राप्रपा नेपालका सभासदद्वार कम्बल वितरण

रामकुमार सोनल/
वीरगंज/राप्रपा नेपालकोलागि पर्साबाट समानुपातिक कोटामार्फत सभासद भएका श्यामसुन्दर टिवडेवालले वीरगंजस्थित नारायणी उप–क्षेत्रीय अस्पतालका विरामीहरुकालागि कम्बल र जाडोबाट बच्ने सामग्रीहरू वितरण गरेका छन् ।
बुधवार  सभासद टिबडेवालले नारायणी उपक्षेत्रीय अस्पतालका रोगीहरुको लागि जाडो याममा प्रयोग गर्ने न्यानो कपडा ५१ थान कम्बल र ५१ थान तन्नाहरु रु. ७६ हजार ५ सय मुल्य बराबरको सामाग्री वितरण गर्नुभएको हो ।
उक्त सामान उहाँले अस्पतालका मेसु डा. रामाशंकर ठाकुरलाई हस्तान्तरण गर्नूभएको हो भने ती कम्बल आजै विभिन्न बेडमा उपलब्ध गराईएको कुरा अस्पताल श्रोतले जनाएको छ । यस अघि उहाँले उक्त अस्पताललाई अप्रेसनमा प्रयोग गरिने अत्याधुनिक टेबुल संसद विकास कोषको रकमबाट खरिद गरी हस्तान्तरण गर्नुभएको थियो । टेबुलको मुल्य ४ लाख रुपैया रहेको जनाइएको छ ।

प्रकाशित मितिः२०७१ माघ १ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment