नेपाल मै पहिलो पटक गायत्री अश्वमेध महायज्ञ हुँदै

आर.सि.एनबाट
वीरगंज ३० गते पुष । वेदमाता गायत्री शक्तिपिठ वीरगंजको आयोजनमा नेपालमा पहिलो पटक देव संस्कृति दिग्विजय अभियान अन्र्तगत मुलुकको स्थायित्व, बिकास र समृद्धको कामना सहित यहि २०७२ साल कार्तिक १८ गते देखि २१ गते सम्म गायत्री अश्वमेध महायज्ञ वीरगंजमा हुने भएको कुरा महायज्ञ समितिका अध्यक्ष एवं युवा समाजसेवी विजय सरावगीले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरेर संचारकर्मीहरुलाई बताउनु भयो ।
सो महायज्ञको तयरी क्रममा यहिे २०७१ साल माघ ३ गते शनिबार बिहान करिव ११.३० बजे भारतको हरिद्वारबाट ल्याईने अश्वमेध महायज्ञको शक्ति कलश शङ्गकराचार्यद्वार वीरगंज प्रवेश गराउने कार्यक्रम रहेको छ ।
भने २४ तिर्थ स्थलहरुको जल र रज सहितको अश्वमेध शक्ति कलश ल्याउन लागिएको कुरा महायज्ञ समितिका अध्यक्ष सरावगीले कार्यक्रममा संचारकर्मीहरुलाई जानकारी गराउनु भयो ।
उक्त कलश यात्रा नेपाल भारत सीमावर्ती शङ्गकराचार्यद्वारबाट रजत जयन्ति चोक बाइपास, गण्डक–मुख्य सडकबाट आर्दशनगर – ठाकुर राम क्याम्पस – छपकैया बजार – मालपोत सडक हुदै हजारीमल धर्मशाला स्थित महायज्ञको सम्पर्क कार्यालयमा पुगेर स्थापित हुनेछ ।
श्रद्धालुहरुद्वारा पुजाका लागि सो यात्रा रुटमा पर्ने मठ मन्दिरहरुमा केही समय कलश यात्रा रोकी कलश पुजन हुनेछ । भने सो कलश यात्रामा हजारौको संख्यामा घोडा तथा सवारीका साधन सहभागी रहने  महायज्ञ समितिका अध्यक्ष सरावगीले भन्नु भयो ।
साथै सो महयज्ञमा ३५१ कुण्डीय भव्य यज्ञशालामा वेदमन्त्रद्वारा बिशेष पुजन, शान्ति कुञ्ज हरिद्वार भारतका बिशेष प्रशिक्षित पुरोहित एवम साधकहरुद्वारा मन्त्रोच्चारण सहित तीन दिवसीय हवन, महान आध्यात्मिक सन्त तथा विद्वानहरुद्वारा प्रवचन, सत्सङ्ग, ज्ञानमञ्च, बिचारमञ्च, कलामञ्च, नेपाल भारतको संस्कृतिक तथा धार्मिक सम्बन्ध प्रदर्शनी,बिराट पुस्तक मेला, प्रतिभा सम्मान लगायत कार्यक्रमको आयोजना गरिने कुरा पत्रकार सम्मेलनमा महायज्ञ समितिका अध्यक्ष सरावगीले बताउनु भयो ।
 उक्त महायज्ञमा नेपाल भारत लगायतका छिमेकी देशहरुबाट लाखौ श्रद्धालु भक्तजनहरुको सहभागिता हुने आयोजकहरुले अपेक्षा गरिनुको साथै सो महान एवं पबित्र कार्यमा सम्पुर्ण मानव जातिहरुलाई सहयोग प्रदान गरी महायज्ञलाई भब्यताका साथ सम्पन्न बनाउनको लागि महायज्ञ समितिले अपिल समेत गरेको छ ।
सो पत्रकार सम्मेलन कार्यक्रममा वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष प्रदिप केडिया, रविन्द्र कुमार वर्णवाल, राजेन्द्र सिहं, छोटेलाल प्रसाद, भोला प्रसाद कलवार लगयातको उपस्थिति रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment