विषयः मृतक लास सनाखतको लागि प्रचार प्रसार गरी दिने सम्बन्धमा
उपरोक्त सम्वन्धमा मिति २०७१।०८।९ गते विहान अं.०९ः०० वजेको समयमा स्थानिय महिला खेतमा काम गर्न गएको अवस्थामा जि. पर्सा बैरियाविर्ता गा.वि.स. वडा नं.८ पिपराको सिमखेतमा १ जना महिलाको लास रहेको छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै यस कार्यालयबाट घटनास्थल अनुसन्धान विशेषज्ञ सहित प्र.उ. समेतको अनुसन्धान टोली तथा व.प्र.का श्रीपुरका प्र.नि. समेतको टोली घटनास्थलमा पुगी हेर्दा नाम परिचय नखुलेको, निम्न अनुसारको हुलिया भएको हाल सम्म पनि सनाखत हुन नसकेको महिलाको सडीगली सकेको अवस्थाको लासको अस्थिपंजर मात्र फेला परेको, घटनास्थलमा लास संगै रातो बुटटे सडी लगाएकोे कालो लामो कपाल भएको, घांटीमा ॐ अंकित माला लगाएको ले उक्त लास महिलाको हुन सक्ने अनुमान गरिएको र स्थानिय मानिसहरुलाई बुझदां सो स्थान नजिकै मिति २०७१।०७।१८ गते देखी २२ गते सम्म बौधीमाईको मेला लागेको हुदां निज महिला मेला आएको अवस्थामा आफै वा कोही कसैले मारी फाली दिएको हुन सक्ने हुदां उक्त लासको लासजाँंच मुचुल्का समेतको प्रारम्भिक कार्य सम्पन्न गरी उक्त लासको अस्थिपंजर पोष्टमार्टमको लागि ना.उ. क्षे. अस्पतालको शव गृहमा ल्याई राखिएको हुदां उल्लेखित हुलिया भएको महिला कोही कसैको घरबाट हराई बेपता भएको भए निज महिलाको अभिभावक, आफन्त वा नातेदारलाई सो लास सनाखत गर्ने प्रयोजनको लागि यस कार्यालयमा सम्पर्क राख्न आउनको लागि प्रचार प्रसार गरी जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरी दिन हुन अनुरोध गरिएको छ ।
निम्नः–
१.सडीगली सकेको अवस्थाको,अस्थिपंजर मात्र भई लास संगै रातो बुटटे सडी लगाएको, कपाल लामो कालो र घांटी ओम अंकित माला लगाएको ।
निम्नः–
१.सडीगली सकेको अवस्थाको,अस्थिपंजर मात्र भई लास संगै रातो बुटटे सडी लगाएको, कपाल लामो कालो र घांटी ओम अंकित माला लगाएको ।
Nepalese Rupee Exchange Rate