– जनकमान डंगोल
विनम्रता नै मानवको सबै भन्दा ठूलो हतियार हो र जस्तोसुकै मूर्ख र नादानको अगाडी पनि भद्र र शालीन तरिकाले विनम्रता देखाउने हो भने केहि केहि समय पश्चात त्यस्ता मान्छेहरु खोले साग हुन्छन् देखिएकै तथ्य हो यो ।
समय तालिका अनुसार बितेको बर्ष भारतको केन्द्रिय राजधानी दिल्ली प्रशासित राज्यमा राज्य स्तरको बिधानसभा चुनाव भयो । त्यो चुनावमा जनताले पहिलो पटक नाम सुनेको राजनीतिक पार्टी “आम आदमी” लाई दोश्रो ठुलो राजनीतिक दल बनाई दियो । त्रिकोणात्मक त्यो पनि कडा टक्करले गर्दा पहिलो पार्टी बन्न सफल भएर पनि भारतीय जनता पार्टीले सरकार बनाउन सकेन र काँग्रेसको समर्थनमा आम आदमी पार्टीले सरकार त बनायो तर आम आदमी पार्टीले ४९ दिन सरकार चलाएर सरकार छाडिदियो ।
आम आदमी पार्टीले सरकार किन छाड्यो भन्ने जनताको प्रश्न यथावत हुँदाहुँदै पनि त्यसको चित्त बुझ्दो जवाफ दिन नसकेको कारणले गर्दा केन्द्रिय स्तरको निर्वाचन लोकसभाको चुनावमा आम आदमी पार्टीलाई जनताले हारको स्वाद चखाईदिएर पहिलो नसिहद दियो । जनताको नसिहदलाई आत्मसात गरेर बेलैमा आम आदमी पार्टीले जनता सामु ४९ दिनको कार्यकाल सम्झाउंदै “आम आदमी” अर्थात साधारण जनताको पार्टीले जनमत नलिइकन पहिलो पटक सत्ता छोड्नु परेकोमा भविष्यमा यस्तो गल्ती नदोहोरिने बाचा गर्दै माफी मागे । जनताले पनि माफ गर्दै यो पटकको निर्वाचनमा अत्याधिक पूर्ण बहुमत दिएर आम आदमी पार्टीलाई माहाभारतकालिन “ईन्द्रप्रस्थ” अर्थात आजको दिल्लीको सत्ताको हकदार बनाई दिए । गल्ती गरेपछि माफी माग्नु नै सबै भन्दा उत्तम कुरा हो भन्ने यो जस्तो ठुलो प्रमाण अरु हुन सक्दैन ।
किन र कसरी यो पटक दिल्लीमा आम आदमी पार्टीले अत्याधिक सफलता हात पार्यो भन्ने कुरा पाठकहरुलाई लाग्न सक्छ । दिल्ली बिशाल भारतको केन्द्रिय राजधानी हो र राजधानी भएपछि जनघनत्व अत्याधिक हुने नै भयो । राजधानी दिल्लीमा तीन थरिका नागरिक बस्छन । ती तिन थरीमा पहिलो तप्का नागरिक धनीमानी र सम्पन्नताले भरिपूर्ण भएका छन् भने दोश्रोमा मध्यम वर्गका । तेश्रोमा बडो दु:ख र कष्टले जीवन गुजारा गर्ने नागरिक छन् र यहि नागरिकहरुलाई नै लक्ष्य गरेर अरविन्द केजरिवालले “आम आदमी” अर्थात साधारण नागरिकको पार्टी भनेर राजनीतिक पार्टी गठन गरेका हुन् ।
राजधानी दिल्लीमा अत्याधिक मात्रामा बसोबास गर्नेहरु भनेको साधारण नागरिकहरु हुन । हालको बढ्दो महंगी र कांग्रेसी शासनको भ्रष्टाचारलाई जरै देखि उखलेर फाल्छु भन्ने प्रतिज्ञा गरेको कारणले गर्दा नै आज आएर आम आदमी पार्टीले पूर्ण बहुमत हासिल गरेको हो र यो पूर्ण बहुमत प्राप्त गर्नुलाई केजरीवालको ४९ दिने शासनले पनि ठुलो मद्दत पुर्याएको छ ।
केजरीवाल त्यसै एकै पटक राजनीतिक क्षेत्रमा हाम फालेर आएका हैनन् । केहि वर्ष अगाडी सामाजिक कार्यकर्ता अन्ना हजारेले भ्रष्टाचार निर्मूल गर्नको लागी “जन लोकपाल बिल” लागु गर भन्दै आमरण बसेका थिए । त्यो आमरण अनसनलाई अरविन्द केजरिवाल देखि किरण बेदी सम्मले पूर्ण समर्थन गरेका थिए । तिनै किरण बेदीलाई भा.ज.पा ले यो पटकको चुनावमा मुख्य मन्त्री पदको उम्मेदवार त बनाए तर दिल्लीको जनताले केजरीवाललाई जस्तै गरि बेदिलाई मन पराएनन् । अन्ना हजारेको अनसनबाट कांग्रेसी गठबन्धन मनमोहन सिंह सरकार झुक्दै भ्रष्टाचार निर्मूलको लागि “जन लोकपाल बिल” सदनबाट पास गर्छौं भनेर सहमति दिनु परेको थियो ।
समाजसेवी अन्ना हजारेको अनसन पश्चात राजनीति पार्टी गठन नगरिकन भ्रष्टाचारसँग लड्न नसकिने रैछ भनेर नै अरविन्द केजरीवालको अगुवाईमा “आम आदमी पार्टी” गठन भएको तर केजरीवालको यो कदमलाई उनका समाजसेवी गुरु अन्ना हजारेको पूर्ण समर्थन छैन भनेर भारतीय मिडियाहरुमा प्रकाशित समेत भएको थियो किनभने अन्ना हजारेको नजरमा सबै राजनीतिक पार्टीहरु फटाहा र जनतालाई धोका दिने चरित्रका हुन्छन् भन्ने छाप परेको छ र देखिएको तथ्य पनि यहि नै हो ।
जब राजनीतिक पार्टी चलाउने नेता गणमा विजयीको उन्माद छाउँछ त्यसपछि त्यो पार्टीको पतन निश्चित छ भन्ने कुरा यो पटकको भारतीय लोकसभा तथा बिधान सभाको निर्वाचनले देखाएको छ । दुई कार्यकाल केन्द्रीय देखि विभिन्न राज्यहरुमा गठबन्धनको सरकार चलाउने देशको सबैभन्दा पहिलो र पुरानो राजनीति पार्टी भारतीय कांग्रेसले लोकसभामा करारी हार देखि यो पटकको दिल्ली बिधानसभाको निर्वाचनमा एक सिट पनि नजित्नु र बिगतको लोकसभाको निर्वाचनमा देशै भरि राम्रो प्रदर्शन गरेर केन्द्र देखि अन्य विभिन्न राज्यमा सरकार बनाउन सफल भएको भारतीय जनता पार्टीले जम्मा ४ सिट मात्र जित्नु भनेको मतदाताले भाषण र नारा हैन व्यवहारमा सुशासन र विकास चाहन्छन् भनेर बुझ्नु हो ।
भाषा, संस्कृतिदेखि भेषभुषा समेत एकैनाशको भएर होला हाम्रो देश नेपालमा पनि हरेक कुराको शत प्रतिशत नक्कल भारतको गर्ने गरिन्छ । रोटी देखि बेटी सम्मको साईनो पनि छ भनेर त्यसै भन्ने गरेका हैनन् क्यार । उता जस्तो हावा चल्यो त्यस्तै तरिकाले नेपालमा पात हल्लिने भएकोले होला अघिल्लो साल नेपालको एमाओवादी पार्टीका दोषा ठूला नेता डाक्टर क.बाबुराम भटराईले नयाँ शक्ति गठन गर्छु भनेर उक्त पार्टीको अध्यक्ष क.प्रचण्डलाई हाँक दिएका थिए । भटराईको हाँक देखेर नै होला अब हुने महाधिवेशन पछि तपाई नै हाम्रो पार्टीको अध्यक्ष भनेर डाक्टर भटराईलाई थामथुम पार्दै पार्टी अध्यक्ष क.आश्वासन दिएका थिए तर बचन पुरा गर्छन् कि गर्दैनन त्यो समयले बताउला किनभने नेपालको कम्युनिस्ट पार्टीहरुमा प्राय: एक पटक आफु अध्यक्ष भैसकेपछि मृत्युपश्चात मात्र पद छोड्ने चलन छ ।
शुरुको हरफमा उल्लेखित कुरा विनम्रताको सन्दर्भमा भन्नुपर्दा नेपालको माओबादी पार्टीहरु मात्र नभएर कांग्रेस, एमाले देखि अन्य दुक्की तिक्की पार्टीका नेताहरुमा के कस्तो विनम्रता देखिको आचरण छ त्यो नेपाली जनताहरुले २००७ साल देखिनै दैनिक रुपमा देख्दै र भोग्दै आएका छन् भने “हलेदो भनेर चिनिसकेपछि कोट्याउनु नै किन पर्यो” । पञ्चायत नफालिकन देशमा विकास हुन्न भन्दै आन्दोलन र उतैकालाई भनेर महिनौ महिना सिमा बन्द गराएर तत्कालिन सरकारलाई झुकाएर दोश्रो पटक बहाल गरेको “प्रजातन्त्र” देखि सदियौं पुरानो राजसंस्थालाई “निलम्बन” मा पारेर विदेशीको ईसारामा हुल्देको “लोकतन्त्र” ले देश र जनतालाई के दियो र के दिएन भनेर बयान गर्नु नपर्ला । नेपाली जनताले जानेको नै प्रतिलिपि अर्थात नक्कल हो र उताका जस्तै यता पनि नक्कल गर्ने कुनै केजरिवाल जन्मेलान कि भनेर प्रतीक्षा गर्नु बाहेक अरु के नै सकिन्छ र ।
असल सदियौ पुरानो छिमेकीको नाताले दिल्ली विधानसभाको निर्वाचनमा पूर्ण बहुमत ल्याएको उपलक्ष्यमा “आम आदमी पार्टी” लाई क्राईम चेक परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।
प्रकाशित मितिः२०७१ माघ २९ गते बिहीवार
विनम्रता नै मानवको सबै भन्दा ठूलो हतियार हो र जस्तोसुकै मूर्ख र नादानको अगाडी पनि भद्र र शालीन तरिकाले विनम्रता देखाउने हो भने केहि केहि समय पश्चात त्यस्ता मान्छेहरु खोले साग हुन्छन् देखिएकै तथ्य हो यो ।
समय तालिका अनुसार बितेको बर्ष भारतको केन्द्रिय राजधानी दिल्ली प्रशासित राज्यमा राज्य स्तरको बिधानसभा चुनाव भयो । त्यो चुनावमा जनताले पहिलो पटक नाम सुनेको राजनीतिक पार्टी “आम आदमी” लाई दोश्रो ठुलो राजनीतिक दल बनाई दियो । त्रिकोणात्मक त्यो पनि कडा टक्करले गर्दा पहिलो पार्टी बन्न सफल भएर पनि भारतीय जनता पार्टीले सरकार बनाउन सकेन र काँग्रेसको समर्थनमा आम आदमी पार्टीले सरकार त बनायो तर आम आदमी पार्टीले ४९ दिन सरकार चलाएर सरकार छाडिदियो ।
आम आदमी पार्टीले सरकार किन छाड्यो भन्ने जनताको प्रश्न यथावत हुँदाहुँदै पनि त्यसको चित्त बुझ्दो जवाफ दिन नसकेको कारणले गर्दा केन्द्रिय स्तरको निर्वाचन लोकसभाको चुनावमा आम आदमी पार्टीलाई जनताले हारको स्वाद चखाईदिएर पहिलो नसिहद दियो । जनताको नसिहदलाई आत्मसात गरेर बेलैमा आम आदमी पार्टीले जनता सामु ४९ दिनको कार्यकाल सम्झाउंदै “आम आदमी” अर्थात साधारण जनताको पार्टीले जनमत नलिइकन पहिलो पटक सत्ता छोड्नु परेकोमा भविष्यमा यस्तो गल्ती नदोहोरिने बाचा गर्दै माफी मागे । जनताले पनि माफ गर्दै यो पटकको निर्वाचनमा अत्याधिक पूर्ण बहुमत दिएर आम आदमी पार्टीलाई माहाभारतकालिन “ईन्द्रप्रस्थ” अर्थात आजको दिल्लीको सत्ताको हकदार बनाई दिए । गल्ती गरेपछि माफी माग्नु नै सबै भन्दा उत्तम कुरा हो भन्ने यो जस्तो ठुलो प्रमाण अरु हुन सक्दैन ।
किन र कसरी यो पटक दिल्लीमा आम आदमी पार्टीले अत्याधिक सफलता हात पार्यो भन्ने कुरा पाठकहरुलाई लाग्न सक्छ । दिल्ली बिशाल भारतको केन्द्रिय राजधानी हो र राजधानी भएपछि जनघनत्व अत्याधिक हुने नै भयो । राजधानी दिल्लीमा तीन थरिका नागरिक बस्छन । ती तिन थरीमा पहिलो तप्का नागरिक धनीमानी र सम्पन्नताले भरिपूर्ण भएका छन् भने दोश्रोमा मध्यम वर्गका । तेश्रोमा बडो दु:ख र कष्टले जीवन गुजारा गर्ने नागरिक छन् र यहि नागरिकहरुलाई नै लक्ष्य गरेर अरविन्द केजरिवालले “आम आदमी” अर्थात साधारण नागरिकको पार्टी भनेर राजनीतिक पार्टी गठन गरेका हुन् ।
राजधानी दिल्लीमा अत्याधिक मात्रामा बसोबास गर्नेहरु भनेको साधारण नागरिकहरु हुन । हालको बढ्दो महंगी र कांग्रेसी शासनको भ्रष्टाचारलाई जरै देखि उखलेर फाल्छु भन्ने प्रतिज्ञा गरेको कारणले गर्दा नै आज आएर आम आदमी पार्टीले पूर्ण बहुमत हासिल गरेको हो र यो पूर्ण बहुमत प्राप्त गर्नुलाई केजरीवालको ४९ दिने शासनले पनि ठुलो मद्दत पुर्याएको छ ।
केजरीवाल त्यसै एकै पटक राजनीतिक क्षेत्रमा हाम फालेर आएका हैनन् । केहि वर्ष अगाडी सामाजिक कार्यकर्ता अन्ना हजारेले भ्रष्टाचार निर्मूल गर्नको लागी “जन लोकपाल बिल” लागु गर भन्दै आमरण बसेका थिए । त्यो आमरण अनसनलाई अरविन्द केजरिवाल देखि किरण बेदी सम्मले पूर्ण समर्थन गरेका थिए । तिनै किरण बेदीलाई भा.ज.पा ले यो पटकको चुनावमा मुख्य मन्त्री पदको उम्मेदवार त बनाए तर दिल्लीको जनताले केजरीवाललाई जस्तै गरि बेदिलाई मन पराएनन् । अन्ना हजारेको अनसनबाट कांग्रेसी गठबन्धन मनमोहन सिंह सरकार झुक्दै भ्रष्टाचार निर्मूलको लागि “जन लोकपाल बिल” सदनबाट पास गर्छौं भनेर सहमति दिनु परेको थियो ।
समाजसेवी अन्ना हजारेको अनसन पश्चात राजनीति पार्टी गठन नगरिकन भ्रष्टाचारसँग लड्न नसकिने रैछ भनेर नै अरविन्द केजरीवालको अगुवाईमा “आम आदमी पार्टी” गठन भएको तर केजरीवालको यो कदमलाई उनका समाजसेवी गुरु अन्ना हजारेको पूर्ण समर्थन छैन भनेर भारतीय मिडियाहरुमा प्रकाशित समेत भएको थियो किनभने अन्ना हजारेको नजरमा सबै राजनीतिक पार्टीहरु फटाहा र जनतालाई धोका दिने चरित्रका हुन्छन् भन्ने छाप परेको छ र देखिएको तथ्य पनि यहि नै हो ।
जब राजनीतिक पार्टी चलाउने नेता गणमा विजयीको उन्माद छाउँछ त्यसपछि त्यो पार्टीको पतन निश्चित छ भन्ने कुरा यो पटकको भारतीय लोकसभा तथा बिधान सभाको निर्वाचनले देखाएको छ । दुई कार्यकाल केन्द्रीय देखि विभिन्न राज्यहरुमा गठबन्धनको सरकार चलाउने देशको सबैभन्दा पहिलो र पुरानो राजनीति पार्टी भारतीय कांग्रेसले लोकसभामा करारी हार देखि यो पटकको दिल्ली बिधानसभाको निर्वाचनमा एक सिट पनि नजित्नु र बिगतको लोकसभाको निर्वाचनमा देशै भरि राम्रो प्रदर्शन गरेर केन्द्र देखि अन्य विभिन्न राज्यमा सरकार बनाउन सफल भएको भारतीय जनता पार्टीले जम्मा ४ सिट मात्र जित्नु भनेको मतदाताले भाषण र नारा हैन व्यवहारमा सुशासन र विकास चाहन्छन् भनेर बुझ्नु हो ।
भाषा, संस्कृतिदेखि भेषभुषा समेत एकैनाशको भएर होला हाम्रो देश नेपालमा पनि हरेक कुराको शत प्रतिशत नक्कल भारतको गर्ने गरिन्छ । रोटी देखि बेटी सम्मको साईनो पनि छ भनेर त्यसै भन्ने गरेका हैनन् क्यार । उता जस्तो हावा चल्यो त्यस्तै तरिकाले नेपालमा पात हल्लिने भएकोले होला अघिल्लो साल नेपालको एमाओवादी पार्टीका दोषा ठूला नेता डाक्टर क.बाबुराम भटराईले नयाँ शक्ति गठन गर्छु भनेर उक्त पार्टीको अध्यक्ष क.प्रचण्डलाई हाँक दिएका थिए । भटराईको हाँक देखेर नै होला अब हुने महाधिवेशन पछि तपाई नै हाम्रो पार्टीको अध्यक्ष भनेर डाक्टर भटराईलाई थामथुम पार्दै पार्टी अध्यक्ष क.आश्वासन दिएका थिए तर बचन पुरा गर्छन् कि गर्दैनन त्यो समयले बताउला किनभने नेपालको कम्युनिस्ट पार्टीहरुमा प्राय: एक पटक आफु अध्यक्ष भैसकेपछि मृत्युपश्चात मात्र पद छोड्ने चलन छ ।
कार्टुन साभार: बि.बि.सी हिन्दि डट कम बाट |