क्राइमचेक प्रतिनिधि/
वीरगंज/हरेक वर्ष आन्तरिक राजश्व कार्यालय वीरगंजले करको दायरामा ल्याउन उद्योगी तथा व्यापारी एवं साना व्यवसायी लगायत सर्वसाधारण नेपाली तथा विदेशीहरूलाई दबाव तथा प्रचार गरिरहेपनि खुल्ला सार्वजनिक स्थलमा लाखौं रुपैयाँ मूल्य पर्ने हजारौं मूर्तिहरू यत्रतत्र वीरगंज नगरमा विक्रीवितरण भइरहेको छ । तैपनि ती मूर्ति निर्माताहरूलाई करको दायरामा ल्याउने प्रयास नहुनु एकातर्फ छ भने लाखौं रुपैयाँ खर्च गरेर वर्षैपिच्छे करको दायरामा ल्याउन भनि प्रचार अ
भियान आफैंमा विरोधाभाष छ कि छैन ? विरोधाभाष छैन भने खुल्ला रुपमा मुर्ति बनाई विक्रीवितरण भइरहनु तर करको दायरामा नपर्नुले ती लाखौंको मूर्ती बेच्ने भारतीयलाई आन्तरिक राजश्वबाट ‘भ्याट’ छूट दिएको ठहरिन्छ कि ठहरिंदैन ? भ्याट छूटको पछाडी ती भारतीय मूर्तिकलाकार व्यापारीहरूसँग ठूलै लेनदेन हुने गरेको जानकारीमा आउन थालेको छ ।
यसैक्रममा ती भारतीय मूर्ति कलाकारहरूसँग यस क्राइमचेक प्रतिनिधिसँगको प्रत्यक्ष संवादमा भारत विहारको दरभंगा जिल्लाका सिताराम पंडित, यसैगरी सोही स्थानका श्याम पंडित, तथा पश्चिमी चम्पारण बेतियाका जय प्रकाश पंडितजस्ता एकदर्जन भारतीय मूर्तिकारहरूले प्रति मूति घटिमा एक हजार पाँच सय देखि १० हजार मूल्य सम्मको मूर्ति बेच्ने गरेको जनाएका छन् र विशेषगरी माघे श्रीपञ्चमीमा सरस्वतीको मूर्ति तथा असोजको विश्वकर्मा पूजामा हजारौं मूर्ति बेच्ने गरेर भारतमा आम्दानी जम्मा गर्ने गरेको बताए । साथै तिनीहरूले संवादको क्रममा भ्याट कार्यालयहरूलाई केही अंश बाँटेपछि करको दायरामा नपर्ने कुराको गाँठीको रहश्य बल्ल–बल्ल बताए ।
स्मरणरहोस्, नेपालमा एक हजार भन्दा माथिको मूल्यको कारोबार गर्न करको दायरामा अनिवार्य आउनुपर्ने प्रावधान छ । त्यस्तै कुनैपनि सेवामुखि कारोबार तथा बेचविखनमा स्थानीय घरेलु तथा साना उद्योग एवं वाणिज्य कार्यालयबाट अनुमति प्रमाणपत्र लिएर मात्र गर्नुपर्ने हो । तर यस्ता लाखौं रुपैयाँको कारोबार गरेर कर छल्ने ती भारतीय कारोबारीहरूलाई कारवाही गर्ने कस्ले ?

Nepalese Rupee Exchange Rate