व्यक्तिगत विचार "
" क्राइम चेक न्युजका प्रधान सम्पादक सन्तोष कुमार मिश्रद्वारा लेखिएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा काँग्रेसको चेत खुलोस अध्यन गर्दा मेरो आफ्नो विचार यसरी प्रस्तुत गरेकी छु ।
" क्राइम चेक न्युजका प्रधान सम्पादक सन्तोष कुमार मिश्रद्वारा लेखिएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा काँग्रेसको चेत खुलोस अध्यन गर्दा मेरो आफ्नो विचार यसरी प्रस्तुत गरेकी छु ।
पृथिवी भौतिक श्रोतको भण्डार हो त्यसैका तत्वहरुबाट निर्मित विविध भौतिक स्वरुपका सजीव वस्तुमा पाइने चेतन तत्व ईश्वरीय हो,। जो पृथ्वीको गुण भन्दा भिन्न छ । विनाश हुँदा आ-आफ्ना गुणमा देहले स्वरुप परिवर्तन गरी मिल्छ भने चैतन्यमा चेतना मिल्छ । त्यस्तै हो पृथिवी अर्थात् आफ्नो जन्मभूमि र भौतिक स्वरूप मानवीय असल कर्म अर्थात् देशको लागि नेतामा हुनु पर्ने उपाय कौशल्य,।" जसरी आत्मा विनष्ट हुदैन त्यस्तै राम्रो कार्य गर्न सके त्यो नेता वा पाटी कहिलै मर्दैन,। शरीर नष्ट भएर फेरी जन्म लिए झैँ गरि दिगो प्रभाव देशको लागि छाडेर जाँदा आउने देह रुपी नेताले पनि त्यसलाई बचाई राख्न अनेकौ प्रयाश गर्छन । आई पर्ने कठोरको पस्थितिमा अरुसंग जुध्न परे पनि उनीहरु पछी पर्दैन् । त्यस्तै थियो कांग्रेस पाटी पनि तर आजको यो कलिले ब्याप्त संसारमा पापको खोस्टा ओडेर जन्मलिएका स्वार्थी नेताहरु र मुकुंडाधारीहरुको बिगबिगी भएर यिनैका धाक र धम्कीको नितीमा देश अनी समाज चल्न बाध्य भएकोले उनिहरु मौलायकाछन ,मत्ताहाती झैँ बौलायका छन जाड र गिद्दले सिनो लुछेझै गरि मातियक छन,देश र जनताको सम्पतिमा राजगर्दै पातियक छन अनि हामी जनताले तिनीहरुको रमिता दशैमा लाग्ने मेला झैँ हरेका छौ उनीहरुको खानबान र शान देखेर दग परेकाछौ तर यसरी दिनप्रति दिन जन्मभूमिको छाती कुच्लदै देश खोक्रो बनाउदै जाँदा देशको बचाउ भन्दा पनि आफ्नो स्वार्थ सिद्ध गर्न धौ धौ परेकोछ स्वार्थी यी नेताहरुलाई ।
आजको हाम्रो समाज भित्रपनि इमान भन्दा बेइमानी नीतिभएकाले राज गर्दै विगविगी भएर यिनीहरु नै समानित हुनाले इमानीहरु हराउदै गएका छन ।बेइमानी नीतिका पाटीहरुका अगाडि इमान नितिभएका नेताहरुको अस्तित्व, महत्व बिहिन हुदै जाँदा लुटपाट गरि बन्दुक र बारुद्धको भरमा राजकाज सबै बेमान नीतिभएका पाटीहरुले आफ्नो हातमा कब्जा गरे राज्यलाई। जसले गर्दा भोलि मरेर स्वर्ग, नर्क, डर, त्रास, अनि खुशि, र चिन्ता होइन यिनीहरुलाई मात्र क्षणिक मानव जीवनको स्वार्थ सार्थकता सिद्ध गर्न लागि आफुलाई महान कहलाउन अनेकौ खुरापातीबाट राजनीति गरिरहेका छन । तर यस्तो कार्य गर्दा भोलिका अबस्था रतिभर पनि नसोची उनीहरुले नै देखासिकीको उठान हुन्छ भनेर नसोच्नु, गलत निर्णय लिनु भनेको त आत्मा देखिको निर्णय नै अन्तिम हो । शुभ कर्मले सन्तोष र अशुभ कर्मले क्षणिक आनन्द पछि हुने खेदबाट मुक्तिबोध हुनु हो अज्ञात श्वर्ग र सन्त्राश नर्कको डर तर आश होइन भन्ने बुझ्नु पर्छ राजनीति कर्ताले ।
