-लेखक: बिपुल सिजापति
![]() |
| श्री बिपुल सिजापति |
नेपालमा भएका अधिकांश जातहरु या त कर्णाली प्रदेशका विभिन्न स्थानबाट नामाकरण भएका छन्, धिता गाउँका धिताल भएजस्तै, या त कार्य बिभाजन अनुसार जिम्मेवारी पाएका आधारमा, खड्ग समात्ने खडका भए जस्तै । मेरो अध्ययनको आधारमा भन्नुपर्दा अज्र्याल र पुडासैनि मात्र भारतबाट भित्रिएका जातहरु हुन् । बाँकी सम्पूर्ण बाउनहरु खसहरु नै हुन्, खालि पूजा गर्ने जिम्मेवारी मात्र पाएका । त्यसैले देवाली पुजागर्ने र मस्ट पुजागर्ने प्रचलन यी सबैमा छ । हिन्दुधर्म अवलम्बन गरे पनि खसहरुका धेरै परम्परा भने त्याग गर्न मुस्किल नै छ र हालसम्म पनि प्रचलनमा रहेको छ । रजस्वला भएकी स्त्रीलाई नछुनु, अक्षताको टिका लगाउनु, देवाली पूजा गर्नु, सप्ताहमा पनि बाँसको लिङ्गोमा प्रेतघडा (जो मस्टको प्रतीक हो) राख्नु, छोरीलाई ढोग्न नलगाउनु र पूजा गर्नु आदि खस परम्पराकै प्रचलन हुन् । खसहरुमा कुनै जात बिभाजन थिएन र उँचनिच पनि थिएन । समाजमा आवश्यक विभिन्न पेसा गरे पनि ती जिम्मेवारीका रूपमा हुन्थे । खसहरु न त ब्राम्हण, क्षत्री, वैश्य र सुद्रहरुमा बिभाजित थिए, न त पानी चल्ने या नचल्ने रिति थियो । यी सबै कुराहरू हिन्दु धर्मको प्रसारसँगै सुरुभएको देखिन्छ । त्यसैले जातिपातीको समस्या खसहरुमा थिएन ।
तागा (जनै) को बारेमा भन्नुपर्दा आफूलाई राजारजौटा कहलाउने, यिनका आसेपासे र सन्तानहरुले छ डोरे जनै धारण गरेको देखिन्छ भने बाँकी खसहरुले तीन डोरे जनै । उल्लेख्य कुरा के भने जंगबहादुर कुँवर पनि खस नै कहलिन्थे र तीन डोरे जनै धारण गर्दथे ।
यस प्रकार हामी सबै खस हौँ, हाम्रो जड खस हो, हामी जुनै जातका भए पनि यदि हामी रजस्वला भएकी स्त्रीलाई नछुने गर्छौ भने, अक्षताको टिका लगाउँछौ भने, देवाली पूजा गर्छौँ भने, वायु देवता, कुल देवताका रूपमा मष्टको पूजा गर्छौ भने, छोरीलाई ढोग्न लगाउँदैनौ र पुज्दछौँ भने हामी खस नै हौँ ा यी सबै खस परम्पराकै प्रचलन हुन् र खस परम्परामा छुवाछुत हुँदैन ।
जातपात र छुवाछुत सबै ढोँग हो, नाटक हो, आफूलाई उच्च देखाउने, शासक र शासितमा छुट्याएर झूठो आत्मरतिमा रमाउने मानसिक रोग मात्र हो ।
यसैले सभ्यता र संस्कृतिको आधारमा नेपालमा जातीय राज्य स्थापना गर्ने हो भने यी चार राज्य भन्दा बढी राज्य स्थापना हुन सक्दैन ।

Nepalese Rupee Exchange Rate