काठमाडौं/भारतीय शहरमा छापिएर नेपालमा नक्कली नेपाली रुपैंया ल्याउने गिरोहको सक्रियता बढे पनि भारतीय सुरक्षा निकायले महत्व दिएन । नेपालमा भएको २ दिने सीमा सुरक्षा सम्बन्धी बैठकमा नेपालले नेपाल नक्कली भारतीय रुपैंया नियन्त्रणप्रति सक्रिय रहेको तथ्यांक देखाउँदै भारतबाट आउने नक्कली नेपाली रुपैंयाँको गिरोहलाई निस्तेज पार्न भारतीयपक्षको ध्यानाकर्षण गराए पनि उनीहरुले आलटाले जवाफमै अड्काए ।
२०६६ यता १६ लाखभन्दा बढी नक्कली नेपाली नोट फेला परिसकेको छ । फाट्टफुट्ट १–२ वटा नोट फेला पर्ने गरेकोमा २०७१ मा यस्तो गिरोह बढी सक्रिय देखिएपछि नेपाली सुरक्षा निकाय चनाखो भएको थियो । नक्कली नोट सहित पक्राउ पर्नेमा अधिकांश भारतीय नागरिक देखिएको र अनुसन्धानमा विहारका प्रेसमा नक्कली नेपाली नोट छापिने गरेको खुलेपछि नेपाली पक्षले भारतीयपक्षको ध्यानाकर्षण गराएको थियो ।
पछिल्लो समय काठमाडौंमै नक्कली नोट फेला पर्ने क्रम ह्वात्तै बढेको छ । ४ दिन अगाडिमात्रै काठमाडौंको न्युरोडमा ४२ लाख नक्कली नेपाली रुपैंया बोकेर आएका भारतीय नागरिक श्रीनिवास राय पक्राउ परेका थिए । पुसमा झापामा ५० हजार नक्कली नेपाली रुपैयाँसहित भारत, राजगढका श्याम महाली र सिनु महाली पक्राउ परेका थिए । असारमा बारा प्रहरीले १ लाख नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक महम्मद मुस्तकिम र नेपाली रामदयाल ठाकुर लोहारलाई पक्राउ गरेको थियो । २०७० भदौमा जोगबनी नाकाबाट विराटनगर छिरेका भारतीय किसनकुमार भगत विराटनगरमा ८ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका थिए ।
२०७० वैशाखमा नारायणी प्रहरीले वीरगंजमा १ लाख ३८ हजार नक्कली नेपाली रुपैयाँसहित स्थानीय वहिद अन्सारीलाई पक्रेको थियो । २०७० मंसिर २६ मा धरानको सनराइज बैंकमार्फत भारतको खर्साङमा २ लाख पठाउन गएका सनम टासी भोटेले दिएको नोटमध्ये ७४ हजार नक्कली फेला परेको थियो ।
२०६८ मंसिरमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ३ लाख ११ हजार नक्कली नेपाली रुपैयाँसहित विनोदकुमार साह र शिवशक्ति पोखरेललाई काठमाडौंमा पक्रेको थियो ।
यसरी नै २०६८ असार २६ गते चाबहिल, गोपीकृष्ण हलअगाडि १४ हजार रुपैयाँ नक्कली नोटसहित पासाङ सोनाम शेर्पा पक्राउ परेका थिए । उनीसँग एकै नम्बरका एक हजार दरका ८ वटा नोटसमेत फेला परेको थियो । प्रहरीले लगत्तै उनको बौद्धस्थित डेरा छापा मार्दा थप ६ वटा नक्कली नोट बरामद भएको थियो । २०६७ मा ललितपुर, ठैबबाट २ लाख ९१ हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ वर्षअघि नै यस्ता कारोबारीले वीरगंजलाई “हब” बनाएर सक्रिय भइरहेको र नक्कली भारतीय रुपैयाँको कारोबारमा सक्रिय गिरोह बिस्तारै नेपाली नोट कारोबारमा केन्द्रित भएको निष्कर्ष निकालेको थियो ।
बजारमा फेला परेका केही नोटको गुणस्तरका आधारमा स्क्यानको साटो कारोबारीले प्रेसमै नोट छाप्न थालेको आशंका गरिए पनि आशंकालाई बलियो बनाउने तथ्य फेला पार्न सुरक्षा अधिकारी असफल थियो । असारमा १ लाख रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिक मुस्तकिम र उनका सहयोगी लोहारको बयानबाट भारतीय प्रेसमै नेपाली रुपैयाँ छापेर यता पठाउने गिरोह नै सक्रिय रहेको खुलेको थियो । श्रोत:अपराधखबर डटकम