फाल्गुन कृष्ण चतुर्दशीका शिवरात्रि पुजाको विशेष महत्व छ किन भने सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्ने भएकोले यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि रुपमा पुजा गर्दै आराधना गरिन्छ । तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिवलाई शिवशक्ति को रुपमा प्रेत र पिशाचहरूबाट घेरिएर बस्दै आएका छन भन्ने मान्यता रहेकोछ । उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि अन्जानमा भएको ध्यानबाट पनि प्रशन्न भइ भक्तहरूलाई मंगल प्रदान गर्दै उद्दार गर्ने दयालु शंकरलाई र श्रीसंपत्तिका दाता मानिन्छ यस्ता शक्ति रुपेन शिवको कथाको रुपमा यहाहरु माझ यसरी प्रस्तुत भएकि छु ।
"चित्रभानु "
परापुर्वकालमा चित्रभानु नाम गरेका एक शिकारी थिए । उनले शिकार गर्न जाँदा सधै जनावरको हत्यागरी आफ्नो पारिवारिक जीविका चलाउने गर्थे । एक जना साहुको ऋणी भएको र साहुको ऋण चुक्ता गर्न नसक्दा क्रोध भएर त्यो साहुले शिवको मठ भित्र लगेर कैद गरि थुनेर राख्यो त्यो दिन संयोग वश शिवरात्रिको दिन परेको थियो । बिहान देखि मन्दिरमा थुनिन पुगेको त्यो कैदी शिकारीले त्यहाँ आउनेजाने भक्तजनहरुबाट भएको भजन कृतन लगायत शिव उत्सव गर्दै ज्ञानी महत्माबाट भनिएको कथा सुन्दै घन्टी ,शंखको धुनमा ऊ त्यही आनन्द भएर मग्न हुदै आरती भजन गर्दै रमाउन थाल्यो । त्यो बेला ऊ यति मस्त भयो कि आफुलाई साहुले कैदी बनाएर थुनिराखेको सबै बिर्सियो । जब त्यहा चतुर्दर्शी शिवरात्रि महात्मा ज्ञानी मन्दिरका पुजारीबाट कथा भन्दैजाँदा एकचित्तले सुनेर ऊ पनि अति आनन्ददायी र खुशी भयो । यस्तै आउनेजाने पुजापाठ गर्दै घन्टीको धुन र आरती गर्ने रमझममा दिन बित्दै गयो जब समयले कोल्टे फेर्दा साझ पर्यो अनि साहुले त्यो ऋण तिर्न सधै आलटाल गर्ने शिकारीलाई बन्धनबाट मुक्त गर्दै रिस अलिक कति शान्त भए पछी आफु जनिक बोलाएर ऋण कै विषयमा कुरा निकाल्दै भन्यो । शिकारी । "लौ भन अब कहिले सम्म तिमीले ऋण चुक्ता गर्छौ त ?

शिकारीले पनि त्यहाबाट मुक्त हुन फ्याट्टै बोल्यो । भोलि म सबै ऋण चुक्ता गरिदिनेछु ।
शिकारीको यस्तो कुरा सुनेर साहुले कवुल गराउदै फेरी भन्यो । हेर है भोलि त मलाई सबै मसंग लगेको ऋण वापस गर्नु पर्छ नि ? फेरी गर्न सकेनौ भने ठिक हुने छैन यस्तो वाचा गराइ उसलाई त्यहाबाट साहुले मुक्त गरि दियो ।
घाम डुब्न लागेको साँझ पख आफ्नो दिनचार्य गर्न फेरी ऊ हातमा तिर लिएर शिकार गर्न जंगल तिर लाग्यो । दिन भरि उसलाई साहुले थुनेर राखेकोले केहि पनि खान नपाउदा भोक र तिर्खाले ऊ हुरुक्क हुँदै केहि शिकार गर्न पाएँ आफ्नो भोक मेटाउने आशामा ऊ ब्याकुल भयो तर ऊ शिकार गर्न गएता पनि धरैपर जंगल भित्र यताउता चाहार्दा पनि आफ्नो आखाँका सामु केहि पाउन नसक्दा खोज्दै खोज्दै जाँदा धनघोर जंगलको भित्र पस्यो । त्यो बेला झमक्कै साँझ परेकोले अन्धकारमा बाटो सम्म ठम्याउनै कठिन हुने हुँदा उसले विचार गर्यो अब फर्केर घरतिर जान उपाय छैन गएर पनि के गर्नु बालक छोराछोरी तथा श्रीमतीले केहि शिकार गरेर लगे त खान पाउने हुन उनीहरु पनि भोक्कै होलान भन्दै चिन्तित शिकारीले तल रुखको फेदमा बस्ता,बाघ,भालु,चितुवा आएर आफैलाई मार्ने होकी भन्ने त्रासले रात काट्न एउटा रुख माथि गएर बस्ने विचार गर्यो । केहि पर जाँदा त्यहाँ एउटा कुँवाको नजिक वेलको वृक्ष रहेछ र त्यही वृक्षको मुनि शिवलिंग रहेछन जो वेलपत्रले पुरिएका रहेछन । त्यो कुरा शिकारीले थाहा नपाई वेलको रुखमाथि रात काट्न भनि ऊ त्यहाँ चढ्यो । शिकारीले माथि चढ्दै जाँदा आफ्नो हातले समाएको स-साना हाँगाहरुले कोरिने भएकोले भाचेर तल फाल्दा त्यही शिवलिंग माथि पर्यो र हाँगा पक्डेर चड्न लाग्दा हाँगा हल्लिएर वेल टुटेर हाँगा बीच ठोकिदै गुडकीएर त्यही शिवलिंग माथिगएर खस्यो ।
यस्तो प्रकारले शिकारी रातभरि भोक्कै,प्यासै हुनाले त्यो दिन उसको व्रत हुन गयो र
शिवलिंग माथि पनि शिकारको प्रतिक्षामा हातले वेलपत्र तोड्दै मुन्तिर झार्दा शिवलिंग माथि पर्थ्यो ।
यसरी रातले एक पहर बित्दा त्यहा नजिक रहेको कुँवामा एउटी गर्भवती हिरणी पानी पिउन भनेर आई । शिकारीले झट्ट त्यो हीरणीलाई देखेर आफ्नो साथ भएको धनुष तिर लगाएर उसलाई मार्न भनि तयार भयो। त्यसरी आफुलाई मार्न भनि तिर उठाएको हीरणीले थाहा पाई र शिकारी तिर हेर्दै विन्ती गर्न लागि।
हेर शिकारी । "म अहिले गर्भवती छु । केहि दिनमै मेरो कोखबाट सन्तानले जन्म लिन्छ ।
यदी तिमीले अहिले मलाई मार्यौ भने तिमीलाई हामी दुइको हत्या लाग्छ जो तिम्रै लागि पनि ठिक छैन । त्यसैले मेरो यो पेटमा भएको वच्चालाई दुइचार दिनमै जन्म दिएपछी म तिम्रो सामु चाडै गरेर उपस्थित हुनेछ । अहिले मलाई नमार बिन्ति छ छाडी देऊ । यस्तो प्रकारले भनेको बचन सुन्दै गर्दा शिकारीले तिर चलाउन ठिलो गर्यो हिरणी रफतार भएर जंगलको झाडीमा लुक्न सफल भइ ।
