त्रिभुवनको शालिक नहटाऊ:सर्वोच्च

वीरगंज डेस्क/सर्वोच्च अदालतले शहीद गेटमा रहेको राजा त्रिभुवनको शालिक नहटाउन सरकारका नाममा आदेश जारी गरेको छ ।
२०६८ साल पुस १८ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराइको सरकारले शहीद गेटमा रहेको त्रिभुवनको शालिक हटाएर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । त्यस  विरुद्ध अधिवक्ता कमल द्विवेदीले दायर गरेको रिटको बुधवार अन्तिम फैसला गर्दै न्यायाधीशद्वय सुशिला कार्की र देवेन्द्र गोपाल श्रेष्ठको संयुक्त इजलाशले त्रिभुवनको शालिक यथास्थानमा राख्न सरकारलाई उत्प्रेषणको आदेश दिएको हो ।शहीद गेटमा राणा शासक विरुद्धको संघर्षमा बलिदान दिएका चार जना शहीदसंग राजा त्रिभुवनको शालिक पनि रहेको छ । २००७ मा राणा शासक विरुद्ध जनसंघर्षका चकिंर्रहेका बेला राजा त्रिभुवनले दरबार छाडेर जनतालाई साथ दिएका थिए ।

प्रकाशित मितिः२०७१ फागुन ०७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment