भोजपुरी प्रतिष्ठानको काब्य गोष्ठि तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न

आर.सि.एनबाट
वीरगंज १२ गते पुस । नेपाल भोजपुरी प्रतिष्ठान पर्साले रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय कार्यालय माईस्थान चौकको सभाहलमा आज १४ औं काब्य गोष्ठि तथा स्वागत सम्मान कार्यक्रमको आयोजना गर्‍यो ।
सो काब्य गोष्ठि तथा स्वागत सम्मान कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समिति पर्साका पुर्व जिल्ला उप सभापति तथा उपभोक्ता मञ्च पर्साका अध्यक्ष दिना गुप्ताले मधेशको नै चर्चित भाषा भोजपुरीलाई नेपाल भोजपुरी प्रतिष्ठान पर्साले भोजपुरी भाषाको बिकासमा  निरन्तरता दिने काम गरेकोमा खुशी ब्यक्त गरिनुको साथै प्रतिष्ठानलाई सहयोग प्रदान गर्ने बचन बद्धता कार्यक्रममा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा रिपोर्टस क्लब नेपाल पर्साका जिल्ला संयोजक जिवन लाल श्रेष्ठले नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समिति पर्साका पुर्व जिल्ला उप सभापति तथा उपभोक्ता मञ्च पर्साका अध्यक्ष दिना गुप्ता, कान्तिपुर दैनिकका स्थानिय संवदाता शंकर अचार्य, गायिका यमुना प्रधानाङ्ग र हाँस्य कबि अच्युत प्रधानङ्गलाई अविरको टिका लगाई खाता ओढाउनुको साथै मायाको चिन्हो कार्यक्रममा प्रदान गर्नु भएको थियो ।
भने कबि गोष्ठि कार्यक्रममा प्रभात काब्य यात्रा बहुभाषिक साहित्य संस्था पर्साका संयोजक अरुण बिक्रम शाह, लक्ष्मी साहित्य समाज पर्साका कोषाध्यक्ष बलदेव उपाध्याय, हाँस्य ब्याङ्ग मञ्च पर्साका अध्यक्ष बिनोद तिमिल्सीना, गजल साहित्य मञ्च पर्साका कार्यवाहक अध्यक्ष दिलिप राज कार्की, कबि गंगा बहादुर कार्की, रितु राज पटेल, घनश्याम सापकोटा, शरद वर्णवाल, राम क्षेत्री पडित, अमित प्रधानाङ्ग, नागेन्द्र पटेल लगायतले आ – आफनो साहित्य रचना कार्यक्रममा बाचन गर्नु भएको थियो ।
कार्यक्रमको बिशेष अतिथीमा रिपोर्टस कलब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ता, धर्मनिरपेक्ष बिरुद्ध संघर्ष समिति पर्साका अध्यक्ष पुरुषोतम दुवे, भोजपुरी टाईम्स दैनिकका सम्पादक अजय कुमार चौरसिया, भुपेन्द्र पौडेल लगायतले सम्मानित महानुभावहरुलाई कार्यक्रममा शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रमको सभापति नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष भोजपुरीया सिपाही मा. तारा सिहंको सभापतित्वमा १४ औं काब्य गोष्ठि तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भयो । भने कार्यक्रम संचालन युवा कबि शम्भु घिमिरेले गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment