रौतहट ८ मंसिर ।
माघ ८ गते जारी हुने संविधान सम्पूर्ण नेपाली जनताको हक अधिकार सम्पन्न संविधान बन्नु पर्नेमा नेपाली कांग्रेसका पुर्वमन्त्री तथा केन्द्रिय सदस्य अफताब आलमले जोड दिएका छन् । अब बन्ने संबिधानले सम्पुर्ण नेपालीलाई समान अधिकार दिलाउन नसके त्यस्तो संबिधानको कुनै औचितय नरहने नेता आलमले ठोकुवा गर्नु भयो । रौतहटको गाविस फतुवा, मलहिनीया,लौकाहा लाई हजमिनिया संग जोड्ने कामदेई पूलको शिलान्यास गर्ने क्रममा सोमवार पुर्वमन्त्रि आलमले हजमिनीया गाविसमा आयोजित आम सभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएकोे हो । नेपाली जनताको चाहाना संविधान रहेकोले जनताको भावनालाई लत्याउदै आन्दोलनको घुर्कि लगाउने शक्ति संविधान जारी गर्नमा अवरोध पुर्याउन खोजे आफै जनताले त्यस्ता शक्तिलाई बहिस्कार गर्ने पुर्वमन्त्रि आलमले बताउनु भएको हो ।
२ करोड ९९ लाख ९७ हजारको लागतमा निर्माण हुने २५ मिटरको पक्की पुलको शिलान्यास पश्चात सभालाई सम्बोधन गर्ने क्रममा पुर्वमन्त्री आलमले नेपाली कांग्रेसको चाहना संविधान रहेकोले जतिसुकै आरोप, अवरोध आएपनि माघ ८ मै संविधान आउने दावी गर्नु भयो ।
अब आउने संबिधानमा शान्ति स्थायित्व, लोकतन्त्रको सस्थागत, समाबेसी, सबै जातजाति धर्म, लिङग, भाषाको हक अधिकार संबिधानमा सुनिश्चित हुने पुर्वमन्त्री आलमले मांग गरे । आमसभालाई सम्बोधन गर्दे आलमले अब बन्ने संबिधानमा सबै नेपालीलाई रोटीको अधिकार सुनिश्चत हुनु पर्नेमा जोड दिदै पहाडमा पाँच प्रदेश बने तराईमा पनि पाँचै प्रदेश बन्नु पर्ने धारणा राखे । आलमले सम्बोधनको क्रममा रौतहटको विकासको लागी आफु सधै तत्पर रहेको बताए ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर २ द्धारा आयोजित सो आमसभालाई जङ्गलसैया साझेदारी वनका अध्यक्ष रामचन्द्र गिरी, निर्माण व्यवसायी संघ रौतहटका निवर्तमान अध्यक्ष नागेन्द्र साह तथा नेपाली कांग्रेसका नेता शेख बकिल लगायतकाले सम्बोधन गरेका थिए ।