आफ्नो जन्मदैको संस्कार ,धर्म जीवनमा लागु गर्दै अघि बढदा देशलाई प्रगती तर्फ लगाउन देशको सौन्दर्यको गर्व गर्दै हातेमालो गरि हिड्न सके जुनसुकै पद वा पाटीमा लागेर अगाडी बढ्दा पनि असल कर्मले मान्छेलाई आध्यात्मिक बनाउँछ। आध्यात्मिकता भित्रै नैतिकता, चरित्र, इमान, परोपकारी भावना र विवेकको विकास हुँदा देशको विकाश हुनुको साथै जनता सुखी र समपन्न बन्न सके विश्वमा नै प्रख्यात भइ देशको नाम जीवन्त गुन्जिरहन्छ । जति नै मै हुँ भन्ने पाटीका भ्रष्टाचारी हुन वा आतंककारी ,धर्मको निन्दा गर्ने हुन वा नास्तिक कतै न कतै आफ्नो संस्कार धर्मले पाप सित डराउन सिकाउँछ । तर भौतिकवाद भित्र पापको कुनै अर्थ रहँदैन। धर्म सुशासनको सबैभन्दा सशक्त र भरपर्दो साधन पनि हो । त्यसैले धर्म राज्यका लागि अपरिहार्य तत्व हो भनिएको छ शास्त्रहरुमा ।
त्यस्तै देशमाथि धात गर्ने जुन सुकै पाटीका नेता हुन यदी उनीहरुले देश र जनताको मर्यादा राख्न सक्दैन भने जसरी पशुलाई धर्म विहीन हुन्छ भनि वर्णन गरिएको त्यस्तै हुन यी नेताहरूपनि । यदी पशुले धर्म कर्म गर्ने थियो राजपाठ चलाउने थियो भने विवेकशील मानबको अस्तित्व सायद उच्च भएर रहने थिएँन मेरो आफ्नो विचारमा ।
हुन त दीर्घकालमा धर्ममा पनि विकृति आउँछ,भनेर कथाहरुमा पनि धेरै भनिएको छ !,जहाँ पाप छाल्बलाउछ,अत्याचार,भ्रष्टाचार ,आतंक ,लुटपाट,स्वार्थ भरिदै गए पछी त्यहा विकृति पलाउछ किन कि यो कलि युक्त संसारमा धर्म,कर्मको रक्षाका लागि पापी,अत्याचारीहरुको नाशको लागि नै विश्वभरी नै बिनास हुन स्वार्थ र अत्याचार ,दुर्भाव र अवहेलनाले धप धप बलेको छ । नेताले आफ्नो देश प्रतिको जिम्मेवारी, कर्तब्य भुल्दै गए,ज्ञानी महात्माले आफ्नो आचरण ,आशन, उद्देश्यमा कुविचार ल्याए उनीहरुको अस्तित्व मेटिएर जान्छ ।त्यसैले जहाँ विकृति फैलिन्छ त्यहा सावधान भएर देशको हितकोलागी कर्म गर्न अघि सर्ने मानबिय असल परिणामको खोजि गर्दै सुविचारबाट सुधार ल्याउन परिमार्जनको खाँचोलाई अपनाई अघि बढ्न नयाँ पिडिको उदय हुन्छ । नकि मानबको आफ्नो दतित्वबाट टाडा .।.
त्यसैले आजका यी देशमा राजनीति गर्ने पाटिका नेताहरुले अहिले देखि नै आ-आफ्नो चेतनालाई सुस्त नहुन दिई गम्भीर भएर सोच्न बाध्य हुनुपर्छ ,। अनि हामी देशका जनताहरुले हातमा हात मिलाएर एकबद्ध भएनौ भने यो गम्भीर हुँदैजाने देशको अवस्थाको वास्ता नै गरेनौ र मतलबको संसारमा दौडिदै त्याग गर्ने तिर लाग्यौ भने बुद्धिमानी होला त् ?
देश र हाम्रो हिन्दूधर्म ,संस्कार ,र अन्य जनजातिको संस्कारको संग्रहक्षण के विदेशीले आएर गर्ला त् ?
एकपल्ट आफु बसेको जन्मभूमिलाई हेर अनि अरु देशबाट आएर पैसाको बिटो थमाउने धर्मको नाममा आड लिदै कब्जा जमाउने ड़ोंगीलाई हेर । ,हातमा पैसा दिएर हास्दै आफ्नो गुलाम बनाई नचाउँन शुरु गर्न थाल्छ ।
यस्तै कुराहरुको अनुभूति संगाल्दै अनेकौ संघर्ष गर्दै अगाडी बढेको पाटी हो नेपाली कांग्रेश,। हुन् त मैले पाटीगत हिसाबमा भन्नु पर्दा ने.पा. ए मालेका महान स्वर्गीय नेता मदन भण्डारी देशका लागि अति नै चिन्तित र राम्रो गुणी राज्यको नीति जानेका देशको र जनताको उथान गर्न चाहने ब्यक्ति थिएँ । दुर्भाग्य हामी जनता र देशको नै भनौ राम्रो मानिसलाई इश्वरले पनि रुचाउछन अरे । उनको आश्चर्यजनक मृत्यु पछी मलामी जाँदा दुइ थोपा आशुं मेरो पनि नखसेका त हैनन। म पनि मलामीको लस्करमा धकेलिदै,हुत्तिदै गएकै थिए ।,तर पाटीको बदनाम र देशको हितका लागि रतिभर पनि पछिका नेताहरुमा चेतना आएनन आफ्नो स्वार्थमा उनीहरु यस्तरी डुबेकी अहिले कुनै नेताहरुमा मानबियता नै छैन, ।
अहिले देशको नाजुक अबस्था आएको छ । च्याउ पलाए झैँ पाटी जन्मिएका छन। सानो देशमा देश बिकाशका लागि गर्नुपर्ने राम्रो कार्यको थालनी भन्दा पनि संसदीय नेताहरु किरा उम्रे झैँ गरि उम्रिए आफ्नै सुबिधा र दुनो सोझ्याउने कार्यले देश खोक्रिन थालिसकेको छ। साच्चै भन्नै पर्दा नेपाली कांग्रेस नै नेपालको राजनीति ईतिहासमा नेपाली जनतालाई प्रजातन्त्र सिकाउने पहिलो पाटी थियो भन्दा फरक पर्दैन । तत्कालिन समाजलाई आधुनिकता तिर परिवर्तन गर्ने धेरै कार्यक्रमहरु कार्यन्वयन गर्यो । कुरीति पूर्ण समाजलाई चेतना दियो नेपालीलाई पूर्ण मानव अधिकारका साथ मानिस झैँ बाच्न पाउनु पर्छ भनेर जनस्तर सम्म अभियान चलायो । जातीयता धार्मीक अन्धविश्वास सामाजिक कुरिति र राणा शासनको तानाशाही व्यवस्था विरुद्ध नेपाली राजनीतिक समाजको नेतृत्वलाई दियो। तत्कालीन समाजलाई क्रमस बदल्दै ल्याउन सफल भयो किनकि ३/३ पटक ऐतिहासिक आन्दोलनको नेतृत्व लिन अन्य पार्टीको बशको कुरा थिएन त्यो बेला। यसरी यथास्थितिलाई बदल्न सफल क्रान्ति गर्ने पार्टी कसरी यथास्थिति वादी हुन्छ ?
आज पाटी भित्रको एकार्का बिचको द्धन्दले "घर भुटे गवार लुटे" भने झैँ नेपाली नेपालीबीचको लडाइले देशमा भएको बिदेशी दलालको हत्क्षेपले "आफैलाई रुवाएर आँफै गल्दै जान्छौ हामी ,आफैलाई दुखाएर आँफै जल्दै जान्छौ हामी ,आफ्नै मुटु कलेजीमा आँफैले नै रेटी रेटी ,जबसम्म थप्छौ घाऊ आँफै ढल्दै जान्छौ हामी " भने झैँ भएको छ पाटीहरु ।

यसरी कुर्शिका लागि हानाहान गर्ने देशभित्रको पाटीबादी लडाइले गर्दा देश टुक्रिदै जाने सम्भावना हरु देखापरेको छ । एकले अर्कालाई हातपात गर्ने र कुर्सी तोडफोड जस्ता कार्यले सभासद भित्रै त्यस्ता गुण्डागर्दी गर्ने नेताहरुबाट देशको सुरक्षा हुन सक्दैन भन्ने कुरालाई नेपाली जनताले बुझ्न जरुरि छ। हैन भने हामी जनताले आफै यस्ता नेताको साथ दिने र आतंकको बिरूद्ध लड्ने आँट नगर्ने हो भने बसेको घाउको खोटा बल्झिएर बिशाल रुप लिई अन्तमा देश टुक्रिएको अबस्था मृत्युलाई अंगाल्न परे झैँ विदेशीको गुलाम बन्न बाध्य हुनु पर्नेछ। देशको गरिमा र सौन्दर्यलाई ध्यानमा राखी नेपाल आमाको छाती माथि कुल्चेर बिदेशीले राज जमाउने कुरामा कसैको दुइ मत हुदैन । त्यसैले आफै बीच लडाई झगडा र लाक्षना लगाउने तिर नलागी अब पाटीका नेताहरुले आगोमा घिउ हाल्ने काम नगरौ ।
वहुदलीय पद्धतिबाट शान्तिपूर्ण चुनावी माध्मले शासन सन्चालन गर्ने काँग्रेश कै सिद्धान्तलाई नै आत्मसाथ गरि अन्य पार्टीले पनि सहभागिता जनाईरहेका छन् । विचार गर्ने हो भने नेपाली काँग्रेस वाहेक सवै पार्टीमा परिचयका आधारमा पहिचानको समेत समस्या छ। मार्क्सवादी लेनिनवादी हुन वा माओवादी किन नहुन नाम अनुसारको वाद छाडेर नेपाली काँग्रेसकै प्रजातान्त्रिक समाजवादी धारलाई अनुसरण गरेको देखिन्छ । दुवैले वन्दुक फ्याकिदिएर चुनावमा विश्वास गरे। त्यसैले नेपाली कांग्रेस परंम्परावादी र आधुनिक धारणालाई फ्युजन गराएर नया समाजको निर्माण गर्न चाहन्छ। यसमा अन्य पार्टीहरुलाई समेत कांग्रेसले समेटेर हिडेको देखिन्छ त्यस्तै ध्येयले पहिले देशलाई एसियाली मापदण्डमा पुर्याउने चाहना भएको विशाल मनका धनी सच्चा देशभक्त राजनीतिका हुन्हार देशका नेता वि पी कोइरालाले राजाबाट धोका पाए पछी त्यो बेला प्रजान्त्र सस्थागत हुन पाएनन ।
त्यै पनि देशमा पाटीलाई मुलरुप दिदै विज्ञ वि पी कोइरालाले भन्नु भएको थियो .सम्बंधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको माध्यमबाट देशको विकाश हुन्छ । तर मन्चमा कलाकार बनेर नेपाली कॉग्रेसकै खलनायक रुपमा ठिंग अभियन गर्ने देशका नेता गीरीजा प्रसाद कोइरालाले २०४७ सालको संविधानको रक्षागर्न सकेनन्। ४ पटक केन्द्रीय र २ पटक स्थानीय निर्वाचन शान्तिपूर्ण गर्न सफल नेपाल र नेपालीको हितमा नै थियो त्यो बेला । बहुमतको सरकारलाई भंग गरी मध्यावधि निर्वाचनतिर गिरीजाप्रसादले नै धकेलेर प्रजातन्त्र र संविधानलाई कमज़ोर वनाए । कथा कथित माओबादी द्धन्दले नेपाल आमाको छातीमा टेक्दै आफ्नै घरभित्र आगो लगाउन सफल भएका थिए त्यसको वातावरण गिरिजाप्रसाद कोइरालाले नै नायक बनेर दिए किन कि सामाजिक सुरक्षाका कार्यक्रमहरु ल्याउनुको सट्टा सत्ताको होडबाजीमा कसरि आफुले मात्र शाशन गर्ने र अन्य सहयात्रीलाई समाप्त गर्ने कुटनीतिक गिरिजाप्रसाद कोइरालाको ध्यान त्यतिमा मात्र केन्द्रित रह्यो । जसले परिणाम माओबादी द्धन्दले देशको सम्पतिको नष्ट गिरिजाप्रसाद कोइराला कै नेतृत्वमा हुन् गएको हो भन्ने कुरा आज जनताले बुझ्दै आएका छन । उनले आफ्नै शान्ति पूर्ण घरभित्र आंगो लागएर धेरै नष्ट,र देशभित्र क्षति भए पछी राजाको र जनताको नजरमा राम्रो हुन आफैले निभाए झैँ गरे तर संबैधानिक राजतन्त्र,हिन्दु,अधिराज्य र २०४७ सालको संबिधान त्यो बेला सम्म भष्म भै सकेको थियो । त्यै पनि सबैले गिरिजाप्रसाद कोइरालाको महान कार्य भन्दै हिडे तर देशको अवस्थालाई फेर्कर हेर्न कसैको नजर त्यहा सम्म जान सकेनन । जसले लगभग तीस बर्ष पछाडी नेपाल र नेपालीको भविष्यलाई धकेलेर खाल्डोमा पुरीदियो र आज सम्मपनि राष्ट्र निर्माणको काममा कुनै पाटीका नेताको तर्फबाट सन्तोषजनक ढंगले देशबिकाशको कार्य हुन सकेन । "जति जोगी आए कानै चिरेको ।' भन्ने उखान आज सम्म पनि कायम नै रह्यो । 