– बिम्मी शर्मा
हामीलाई धारामा पानी नआएर बिल मात्रै आएपनि हुन्छ, बिजुलीको तारमात्र झुण्डिएको हेरेर मक्ख पर्छन् अनि १२ घण्टाको लोडसेडिंग हाँसी हाँसी सहन्छन् । अति आवश्यक वस्तु दूधमा रातारात १० रुपैंया लिटरमा बढ्छ तर केही भन्दैनन् पार्टीको खोल ओढेर सुतेका जनता । तर यिनलाई संविधान भने जसरी पनि चाहिएको छ ।
आर्यघाटमा अन्तिम अवस्थामा पुगेको मान्छेले “पानी–पानी” भन्या झैं जनता “संविधान–संविधान” भन्दै घिटीघिटी भएर बाँचेका छन् । जनतालाई ग्यास, बिजुली, पानी केही चाहिएको छैन, चाहिएको छ त मात्र संविधान जसलाई झण्डा जस्तो बेरेर वा टोपीको रुपमा टाउकोमा सिउरिन चाहन्छन् यी कुभिण्डे जनता । धानको उत्पादन देशमा घट्दै गइरहेको छ । प्रत्येक वर्ष भारतबाट आयात हुने धानले नयाँ रेकर्ड राख्दैछ यसतर्फ कसैलाई चासो छैन तर एक थान संविधान चाँहि जसरी वा जुन हालतमा पनि जनतालाई चाहिएकै छ । हाम्रो देशका जनता धान र धन बिना बाँच्न सक्छन् तर संविधान बिना बाँच्न सक्दैनन् । जनताको यही कमजोरीको विभिन्न दल र तीनका नेताहरुले फाइदा उठाइ रहेकाछन् ।
दूधको भाउमा एक्कासी १० रुपैंया मूल्यवृद्धि गरियो कसैले चूं पनि गरेन । संसार उज्यालो भइरहँदा हामी अठारौं शताब्दिको अध्ँयारोमा बस्न बाध्य पारिएका छौं तर पनि सबै कोही केही नबोल्ने । संविधान नबन्दा वा बेलामा निर्माण नहुंदा चाँहि यत्रो बवाल ? के संविधान भात भन्दा जरुरी छ कि आँग लुगा भन्दा महत्वपूर्ण ? के संविधान लगाएर सर्वा· छोप्न सकिन्छ या यसले एक ओत पानीबाट बचाउँछ ? फेरि देशमा संविधान नभएको पनि हैन । ०४७ सालको संविधान वा ०६३ सालको अन्तरिम संविधान छँंदैछ नि । तर हैन घरमा आमा हुंदा हुदैं उनी भन्दा राम्री र बढी माया गर्ने आमा चाहिएको छ हामीलाई । के ती नयाँ आमाले सबै सन्तानको चित्त बुझाउन सक्छिन् होला ?
भारतमा ६५ वर्षअघि संविधानसभाले संविधान बनाएर जारी गर्यो र देशलाई गणतन्त्र घोषणा गर्यो । त्यहाँपनि संविधनमरु चित्त नबुझ्नेहरुले विरेध गर्छन् । पटकपटक संविधानमा संशोधन भएको छ त्यहाँ तर संविधान नै अर्कै बनाउनु पर्दछ भनेर त्यहाँ कसैले भन्दैन । विश्वकै सबैभन्दा लामो संविधान भारतको हो भने सबैभन्दा सानो संयुक्त राज्य अमेरिकाको । अनि बेलायतमा त लिखित संविधान नै छैन, के त्यसोभए ती देशहरु विकसित छैनन् त ? नेपालमा २००७ सालदेखि ४ पल्ट संविधानको निर्माण भइसकेको छ । तर हरेकपटक कुनै न कुनै राजनीतिक वा विद्रोही समूहलाई उक्त संविधानबाट चित्त बुझेन र विरोध गरे । फेरि नयाँ संविधान बन्यो त्यो पनि चित्त बुझेन । के संविधान भनेको बजारमा आएको नयाँ फेशनको लुगा हो जो दुईचार वर्षपछि पुरानो हुन्छ अनि फेरि नया डिजाइनको बनाउने ?
हामीलाई धारामा पानी नआएर बिल मात्रै आएपनि हुन्छ, बिजुलीको तारमात्र झुण्डिएको हेरेर मक्ख पर्छन् अनि १२ घण्टाको लोडसेडिंग हाँसी हाँसी सहन्छन् । अति आवश्यक वस्तु दूधमा रातारात १० रुपैंया लिटरमा बढ्छ तर केही भन्दैनन् पार्टीको खोल ओढेर सुतेका जनता । तर यिनलाई संविधान भने जसरी पनि चाहिएको छ । हाडै घोटेर भएपनि एकथान संविधानलाई घरमा लगेर राख्ने र स्वस्थानी झैं पूजा र जयजयकार गर्न जनतालाई संविधान नभइ भएन । गाँस, बास र कपास नभए पनि हुन्छ तर खोस्टो नै भए पनि संविधान चाहिएको छ । माघ ८ मा संविधान नआए देशमा सुनामी नै आउलाझैं गरेर जनताले संविधानको माग गर्या देख्दा लाग्छ त्यो संविधानबाट खुरुखुरु धान निस्किने जस्तो ।
देशका अस्पताल जिउँदैमा पुगिने नर्कझैं भएका छन्, तीनमा सुधार भएर त्यहाँ गएका रोगी निरोगी भएर फर्किउन भन्नेतर्फ कसैको ध्यान छैन । स्कुलहरु ठूला ब्यापारीहरु जुआको खालझैं भएकाछन् जहाँ विद्यार्थीहरुलाई आफ्नो स्वार्थको गोटी बनाइएको छ त्यसतर्फ पनि यहाँका नागरिकको ध्यान जाँदैन । आफुले तिरेको करको सही सदुपयोग भएको छ कि नेताहरुले त्यसबाट आफ्नो दाँत कोट्याउने सुनको सिन्का बनाएकाछन यसतर्फ खबरदारी गर्नेतर्फ देशका नागरिकको जाँगर चल्दैन तर संविधान चाँहि किन आएन भन्नेतिर चाँहि सबैको अपार चासो छ ।
लोडसेडिंग भए पनि बेलामा बिजुली किन दिएन, धारामा पानीको साटो हावा किन आयो भनेर प्रश्न गर्दैनन् तर संविधानको लागि खबरदारी गर्न आँट कहाँबाट ल्याउँछन् । पहिलो संविधान सभाबाट संविधान किन दिएनौ ? तिमीहरुलाई दोस्रो संविधानसभामा हामीले भोट किन र के का लागि दिने भनेर सोध्नु भन्दा खुरुक्क चुनावमा लाम लागेर लागेर भोट दिन लाज मानेनौ । तिनै ठग र भ्रष्टलाई नै फेरि जीतको माला लगाएर पठायौ अब तिनै ठगबाट संविधानको पनि आश गर्ने जनताको हिम्मतको स्तुतिगान गर्नु कि रुनु ? जनतालाई संविधानको नशामा लठ्याएर नेताहरुले उल्लु बनाइरहेका छन् ।
हैन भने संविधान नबन्दा के घटेको छ र बन्दैमा के बढ्छ कुन्नि ? संविधानले तिम्रो घरको धुरी सुनको हुदैंन न भकारी नै धानले भरिन्छ । अनि संविधानकालागि यत्रो हायतौबा किन ? हाम्रा आधारभुत आवश्यक्ताको परिपूर्ति भइदिए पुग्छ । सात वर्षमा संविधान बनाएनन् अब सिहंदरवारका ती फ्याउरेहरु संग के आश गर्छौ ? सक्छौ भने बिजुली, पानी, स्वास्थ्य, शिक्षा र यातायातको सुव्यवस्थाकाका लागि धर्ना देउ, र्याली निकाल । आफुले तिरेको करको सदुपयोग होस् भन्नेतर्फ सचेत होउ । यो नपाक्ने धान जस्तो सार्हो र गार्हो संविधानकोलागि मरिहत्ते नगर ।
यी नेताहरु त नबन्ने संविधानको शव देखाएर सात वर्षदेखि भत्ताको कात्रो चपाएर निर्लज्ज भै सके । यी स्वस्थानीको कथामा महादेवले सतीदेवीको मृत शरीर लिएर पृथ्वी भ्रमण गरे झैं संविधानको नाममा देश, विदेश भ्रमण गर्छन्, मोज गर्छन् तर संविधान बनाउंदैनन् । यी नेताहरु पनि निर्लज्ज छन् यिनलाई न देशको न जनताको माया छ । मात्र माया छ त आफ्नो दुर्गन्धित भइसकेको शरीरको । त्यसैले हामीलाई किन चाहियो त्यो खोस्टो संविधान ?
प्रकाशित मितिः२०७१ माघ १ गते बिहीवार