क्राइमचेक प्रतिनिधि/वीरगंज/अवैध लागु औषध गांजा सहित प्रहरीले बुधबार दिउंसो पर्साको ओरिया खोला नजिकैको सडकबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाद्दी गाविस ७ रंगपुर निवासी मोहन चौधरी र मेघनाथ चौधरी रहेका छन् । निजहरुले आफ्नो शरीरमा लुकाई ओरिया खोलाको बाटो हुदै भारत तर्फ अवैध लागु औषध गाजा ७ किलो ग्राम लिएर गई रहेको अवस्थामा प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरिक्षक सुनिल झाको कमाण्डमा खटेको गस्ती टोलीले शंका लागि चेकजांच गर्दा गांजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक बिरवहादुर ओलीले बताउनु भयो ।
प्रकाशितः मितिः २०७१ माघ १ गते बिहीवार
Nepalese Rupee Exchange Rate