पवित्र प्रेम कथा पनि हो–स्वस्थानी व्रत कथा

“मार्कण्डय पुराण”
शिव मन्त्र
“देव–देव महादेव नीलकंठ नमोस्तु ते ।
कर्तुमिच्छाम्यहं देव शिवरात्रिव्रतं तब ।।

तब प्रसादाद् देवेश निर्विघ्न भवेदिति ।
कामाद्या : शत्रवो मां वै पीडांकुर्वन्तु नैव हि ।।”

हिन्दु शास्त्रको मूल ग्रन्थ हुन वेद, जुन आज भन्दा करिव ३५००० बर्ष अगाडी रचना गरिएको मानिन्छ । पछि यिनै वेदलाई आधार मानेर १८ पुरांणको रचना गरियो यी मध्ये वर्तमान पौषशुक्ल पूणिर्मा देखी माघ शुल्क पूणिर्मा सम्म पाठन गरिने श्रीस्वस्थानी ब्रत कथा मार्कडेण्य पूराणको हिमबत खण्डबाट झिकिएको हो ।
मार्कण्डय पुराण आकारमा सानो भएपनि, यसमा एक सय सैतिस अध्याय रहेको पाइन्छ भने  मार्कण्य ऋषी द्वारा रचित भएको हुनाले यसको नाम ऋषीकै नामबाट मार्कण्ड पूराण रहन गएको हो भन्ने भनाई छ। खास गरी यसमा दुर्गा चरित्र एंव सप्तशतीको बर्णन गरिएको छ ।
मानव कल्याणको लागी हरेक तरहका नैतिक, सामाजिक आध्यात्मिक र भौतिक विषयको प्रतिपादन गरिएको छ । गृहस्थी जीवनको लागी कसरी अर्थोपार्जन गर्ने, शरीर स्वस्थ्यको लागी आयुर्वेद सिद्धान्त अनुसार शरीर विज्ञानको पनि राम्रो विवेचना गरिएको पाइन्छ भने मन्त्र विद्याद्वारा कसरी गृहस्थी जीवनको उपयोगिता, पिता एवं अतिथि प्रतिको कर्तव्य निर्वाह, विवाहको नियमहरु स्वस्थ एव सभ्य नागरिक बन्नकोलागि चाहिने उपायहरु, मानव सदाचारका उपायहरु, सत्संगको महिमा, कर्तव्य परायणता, त्याग र पुरुषार्थको महत्व आदी बारे बिशेष महत्वका साथ बर्णन गरिएको यो कथामा  मुनष्यलाई सत्मार्गमा लैजान पुनर्जन्मको सिद्धान्तको साहारमा नरकको भय देखाइएको पाइन्छ । करुणाबाट प्ररित रहेर पुजा पाठ जप तप गर्नु, ॐ को साधना गर्नु श्रेष्ठ बताइएको छ भने पुराणमा अनेक कथाबाट शिक्षा प्रदान गर्न खोजिएको छ । एक कथा मदालसाको कथाद्वारा ब्राह्मण धर्म, क्षत्रिय राजाको साहस, कर्तव्य परायणता तथा राजधर्मको सुन्दर विवेचना गरी भनिएको छ कि जुन राजाले प्रजाको तथा देशको रक्षा गर्न सक्दैन त्यो राजा नरकको अधिकारी हुन्छ ।
यस पुराणमा नारीको पतिब्रता धर्मको बारेमा विशेष महत्व दिइएर बिभिन्न कथा उप कथाको बारेमा वर्णन गरि  कसरी नारीलाई आÇनो धर्म बारे त्यागी र समर्पण युक्त बनाउन सकिन्छ भन्ने बारे धेरै ब्याख्या गरिएको छ । नारीले पुत्रको लागी उच्च कोटीको आध्यात्मिक शिक्षा दिनु आवश्यक छ भन्ने जस्ता महत्वपुर्ण कुरालाई विशेष अंकित गर्दै, धर्म आचरण, सत्संगत, राजधर्म, कर्तब्य परायणबाट एक आदर्श राजा हुन सक्छ भन्ने कुरा दर्शाइएको पाइन्छ । कथाद्वारा आमाको महत्व, आध्यात्म, वैराग्य, गृहस्थ धर्म, राजधर्म र कर्तव्य पालनाको राम्रो शिक्षा पनि दिइएको पाइन्छ त्यस्तै हामीले स्वस्थानीको शुरुको अध्यायमा पढ्ने गरेको ब्रह्माद्वारा पुरुषको सृजना र उसैको आधा भागबाट नारीको सृजना गरी मैथुनबाट सृष्टि संचालन भएको समेत उल्लेख भएको यो कथामा  विभिन्न दिप उपदिपको बारेमा व्याख्या गरेको पाइन्छ । यहा सम्पूर्ण सृष्टी सूर्यलाई मानिएको र सूर्य सम्बन्धी अनेकौ कथा जोडिएका पाइन्छ, त्यस्तै  दुर्गाबाट मधुकैटभ महिषासुर, शुंभ निशुंभका साथै अरु रक्तबिजको वध  गरेको उल्लेख भएको छ । आसुरी शक्तीको विनाशको लागी शक्तिस्वरुपा देवीको अवतार गराइएको यो कथामा सानो उपमा “विनाश काले विपरित बुद्धि”। पुराणामा काल गणनाको बारेमा रहस्यमय कुरा समेत उल्लेख भएको र पुराणमा काल गणना मेमन्वन्तरको एक इकाइ मानिएको छ । भनिएको छ कि ब्रह्माको एक दिन चौध मेमन्वन्तर हुन्छ । यस गणना अनुसार आजको हिसावले ब्रह्माको एक दिन आजको समयको एक करोड उन्नीस लाख अट्ठाइस हजार दिव्य बर्ष हुन्छ । एक चतुर्युगमा बाह्र हजार दिव्य वर्ष हुन्छ । ब्रह्माको एक दिनमा चौध मनु हुन्छ । पुराणको यो समयको गणना अत्यन्त अद्भूत मानिन्छ ।
त्यस्तै माघ शुल्क पूर्णिमाको दिन मार्कडेण्य पुराण अन्तर्गत हिमवत खण्डमा व्याख्या गरिएको श्री महादेव र शक्तिस्वरुपा पार्वतीको पुजन विधि र कथा जुन हामी श्री स्वस्थानीको नामले बाचन गर्दै आएका छौ ।,  पौराणिक कथा प्रतिकारत्मक हुन, बैज्ञानिक परिमार्जनको खाँचो त छ र पनि हामीले यसरी बुझ्नु पर्ने हुन्छ । व्रत भन्नाले कर्म हो नित्य काम हो । पुजा पाठ मात्र हो बनी बुझ्नु भावको पूर्ण अर्थ नबुझ्नु हो । पार्वतीले व्रत बसेर श्री महादेव पति पाएको कथाले हात बाधेर बसी मनोकाक्षा पुरा हुँदैन, उद्देश्य अनुसार काम गरे सफल भइन्छ भन्ने यो कथाको महत्वपूर्ण उपदेशहरु रहेको छ । यो पवित्र प्रेम कथा पनि हो । पार्वतीले श्री महादेवलाई माया गर्थिन प्रेमविवाहलाई मागी विवाहमा परिणत गरिन अथक परिश्रम र लगाव अनि विश्वासले ।
कर्म, त्याग, दु:ख, निर्मल सोच र कोशिश गरे फल पाइन्छ भन्ने यो कथाले प्रेरणा दिएको छ । पृथ्वीको सृष्टीबाट शुरु भइ सत्यको (दानवको नष्ट) सधै बिजय हुन्छ भन्ने कथा प्रसङग राखेर गोमा जुन सत्य निष्ठमा भई आÇनो स्थानमा रही कत्तिपनि बिचलित नभै भक्ति भावले पुजा पाठ (आÇनो नित्य कर्तव्यको पालना गरि जुन जे गरे पनि उनै ईश्वरको कार्य गरेको हुँ ) भन्दै गर्छिन् र अन्त्यमा सुख पाउछिन । निस्फल काममा लागे अन्तत सुख हात लाग्छ । देवताका पनि देव महादेव भक्तको उपकारको लागी बाध्यकारी छन् भनि यस कथाको  प्रसङ्गमा रोचक पूर्ण तरिकाले दर्शाइएको छ । यस्ता देवका पनि देव श्रीमहादेव गौरीशंकरलाई कोटी प्रणाम गरौ, “श्रीस्वस्थानी माताले हामी सबैको रक्षा गरुन, “ओम् नम: शिवाय”
निशा खनाल अर्याल
– राजविराज सप्तरी 
 हाल इजरायल

प्रकाशित मितिः२०७१ पुस २४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment