क्राइमचेक प्रतिनिधि/
वीरगंज/जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक चुन्ना देवी अर्याललाई एक कार्यक्रमका बीच सम्मान तथा विदाई गरिएको छ ।
प्रहरी हवल्दारबाट प्रहरी सहायक निरीक्षक पदमा हालै पदोन्नति भई जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गतको एक इलाका प्रहरी कार्यालयमा सरुवा भई रवाना पत्र बुझ्नु भएकी महिला प्रसनि अर्याललाई नेपाली काँग्रेस निकटको महिला संघका केन्द्रिय सदस्य शान्ति कार्कीले माइस्थानमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा विदाई गर्नु भएको हो ।
सो कार्यक्रममा केन्द्रिय सदस्य शान्ति कार्कीले महिला भएर पनि वीरगंजको कार्यकालमा प्रसनि अर्यालले विशेष गरेर माइस्थान क्षेत्रमा अव्यवस्थित बजारलाई व्यवस्थापन गरी सर्वसाधारण नगरवासीलाई आवतजावत गर्न सुविधा प्रदान गर्न उल्लेखनीय भूमिका निर्वाह गरी यस क्षेत्रमा शान्तिको माहौल सिर्जना गर्नु भएको स्मरण गर्नुभयो ।