त्यस्तो प्रकारले तिर चलाउन ठिलो भएको बेला उसको धनुषबाट हाँगा हल्लिन पुग्दा वेल र पत्र झरेर एक्कासी शिवलिंगमा पर्यो । ,उसको अन्जन बाटैभए पनि त्यो रात शिरात्रिको व्रत सफल हुदै गएको थियो। रातपनि विस्तारै छिपिदै जादै थियो । शिकारीको मन वेचैन भएको थियो । केहि समय पछी फेरी त्यही बाटो गर्दै आई रहेकी एउटा हिरणीलाइ देख्यो । चिन्तामा ब्याकुल भएको शिकारीको मन प्रशन्नले गदगद भयो । त्यसरी आफ्नै नजिक आउदै गरेकी त्यो हिरणी तिर आफ्नो धनुष तानेर तिर चलाउन लागेको देखेर झट्ट शिकारी तिर हेर्दै विन्ती गर्न लागी र भन्न थाली । हेर शिकारी । "म हिजो मात्र सुत्केरो भएर निस्केकी हुँ । मलाई गर्भवती पारेर मेरो प्रेमी फर्केर आएनन र बच्चालाई गुफामै एक्लो राखी यताउता भड्किदै उनैलाई खोज्दै हिडिकि हुँ । उनले एक्कासी मलाई यस्तो अबस्थामा एक्लो छाडेर कहाँ गए होलान भनि पागल भइ खोजतलास गरि एकपल्ट भेटेर यो नासो जिम्मा लगाई म तिमी नेर आउने वाचा गर्छु । यस्तो नम्र वाणीले टुलुटुलु शिकारीको अनुहार तिर हेर्दै आँखाबाट आँशु झार्दै विन्ती गरेकि हिरणीलाई मार्न भनि उठाएको धनुष तल राख्यो र त्यो हीरणी पनि त्यहाँ बाट आफ्नो ज्यान जोगाउन सफल भइ । ऊ शिकार गर्न आएको र आफ्नो शिकारलाई हातबाट जानदिनुको कारणले उसको टाउको फुट्ला झैँ भयो र आफ्नो घर परिवारमा सबै भोक्कै होलान आफु पनि बिहान देखि नै भोक प्यासले गर्दा ऊ चिन्ताले ब्याकुल हुन थाल्यो ।

त्यस्तै प्रकारले अन्जन मै भए पनि रातको दुइ प्रहर वित्दै गयो । उसको व्रत पनि सफल हुदै जादैथ्यो । जति जति ऊ छट्पट गरेर हाँगालाई यता उता पकडथ्यो वेल र पत्र झरेर शिवलिंगमा पर्दथ्यो । शिकारी कहिले विहान होला भनेर छट्पट गर्दै यताउता आँखा नचाउदै हाँगामा सर्द्थ्यो ठिक त्यसै बेला स-साना बच्चाहरु सहित पानी पिलाउदै कुँवामा आफ्नो सामु उभिएकी हीरणीलाई देख्यो । त्यो बेला शिकारीको खुशीको सिमा नै रहेन । शिकारीले एक्कै पल्ट आफुले राम्रो शिकार गर्न पाउने स्वर्ण अवशर गुमाउन चाहेन र झट्ट आफ्नो हातको धनुष उठाएर तिर निशाना लगाउन तयार भयो । हरणीले खस्यक खुसुक्क रुखबाट आवाज आएको देखेर शिकारी तिर हेर्दै कल्पिदै बिन्ति गर्न थालि । हे शिकारी। " तिमीले यी मेरा बालक सन्तानलाई नमार वरु मलाई तिमीले मार्नु म यी बच्चाहरु पानि तिर्खाले प्यासिदा यहा लिएर आएकी हु यीनिहारुलाई उसका बाबु निर पुर्याएर फर्किने छु अनि मेरो हत्या गरौला म तिमीलाई वाचा गर्छु भन्दै आँखाबाट बलिन्द्रधारा आँशु झार्दै बच्चालाई आफुले छेक्दै कल्पिदै मिठो बोलीले बिन्ति गरेको सुनेर भोक प्यासले ब्याकुल शिकारीले हास्दै भन्यो । ओहो ! मेरो अगाडी आएको शिकारलाई मैले के छाडी दिनु ?
म तिमीहरुको यस्तो भावुक बोलीमा अब लटपटिने छैन । के मलाई सबैले मुर्ख नै ठानेका छौ की क्याहो ? यो भन्दा पहिला पनि यस्तै गुनाँसो गरेर दुइ जना मेरो हातको शिकारबाट फुत्किसके । मेरा पनि श्रीमती बच्चाहरु घरमा भोक्कै छन र आफु पनि दिनभरी भोक र प्यासले ब्याकुल छु । मेरा सन्तानले दुइदिन देखि खान पाएका छैन । यस्ता किसिमको शिकारीको कठोर बोलि सुनेर हीरणीले फेरी भनि ..। हेर शिकारी। " जसरी तिमीलाई आफ्नो श्रीमती बच्चाहरु प्रतिको मायाँ,स्नेह,ममता छ र उनीहरुको आत्मा तृप्त गराउन हाम्रो प्राण लिने गर्छौ र उनीहरुको आत भराउछौ हो त्यस्तै गरि हामीलाई पनि आफ्नो सन्तानको मायाँ,ममता,स्नेह त्यति नै लाग्छ । त्यसैले हे शिकारी। " दया गरेर अहिले म र मेरो सन्तानलाई नमार । म यिनीहरुलाई उसमा बाबुनिर जिम्मा लगाई चाडै तिमी नजिक उपस्थित हुने प्रतिज्ञा गर्छु अनि तिमीले मेरो प्राण लिनु र सबैको आत्मा सन्तुष्ट गर्नु भन्दै सन्तानलाई छेक्दै आँशु झार्दै बोलि समेत भासिएको र कल्पी कल्पी भनेको सुनेर शिकारीलाई आत्मा देखि नै दया पलाएर उसले त्यो हीरणी सहित बच्चाहरु मार्न भनि उठाएको तिर तल झार्न लाग्दा सबै झाडी भित्र पसे ।

यस्ता प्रकारले झिसमिस मै साहुले कैद गर्नाले र आफ्नो सन्तानको पेट भराउन साँझ पख भएपनि केहि शिकार हुन्छ कि भनेर शिकार गर्न आएको आफु स्वयम पनि दिनभरी र रात समेत भोक र प्यासले विताउन बाध्य भएको अनजानमै भए पनि विरक्त मन गरि आफु बसेको हाँगाको पत्र टिप्दै तल झार्दै गर्न थाल्यो । उसले त्यसरी टिप्दै तल झार्दै गरेको वेल पत्र शिवलिंग माथिपर्दै गयो ।
छट्पट भइ मन स्थिर सम्म हुन् नसक्दा त्यसरी वेल पत्र झार्दै गर्ने क्रममा केहि क्षणमा नै एउटा हिष्ट पुष्ट मृग त्यही बाटो गरि यताउता आँखा विचार्दै उसैको नजिक आई पुग्यो । त्यसरी एकदमै जवान चिल्लो मृगलाई एकाएक आफ्नो नजिकै देखेर शिकारी प्रफुल्ल भयो र एक रतिपनि विलम्व नगरी अब मैले अवश्य नै शिकार गर्नेपर्छ भनेर धनुषलाई तानी तिर हान्न तयार भएको शिकारीलाई देखेर मृगले विन्ती चढाउन थाल्यो ।

हे शिकारी । " यदी तिमीले म भन्दा अगाडी हीरणी स-साना बच्चाहरु सहित यता आउँदा शिकार गरि उनीहरु सबैको प्राण लिएको हो भने मेरो पनि प्राण लिई मुक्ति दिन ठिलो नगर। किन कि मेरो बच्चाहरु र आफुलाई प्राण जतिकै मायाँ गर्ने श्रीमतीको विछोडको वियोग सहेर पीडाले बाच्न सक्दिन यस्तो दुख र संकटको यातना सहेर बाच्नु भन्दा म तिम्रो हातको शिकारमा मृत्यु नै मन पराउछु । त्यसैले विलम्ब नगरी उनीहरुको हत्या गरेकाछौ भने मलाई पनि मुक्ति देऊ हैन भने दया गरेर मलाई एकपल्ट आफ्नो बच्चाहरु र श्रीमतीको अन्तिम चोटी मुख हेर्न पाउने मेरो जीवन दान केहि क्षणको लागि दिने कृपा गर । म उनीहरुलाई भेटेर एक झल्को अन्तिम पटक हेरी अवश्यनै तिम्रो सामु उपस्थित हुनेछु। यो मेरो वाचा रह्यो अनि तिमीले मलाई शिकार गरौला र आफ्ना परिवारलाई तृप्त गर । यस्ता तरहले मृग र शिकारीको सम्वाद हुँदै जाँदा रातपनि बितिसकेको हुनाले शिकारीले आफ्नो तिर धनुषलाई तल गर्दै मृगलाई जाने अवशर दिन्छ र मन छट्पट गर्दै यता र उताको हाँगामा ठाउँ सर्दै जान्छ जति जति ऊ हाँगामा यताउता मचिन्छ । उति नै वेल र पत्र खसेर शिवलिंगमा पर्दै जान्छ । उसले पनि के गरुन न कसो गरु भएको मनले वेलपत्र टिपेर तल झार्दै जाँदा शिवलिंगमा सबै पर्दछ,।
