‘सीमा सुरक्षा विवादको अन्त्य गर्न “बोर्डर समिट”

क्राइमचेक प्रतिनिधि/
वीरगंज/ नेपाल भारत सीमा क्षेत्रमा जारी विभिन्न खाले सीमा सुरक्षा सम्बन्धी विवाद अन्त्यकालागि विहीवार बोर्डर समिटको आयोजना गर्न लागिएको छ ।
वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गर्न लागेको नेपाल भारत बोर्डर समिटको सम्पूर्ण तयारी पुरा भएको महावाणिज्य दुत अन्जु रन्जनले बताउनु भयो । उहाँले बोर्डर समिटमा दुई देशको सिमानामा सुमधुर सम्बन्ध कायम गर्न अपनाउनु पर्ने रणनीति,  सुरक्षा र जनमानसको आवागमन, खुल्ला सिमा व्यापार, खुल्ला सिमाना पर्यटन र अवरोध तथा समाधान बिषयमा समिट केन्द्रित हुने बताउनु भयो ।
बिश्वकै सबभन्दा लामो १८ सय ७० किलोमिटर खुल्ला बोर्डर नेपाल र भारतको सिमामा  रहेको छ । नेपाल भारत वीचको  सम्बन्धलाई प्रोत्साहित गर्नमा खुल्ला सिमा सुरक्षा र भन्सार तथा गैर भन्सारसँग संबन्धित समस्या समाधान गर्न समिट सफल हुने विश्वास समेत बाणिज्य दुत अन्जु रन्जनले गर्नु भयो ।
कार्यक्रममा भारतीय बोर्डर मेनेजमेन्ट सेक्रेटरी स्नेहलता  कुमारको सहभागिता रहने छ । समिटको उदघाटन  कार्यक्रममा गृहमन्त्री तथा उपप्रधानमन्त्री बामदेव गौतम, गृह सचिव सुर्य सिलवाल, नेपालका लागि भारतीय राजदुत रंजित रे, भारतको लागि नेपाली राजदुत दिप कुमार उपाध्याय आउने बताईएको भए पनि उहांहरु नआउने भएपछि कार्यक्रम छायामा परेको छ ।

प्रकाशित मितिः२०७१ फागुन ७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment