– निशा खनाल अर्याल
समयको चक्रसगै घुमिरहने प्रकृति र हामी प्रकृतिका उपज मानव एक अर्कोसँग अनोश्राश्रित सम्बन्धमा गाँसिएका छौं । सत्य नै हो प्रकृतिको पुजनसँग उपलब्धीको अस्तित्त्व हाम्रो जीवन पद्धतिसँग गासिएको छ । पंचतत्वको शरीर र ब्रह्म अंश आत्माको मिश्रण यस देह पंचतत्वको कुनै परिवर्तनले ठूलो असर पार्दछ हाम्रो शरीरमा । प्रकृति र देहको समन्वय उपलब्ध खाद्यान्नको उपभोगले गर्छ । यसर्थ हामी समयानुकूल अन्न फलफूलको ग्रहण गर्छौं, पूजा आराधना गर्छौ । यो अनुकूलताको मिलान हो प्रकृतिको विशेषता बिरुद्धको स्वभावका जीवको बिनाश हामीले इतिहासमा धेरै पढेका छौ । कति जीवजन्तु विनाशको पर्खाइमा लाइनमा बसी सकेका छन । कति जीवका कारक हामी बुज्रुक मानव नै हौ । प्रकृतिको पुजन मेसोपोटामियाको सभ्यताबाटै शुरु भएको हो । हरप्पाको सभ्यता लोप हुनु अगावै हिन्दुको वैदिक काल हुदै गंगा सभ्यतामा आइपुग्दा आर्यहरुको जीवन पद्धति नै बन्यो । प्रकृतिको मातृत्व जीवको अस्तित्व हो । भौतिकताले घिसारेको नास्तिकताले मानव जीवन संकटमा पर्दै आइरहेछ दृष्टान्त प्रकृति प्रकोपलाई नै लिऊ । बाढी, पैरो, सामुन्द्रिक छाल ज्वालामुखी आधी आदी । प्रकृति पुजनको दिन आज देह त्याग गर्नेहरुको लागी पनि शुभदिन. मानिएको आज माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यस समयमा सूर्य पंचायन कर्कट रेखाबाट उत्तरायण लागी मकर रेखामा सर्दछन् । पृथ्वीका जीवको लागी सूर्य पिता मानिन्छ भने बेदमा पनि सूर्यको निकै गुणगान गाएको पाइन्छ ।
पितामह भीष्मले सूर्य उत्तराणय भएको बेलामा आÇनो प्राण त्याग गरेका थिए रे उनलाइ इच्छा “मृत्यूको बर प्राप्त थियो । यसर्थ पितृको लागी यो संक्रान्ति महत्वको मानिन्छ । यस दिनमा देह त्याग गर्ने व्यक्ति जन्म मरणको चक्रबाट मुक्त हुन्छ भन्ने ग्रन्थहरुमा उल्लेख भएका छन भने मरण भएको घरमा हामीले गरुड पुराणका कथामा सुन्दै आएका छौ । आजको दिन पवित्र नदिमा वा कुनै तीर्थस्थलमा गएर स्नान गरी भगवान सूर्यलाइ अर्घ दिंदै जीवनमा सधै सुख समृद्धीको हेतु प्रार्थना गरि गल्तीको याचना गरिन्छ । खिचडी, गुड–तिलको लड्डु, तरुल, सखरखण्ड, सुठ्नी जस्ता पितृलाई अर्पण गर्दै प्रसादको रुपमा आफन्तलाई बोलाएर खुवाइन्छ । बैदिक कालमा उत्तरायण देवताको दिन र दक्षिणायण देवताको रात मानिन्थ्यो । उत्तरायण देवयान तथा दक्षिणायनको पितृयान मानिन्थ्यो । यस मकर संक्रान्तीको दिन यज्ञ गरे हव्य, ग्रहण गर्नको लागी देवता धर्तीमा स्वयम् नै आउँछन अरे । यो दिनमा पुण्य आत्माहरुले मात्र देह त्याग गरी स्वर्गमा जान्छन् भन्ने भनाई छ । यस कारण यस दिन पुण्य, दान, जप, र धार्मिक अनुष्ठानको अन्नत महत्व छ त्यस्तै अन्य दिन भन्दा सयौं गुना बढी फल प्राप्त हुन्छ भनिएको छ । यस दिन गरेको राम्रो पूण्य कामको अति शुभ मानिन्छ भने माघेसंक्रान्तिको दिन घिउ, तिल र चामल, मास्को दालको, दानको महत्व मानिन्छ र दान गर्ने व्यक्ति सम्पूर्ण स्वर्गसुख भोग गरेर मोक्ष प्राप्त गर्छन् भनिएको छ । समस्त पूर्वज प्रति श्रद्धा अर्पण गर्दै यस माघे संक्रान्तीको शुभ अवसरमा समस्त सगी–साथी तथा आफन्तमा पूण्य प्राप्तीको लागी शुभकामना एंव शुभदिन पनि हो ।
हाल:इजरायल
प्रकाशित मितिः२०७१ माघ १ गते बिहीवार
समयको चक्रसगै घुमिरहने प्रकृति र हामी प्रकृतिका उपज मानव एक अर्कोसँग अनोश्राश्रित सम्बन्धमा गाँसिएका छौं । सत्य नै हो प्रकृतिको पुजनसँग उपलब्धीको अस्तित्त्व हाम्रो जीवन पद्धतिसँग गासिएको छ । पंचतत्वको शरीर र ब्रह्म अंश आत्माको मिश्रण यस देह पंचतत्वको कुनै परिवर्तनले ठूलो असर पार्दछ हाम्रो शरीरमा । प्रकृति र देहको समन्वय उपलब्ध खाद्यान्नको उपभोगले गर्छ । यसर्थ हामी समयानुकूल अन्न फलफूलको ग्रहण गर्छौं, पूजा आराधना गर्छौ । यो अनुकूलताको मिलान हो प्रकृतिको विशेषता बिरुद्धको स्वभावका जीवको बिनाश हामीले इतिहासमा धेरै पढेका छौ । कति जीवजन्तु विनाशको पर्खाइमा लाइनमा बसी सकेका छन । कति जीवका कारक हामी बुज्रुक मानव नै हौ । प्रकृतिको पुजन मेसोपोटामियाको सभ्यताबाटै शुरु भएको हो । हरप्पाको सभ्यता लोप हुनु अगावै हिन्दुको वैदिक काल हुदै गंगा सभ्यतामा आइपुग्दा आर्यहरुको जीवन पद्धति नै बन्यो । प्रकृतिको मातृत्व जीवको अस्तित्व हो । भौतिकताले घिसारेको नास्तिकताले मानव जीवन संकटमा पर्दै आइरहेछ दृष्टान्त प्रकृति प्रकोपलाई नै लिऊ । बाढी, पैरो, सामुन्द्रिक छाल ज्वालामुखी आधी आदी । प्रकृति पुजनको दिन आज देह त्याग गर्नेहरुको लागी पनि शुभदिन. मानिएको आज माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यस समयमा सूर्य पंचायन कर्कट रेखाबाट उत्तरायण लागी मकर रेखामा सर्दछन् । पृथ्वीका जीवको लागी सूर्य पिता मानिन्छ भने बेदमा पनि सूर्यको निकै गुणगान गाएको पाइन्छ ।पितामह भीष्मले सूर्य उत्तराणय भएको बेलामा आÇनो प्राण त्याग गरेका थिए रे उनलाइ इच्छा “मृत्यूको बर प्राप्त थियो । यसर्थ पितृको लागी यो संक्रान्ति महत्वको मानिन्छ । यस दिनमा देह त्याग गर्ने व्यक्ति जन्म मरणको चक्रबाट मुक्त हुन्छ भन्ने ग्रन्थहरुमा उल्लेख भएका छन भने मरण भएको घरमा हामीले गरुड पुराणका कथामा सुन्दै आएका छौ । आजको दिन पवित्र नदिमा वा कुनै तीर्थस्थलमा गएर स्नान गरी भगवान सूर्यलाइ अर्घ दिंदै जीवनमा सधै सुख समृद्धीको हेतु प्रार्थना गरि गल्तीको याचना गरिन्छ । खिचडी, गुड–तिलको लड्डु, तरुल, सखरखण्ड, सुठ्नी जस्ता पितृलाई अर्पण गर्दै प्रसादको रुपमा आफन्तलाई बोलाएर खुवाइन्छ । बैदिक कालमा उत्तरायण देवताको दिन र दक्षिणायण देवताको रात मानिन्थ्यो । उत्तरायण देवयान तथा दक्षिणायनको पितृयान मानिन्थ्यो । यस मकर संक्रान्तीको दिन यज्ञ गरे हव्य, ग्रहण गर्नको लागी देवता धर्तीमा स्वयम् नै आउँछन अरे । यो दिनमा पुण्य आत्माहरुले मात्र देह त्याग गरी स्वर्गमा जान्छन् भन्ने भनाई छ । यस कारण यस दिन पुण्य, दान, जप, र धार्मिक अनुष्ठानको अन्नत महत्व छ त्यस्तै अन्य दिन भन्दा सयौं गुना बढी फल प्राप्त हुन्छ भनिएको छ । यस दिन गरेको राम्रो पूण्य कामको अति शुभ मानिन्छ भने माघेसंक्रान्तिको दिन घिउ, तिल र चामल, मास्को दालको, दानको महत्व मानिन्छ र दान गर्ने व्यक्ति सम्पूर्ण स्वर्गसुख भोग गरेर मोक्ष प्राप्त गर्छन् भनिएको छ । समस्त पूर्वज प्रति श्रद्धा अर्पण गर्दै यस माघे संक्रान्तीको शुभ अवसरमा समस्त सगी–साथी तथा आफन्तमा पूण्य प्राप्तीको लागी शुभकामना एंव शुभदिन पनि हो ।
हाल:इजरायल
प्रकाशित मितिः२०७१ माघ १ गते बिहीवार
Nepalese Rupee Exchange Rate