मधेशमा समाजसेवी इम्पोर्ट गरौं

रवीन्द्र मिश्र जी आवद्ध परोपकारी सँस्थाले यस स्कुललाई अपग्रेड गर्न ४ लाख दिएको फोटो सहित वहाँको वालमा छ । वहाँको हजारौँ प्रशंसक मध्ये म पनि एक हो तर मलाई गजब के लागेको छ भने मधेशमा नेपालको आधा आवादी बस्छ तर त्यहाँ हेल्प नेपाल, न्यानो सँसार, मिसन एजुकेशन नेपाल जस्ता सँस्था किन जन्मिदैनन् मधेश को माटो त  नेता–राजनेता–लेखक–चिँतक–अभियानी जन्माउन खुबै मलिलो छ ।
आखिर कस्तो माटो चाहिन्छ सच्चा समाज सेवी जन्माउन ? बरु अन्यत्रबाट भए पनि त्यस्तो माटो ईम्पोर्ट गरौँ न” सार्है पो खाँचो छ....खास गरी गाउँको बाल बालिका पढने स्कुल को अवस्था भनिनसक्नु छ...कहीँ फुस को छाना छ, कहीँ आकाश मुनि पढेका छन् कहीँ बेन्च डेस्क छैन । जे गरेर पनि यस हालतलाई यस्तै सस्थाहरुले राहत दिन सक्छन् भने होस न हामी कहाँ पनि ।
के होला त कारण यस्तो सँस्था जन्माउने मान्छे मधेशमा कम हुनु को ? कसैले भनेको सम्झिन्छु “अँहँ...यता कसैले निजी प्रयासले पनि केही काम गर्न खोज्यो सानै सुरुआत गर्न खोज्यो कि सघाउन त कता हो कता ये ¤ यसले त राजनीति पो गर्छ कि क्या हो “भनेर तर्सिन्छन... अरुलाई पनि अविश्वास गर्ने वातावरण सिर्जना गर्छन, अर्घेलो थाप्छन्, अनि भाग्न बाध्य गराउँछन ।”
उसले सही भनेको हो वा गलत यो यहाँहरुकै आउने कमेन्टले बताउला....तर मधेशमा यस्ता सँस्थाहरु को धेरै खाँचो छ जसले अबिलम्ब दैवी प्रकोपमा सहयोग गरोस, बाल–बालिकाको पढाईमा बाल मजदूरीबाट मुक्तिको क्षेत्रमा काम गरोस, महिला स्वरोजगार को क्षेत्रमा काम गरोस अरु थुप्रै क्षेत्र छन ...जहाँका समस्याहरु तुरुन्त सम्बोधनको पर्खाईमा छन् तर यता कसैले ध्यान दिंदैनन...†
दिनु पनि कसरी ? यो त उनीहरुको कामै हैन...नेता को यो काम थोडै हो ?
यो त समाज सेवी को काम हो..र समाज सेवी जन्माउने माटो पनि त” छैन नी हामी कहाँ..
यहि भनेर चित्त बुझाउनु पर्या छ ।

–अावाज गगन तक

SHARE THIS

Author:

Facebook Comment