेको र त्यसबेला एकजना प्रधानको मातहतको किर्तिपुर गौंडाले नै २(२ पटक हराउन सक्थ्यो । कुरा अलि तर्कपूर्ण र विश्वसनीय हुनु पर्यो । शासक वंश फेरिंदैमा नेवार हारेको मान्ने हो भने गोपालवंशीदेखि लिएर शाहवंशसम्मका सबैले नेवारलाई हराएको मान्नु पर्ने हुन्छ कि हुँदैन ? यस्तो पनि हुन सक्छ र ? नेवारहरुलाई जातिगत रुपमा हराएको मान्ने हो भने बाइसे/चौबिसे राज्यका खसक्षेत्री रजौटा शासकहरुलाई पनि हराएकै हुन् । अनि विजेता जाति कुन हो त ? उही पृथ्वीनारायण शाह र उनका मुट्ठीभर भारदारहरुको परिवार ? या पृथ्वीनारायण शाहको सेनामा भर्ति भएर राज्य विस्तारको लडाईमा साथ दिएका गुरुङ र मगर सिपाहीहरु ? जनता कहिल्यै हार्दैनन्, नेवारहरु पनि कहिल्यै हारेका छैनन्, कहिल्यै हार्ने पनि छैनन् । नेवारहरुको साथ पाएरै मात्र पृथ्वीनारायण शाहले नेपालका मल्ल शासकहरुलाई हराउन सकेका हुन् । यस तर्फ सबैको गम्भीर ध्यान जाओस् ।
श्रेष्ठको फेसबुक वालबाट साभार
प्रकाशित मितिः२०७२ वैशाख ०३ गते बिहीवार
चन्द्रशमशेरले हरुवा नेवार जातको नेपाल संवत विस्थापित गरेर भारतीय उद्गमको विक्रम संवत चलाए भन्ने बहसमा मैले लेखेको एउटा कमेन्ट अन्य मित्रहरुलाई पनि चाखलाग्दो होला भनेर शेयर गरेको छु ।नेवारहरु हरुवा जात भएकै कारण नेपाल संवतलाई विस्थापित गरेको हो भने नेवारकै देशको नाम “नेपाल“ लाई निरन्तरता नदिनु पर्ने, राजपुतहरुकै कुनै राज्यको नाम राख्न पनि त सकिन्थ्यो । अथवा पृथ्वीनारायण शाहकै शव्दमा “असली हिन्दुस्तान” भन्न पनि त सकिन्थ्यो । अथवा गोरखा नै भन्न पनि सकिन्थ्यो । मानिसको जात लिन दिन र उकास्न झार्न सक्ने त्यस बेलाका शासकहरुले सबै नेवारहरुलाई शुद्र र दास नै बनाउन पनि सक्थे । बाँडाकी छोरीको ठाउँमा बाहुनी कन्यालाई लायकु कुमारी बनाउन सक्थे, जोशी कर्माचार्य बज्राचार्य राजोपाध्यायहरुलाई हटाएर कुमाई जोशी खस बाहुनहरुलाई हाम्रा सबै देवदेवीको पुजारीमा नियुक्त गर्न सक्थे तर त्यस्तो केहि भएन । त्यसैले नेवारहरुलाई दमन गर्नकै लागि नेपाल संवत विस्थापित गरेको भन्ने कुरामा मलाई विश्वास छैन । प्राविधिक रुपले सहज हुनु (टुट र एकै तिथि २ दिन लाग्ने नहुनु) र कर्मचारीको १ महिनाको तलब बचाएर आफ्नो आमदानी बढाउनु नै चन्द्रशमशेरले नेपाल संवत विस्थापित गर्नु मुख्य कारण हो भन्नेमा म अझै अडिग छु । अन्यथा अंग्रेजहरुको भक्त उनले ईसवी संवत पनि त चलाउन सक्थे । त्यसो गरेको भए कसले छेक्न सक्थ्यो उनलाई ? यी यावत कुराहरुमा पनि ध्यान जानु पर्छ ।

अर्को मनमा असाध्य बिझ्ने कुरा (नेवारहरु आफूले आफैलाई किन हरुवा जात भनेर किन आफूले आफैलाई गिराउँछन् ? किन आफूले आफैलाई बेइज्जत गर्छन् ? पृथ्वीनारायण शाहको लडाईं राज्य विस्तारको लडाईं थियो, नेवार विरुद्धको लडाईं थिएन । उनले तत्कालिन नेपालका मल्ल शासकहरुलाई हराएका हुन्, नेवारहरुलाई हराएका होइनन् । ५०० घरधुरी भएको गोरखा राज्यको सेनाको आकार कत्रो थियो होला जसलाई अस्तिसम्म एउटा गाविसको रुपमा रहेको र त्यसबेला एकजना प्रधानको मातहतको किर्तिपुर गौंडाले नै २(२ पटक हराउन सक्थ्यो । कुरा अलि तर्कपूर्ण र विश्वसनीय हुनु पर्यो । शासक वंश फेरिंदैमा नेवार हारेको मान्ने हो भने गोपालवंशीदेखि लिएर शाहवंशसम्मका सबैले नेवारलाई हराएको मान्नु पर्ने हुन्छ कि हुँदैन ? यस्तो पनि हुन सक्छ र ? नेवारहरुलाई जातिगत रुपमा हराएको मान्ने हो भने बाइसे/चौबिसे राज्यका खसक्षेत्री रजौटा शासकहरुलाई पनि हराएकै हुन् । अनि विजेता जाति कुन हो त ? उही पृथ्वीनारायण शाह र उनका मुट्ठीभर भारदारहरुको परिवार ? या पृथ्वीनारायण शाहको सेनामा भर्ति भएर राज्य विस्तारको लडाईमा साथ दिएका गुरुङ र मगर सिपाहीहरु ? जनता कहिल्यै हार्दैनन्, नेवारहरु पनि कहिल्यै हारेका छैनन्, कहिल्यै हार्ने पनि छैनन् । नेवारहरुको साथ पाएरै मात्र पृथ्वीनारायण शाहले नेपालका मल्ल शासकहरुलाई हराउन सकेका हुन् । यस तर्फ सबैको गम्भीर ध्यान जाओस् ।
श्रेष्ठको फेसबुक वालबाट साभार
प्रकाशित मितिः२०७२ वैशाख ०३ गते बिहीवार
Nepalese Rupee Exchange Rate