यसरी अन्जानमै भए पनि भोक्कै,प्यासै,शिकारको खोजि र ऋणको विरक्तले आएको शिकारीले पनि केहि खान पिउन नपाउदा र अन्जानमा वेलको वृक्षमाथि चढेर वेल र पत्र टिप्दै झार्दै शिवलिंग माथि नै परेकोले उसको व्रत पूर्ण हुनपुग्छ । त्यस्तो प्रकारले अन्जन मै भएको व्रत भए पनि उसको कठिन भोक र प्यास त्याग्न बाध्य भएको व्रतको प्रभाव चाडै फलको रुपमा प्राप्त हुन् जान्छ । उभित्र अरुको हत्या गर्ने भावनामा निर्मलता पलाउछ अनि आफुले पहिला हत्या गरेका मृगहरु सम्झेर आफ्नो प्राण र जीवन झैँ उनीहरुको जीवन उस्तै रुपमा देख्न पुग्छ ।
ममता,करुणा,र उनीहरु प्रतिको दया पलाउनाले श्रीभगवद् भक्ति उसको हिर्दयमा वास हुनजान्छ । केहि समय पछी नै मिर्मिर उज्यालोमा पालैपालो गर्दै अघि र पछी गरेर आफ्ना स-साना बच्चा सहित मृग ,मृगणी शिकारीको अगाडी आएर उपस्थित हुन्छन ताकी आफ्नो वचन र प्रतिज्ञा पुरा गरि शिकारीको शिकार हुन् सकुन । यस्तो प्रकार आफुले दिएको वचन,प्रतिज्ञा पुरा गर्न जंगल भित्र रहेका पशुहरु प्रतिको इमान्दारी ,उनीहरुको सत्यता ,सामुहिक परिवारभित्रको प्रेम ,स्नेह,देखेर शिकारीलाई आत्मा ग्लानि हुन्छ र उसको मन भावुक भएर मौन वत्ति झैँ पग्लिन पुग्छ । शिकारीको अनुहार तिर हेरीरहेका सबै मृगहरुलाई आफुले अब देखि हत्या कहिलै नगर्ने प्रतिज्ञा गर्दै उनीहरु सबैलाई जीवन दान दिदै सबैलाई फर्केर गई आफ्नो परिवारसंग खुशी भएर रहन भन्छ । मृग,मृगणी पनि आफ्नो बच्चालिई खुशी हुँदै दौडिदै रमाउदै खेल्न थाल्छन .। .यस्तै रमाएको क्षण भावुक भएर रुखमाथि बाट हेर्दै उत्रिन थाल्दा उसको हात हाँगाबाट फुत्किंदा ऊ माथिबाट हाँगामा ठोकिदै शिवलिंग भएको ठाउँ तिरै टाउको फर्केर आँखामा आँशु तर्तर बगाउदै प्राण छाड्न पुग्छ ।
त्यस्तो किसिमले अनजान मै रहि उसले गरेको व्रत सफल भएको प्रभावले प्राण छाडेको बेला यमदुतले शिकारीलाई उसको कर्मको फल पापको सजाय दिन नर्कमा लैजान आउँदा शिवलिंग तिर ट्वाल हेरेर प्राण छाडेको शिकारीलाई शिवका गणहरुले चारैतिरबाट घेरेर यमदुतलाइ फिर्ता जाने आज्ञा दिन्छन र शिकारीलाई शिवलोक लिएर जान्छन । यसरी नजान रुपी व्रतको प्रभावले शिवको कृपाबाट शिकारी भएको पूर्वजन्मको याद आउँछ चित्रभानु राजालाई । र उनले आफ्नो पूर्वजन्ममा शिवको करुणाबाट आफुले पाएको निर्मल मन र मुक्तिलाई याद गरि जन्मजन्म महाशिवरात्रि पुजाको पालना गर्छन । यसरी जानेर पुजा नगर्दा पनि अन्जानरूपी व्रतबाट उद्दार ,र आनन्द दिने खालका मन भित्र करुणाको स्रद्धाब हुन् जाँदा पनि शिवको अनुकम्पा पाइने रहेछ भन्ने यो कथाको मुख्य भाव रहेको छ ।

निशा खनाल अर्याल
राजविराज सप्तरीहाल इजरायल
राजविराज सप्तरीहाल इजरायल