क्राइमचेक प्रतिनिधि/
वीरगंज/सरकारले ऊखुको विक्री वितरणका लागि पहल नगरेको भन्दै कृषकहरूले वीरगंजमा ऊखु जलाएर विरोध प्रदर्शन गरेका छन् ।
उखु किसान संघर्ष समिति पर्साका संयोजक सहरुम राउत गद्दीको नेतृत्वमा रहेका किसानहरुको समूहले उखु जलाएर प्रदर्शन गरेका हुन । भारतीय महावाणिज्य दुतावासको पहलमा केहि दिन अगाडी नेपाली उखु भारतमा विक्री वितरणका लागि इजाजत दिइएको भए पनि भारतीय एस.एस.बी.ले रोकेपछि उत्पन्न अवरोध समाधान गर्न स्थानिय प्रशासनले पहल नगरेको भन्दै आक्रोशित किसानहरुले विरोध जनाएका हुन् ।
एक साता भित्र उखुको विक्री वितरण गरिएन भने खेतमै सुकेर जाने अवस्था सृजना भएको र कृषकहरुले करोडौको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सृजना हुँदा समेत सम्बन्धीत निकायले ध्यान नदिएको भन्दै कृषकहरु थप आक्रोशित भएका छन् ।
जुलुस पछि जिल्ला प्रशासन कार्यालयमा पुगेको संघर्ष समितिको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई भेट गरी तत्काल समस्या समाधानका लागि आवश्यक पहल अगाडी बढाउन माग गरेको छ । टोलीलाई प्रमुख जिल्ला अधिकारी दवाडीले कृषकहरुको समस्या प्रति आफू संवेदनशील भएको र बाराको रिलायन्स सुगर मिल्स तथा भारतमा समेत उखु लैजान पाउने व्यवस्थाका लागि गृहकार्य भई रहेको बताउनु भयो ।
प्रकाशित मितिः२०७१ फागुन ०७ गते विहीवार