'कुहिरोमा बाटो हराएको काग झैँ" जनताहरु देशमा बाटो हराएर जंगलको विचमा उभिएका छन आज नेपाली हस्तीहरु । देशभित्र शान्ति भएर नेपाली जनताले आफ्नै देशको माटो भिजाउँ पसिना बगाउने बातावरण बन्न सकोश भनेर आशाबादी रहेका नेपालीहरुको अनुहारमा खुशी आउन सकेन संबिधान नबन्नाले ।साच्चै भन्ने हो भने नेपाल र नेपाली आत्माले देश भित्र संगीयता खोजेका छैनन त्यस्तै न धर्म निरपेक्षकता नै । शासकीय स्वरुपमा जनताले निर्वाचन गरेका प्रतिनिधिहरुको विश्वाशको मत लिएर शाशन सत्ता संचालन गर्ने बहुदलीय संसदीय प्रणाली नेपाली आत्माको आजको आवाज हो ।
यसो निहालेर देशभित्र विचार गर्ने हो भने हामीले छर्लंग देख्न सक्छौ संवैधानिक राजतन्त्रको औचित्य आजपनि सकिएको छैन जसले यो देशलाई फेरी अखण्ड बनाएर लैजान सक्छ ति तत्वहरुका बारेमा राष्टियता राजनीतिमा गम्भीर भएर सोच्न आवश्यक देखिन्छ जसबाट राष्ट्रियता र प्रजातन्त्रको संस्थागत विकाश हुँदै यो देशले पुनः नयाँ युगमा प्रवेश गर्न वेर लाउदैन ।

आज आएर नेपाली जनताले बुझ्न सक्ने भएको कुरा हो माओवादीको द्वन्द भारतको इसारा र छद्म सहयोगमा २०४७ को सम्विधान र प्रजातान्त्रिक नेपालमा समाप्त गर्नु मात्र रहेछ । त्यस्तो चाहना नभएता पनि काँग्रेसकै विभाजनबाट सुरु र समाप्ति भयो। कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता नेतालाई गीरिजाप्रसाद कोइरालाले अपमानित नगरेको भए २०४७ को संविधानले गति लिनुकासाथै यो मुलुक परिवर्तन हुने थियो भन्ने कुरा आजका नेताहरु लागायत नेपाली जनताले समेत बुझिसके अहिले । समसामयिक परिवर्तन हुदै नेपालीको अनुहारमा खुशी र देश प्रतिको आशाबादी जनताले आफ्नै देशमा खुन र पसिना बगाउन पाउने थिए र आफ्नै परिवारसंग रहेर देशभित्रै पसिना गलाएर दुइ छाक पेटभरी खाने आकांक्षा पूरा हुने थिए। तर अहिलेको अबस्थामा माओबादी र उसंग सम्बन्ध सबै बाधकको रुपमा उभिएका छन जसले न संबिधान बनाउन दिन्छन न देशबिकाश गर्न नै ।
आजका माओबादी बाधक बनेझै गरि पहिला काग्रेसलाई सखाप पार्न राणाहरू, राजाहरु, पछि पंच, र विभिन्न धारका कम्युनिष्ट माओबादी लगाएत देखि बिदेशी शक्ति लागेको थियो अरे र आज पनि लागि नै रहेको छ र यो राजनिती हो लागि रहन्छ पनि। यो पार्टी सकिदा राष्ट्रियता प्रजान्त्रका साथै देश कै अस्तित्व सकिने छ भन्ने कुरामा दुइमत छैन त्यसैले यसको भविष्य राज्यको भविष्यसंग जोडिएकोले यो सखाप हुन कुनै अबस्थै आउदैन। बरू अब दुइ पार्टी सिस्टमको स्वरूप नेपाली राजनीतिमा देखा पर्दै जादैछ डेमोक्रेटिक धार कांग्रेस र लेफ्ट धर एमाले मा मिसिदै जानेछ भन्ने मेरो तर्क हो र अन्यको भविष्य रहने छैन यो नै दरिलो देशको राजनैतिक बाटो हो।

निशा खनाल अर्याल
राजविराज सप्तरी
हाल - इजरायल