क्राइमचेक प्रतिनिधि/
वीरगंज/अधिकांश म्यानपावर कम्पनीहरूले लेवरजस्ता कार्य गर्नकालागि नेपाली कामदारहरु माग गर्दा प्लेन भाडा फ्रि, भिषा फ्रि, बस्न फ्रि र अन्य लेवीहरु फ्री भनि नेपाली संचारमाध्यम मार्फत विज्ञापन गर्ने भएपनि नेपाली कामदारहरु विशेष गरेर मलेशिया, कुवेत, साउदी, कतारजस्ता खाडी मुलुकमा तोकिएको तलब भत्ताबाट लेबीका नाममा कट्टा गरिएपछि दु:ख र अनावश्यक मानसिक तनाव भोग्नु परेका समाचाररू सार्वजनिक हुन थालेका छन् ।
मलेसिया, कतार, साउदी, दुबई, कुवेतलगायतका खाडी मुलुकमा इलेक्ट्रिसियन, प्लम्बर, कारपेन्टर, ड्राइभर, सेल्सम्यान र कैशियरजस्ता कामका लागि पुगेका नेपाली कामदारहरूलाई म्यानपावर कम्पनीसँग सम्झौता गरेको मासिक तलबमा लेबीको नाममा अनाधिकृत रुपमा कटौती गर्नाले मासिक तलब हातमा लागे शून्य हुने स्थितिले नेपाली कामदारहरू मानसिक तनावमा परेका छन् ।
मलेसियामा लेबी फ्री भनेर नेपालमा मेन पावर कम्पनीहरुले विज्ञापन गरेता पनि मलेसियाको केहि कम्पनीहरुले अझै पनि पुरानै तौर तरिका बाट लेबी देखि अन्य विविध विषयमा नयाँ कामदारहरुको तलबबाट पैसा काट्ने गरेको देखिन्छ ।
यसरी लेबीको नाममा काटिने रकम १५० रिंगेट देखि माथि ३५० सम्म हुने गरेको पाईएको छ । मलेसियाको पासार कु भन्ने स्कुलको युनिफर्म देखि अन्य गार्मेन्ट सामाग्री बेच्ने कम्पनीको पसलहरुमा कार्यरत नयाँ नेपाली कामदारहरुको तलब भत्ताबाट लेबी लगायत अन्य विविध शुल्क गरेर ३५० रिंगेट सम्म काटिएको त्यहाँ कार्यरत कामदारहरूको दुखेसो छ । मासिक तलब तथा दैनिक २ घण्टा ओभर टाईम समेत गर्दा ११ सय देखि १२ सय सम्मको आम्दानीमा लेबी तथा अन्य विविध खर्च भनेर ३५० रिंगेट सम्म काट्दा नेपाली कामदारको हातमा सुरु स्केल ९०० सम्म बच्ने र त्यसमा खाना तथा अन्य खर्च काट्दा महिनामा ६०० देखि ७०० रिंगेट भन्दा बढी बचत नहुने भनेर रामेछाप खिम्ती घर हुने कामदारको भनाई रहेको छ । उक्त कम्पनी मलेसिया भरि छरिएर रहेको कम्पनि हो र त्यसमा हजारौं नेपाली कामदारहरु काम गर्छन् ।
दु:खबाट पार पाइन्छ कि भनि दु:ख गर्न पुगेका नेपाली कामदारहरू अनेक दु:खजिलो गरी खाडी मुुलुक पुग्छन् र पुगेपछि कम्पनीसँग सम्झौता गरे बमोजिमको तलब तथ सुविधाबाट बञ्चित हुन्छन् भने सम्बन्धित निकायको ध्यानाकर्षण छ कि छैन ? छ भने श्रम मन्त्रालय तथा राजदूतहरूलाई यस किसिमको ठगाईबाट भोग्नु परेका नेपाली कामदारहरूको उद्धार किन हुँदैन ?
प्रकाशित मितिः२०७१ माघ १ गते बिहीवार