वीरगंज डेस्क/तीस दलीय मोर्चाले आह्वान गरेको माघ ५ गतेको नेपाल बन्द र नेकपा–माओवादीले आह्वान गरेको माघ ३ गतेको नेपाल बन्द फिर्ता भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पदमरत्न तुलाधरबीच बुधबार भएको छलफलमा ३ र ५ गतेको नेपाल बन्द फिर्ता लिने निर्णय भएको हो ।
“पाँच गतेका लागि ३० दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्द फिर्ता भएको छ”, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काले । उनले माघ ६ गते एकीकृत रुपमा बन्द आह्वान गरिने जानकारी दिए ।
बन्दबाट भड्किएका जनताको साथ लिएर सत्ता पक्षले राजनीति गर्न खोजेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा बन्दको आह्वान गर्ने निर्णय भएको बताइएको छ ।
प्रकाशित मितिः२०७१ माघ १ गते बिहीवार