कफीलाई गुणस्तरिय बनाउन एक हप्ते तालीम

पर्वत  । उत्पादीत कफीलाई गुणस्तरयुक्त बनाउनुको साथै कफीलाई प्रशोधन गरि स्थानीयस्तरमै प्रयोग गराउने उदेश्यका साथ संचालन गरिएको १ हप्ते कफी प्रशोधन तालीम एक समारोह बिच शनिवार कुश्मामा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति पर्वत र जिल्ला कफी व्यवसायी संघ पर्वतद्वारा संयुक्त रुपमा संचालन गरिएको उक्त तालीममा बिभिन्न गाविसका ११ जना  पल्लरकर्ताको सहभागिता रहेको थियो ।
तालीमका सहभागिहरुलाई घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख बरिष्ठ उद्योग अधिकृत शिवशंकर बानीयाँ र जिल्ला कफी व्यवसायी संघ पर्वतका अध्यक्ष भवानीप्रसाद शर्माले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै बरिष्ठ उद्योग अधिकृत बानीयाँले पर्वत जिल्लामा उत्पादीक अर्गानीक कफीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा ख्याती कमाएको बताउँदै यसलाई अझैबढी प्रबद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो । कफी उद्यमलाई व्यवसायीक बनाउनको लागि उद्यमीहरु संस्थागत प्रकृयामा आउनुपर्ने बताउदै बानीयाँले प्रत्येक उद्यमीले आफ्नो उद्योगलाई दर्ता गरेर कार्य गरेमा राज्यद्वारा संचानल गरिने क्रियाकलाप सँग सहकार्य गर्न सकिने जनाउनुभयो ।
कार्यक्रममा जिल्ला कफी व्यवसायी संघका अध्यक्ष शर्माले उत्पादीत कफी गुणस्तरिय हुँदाहुँदै पनि प्रशोधन सम्वन्धी ज्ञानको अभावमा कफीको गुणस्तरमा कमी आएको वताउनु भयो । शर्माले पर्वत जिल्लमा संचालिन सम्पुर्ण पल्लरकर्तालाई व्यवसायीक उद्यमीको रुपमा स्थापीत गरी गुणस्तरिय उत्पादनमा लाग्नको लागि बिभिन्न सरोकारवाला संघसंस्थाहरु सँग सहकार्य गर्दै आएको बताउनुभयो ।
सो अवसरमा सहभागिको तर्फवाट बोल्दै इजरायली नागरिक रोनीले तालमिवाट कफीको टिपाईदेखी पिउने कप सम्मको प्रशोधन बिधिको बारेमा जान्न पाएकोमा आफुहरु निकै हर्षित भएको वताउनुभयो । रोनीले नेपाली अर्गानीक कफीको स्वाद अन्य देशको कफीको भन्दा गुणस्तरिय र मिठो स्वादको भएको बताउनुभयो ।
 त्यसैगरी स्थानीय कफी उद्यमी एवं पत्रकार राजवावु पि.सीे. ले शुरुमा आफुले कफीको महत्व नबुझि कफी खेतीको शुरुवात गरेको बताउँदै अहिले पर्वतमा कफीको व्यवसायीक अभ्यास हुनु गर्बको कुरा भएको बताउनुभयो ।
जिल्ला कफी व्यवसायी संघका अध्यक्ष भवानीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग बिकास समितिका लेखापाल टेकनाथ पराजुली गर्नुभएको थियो । संघका शर्माले सहजिकरण गर्नुभएको उक्त तालीममा कफी टिप्ने देखी पिउने सम्मका सम्पुर्ण तरिका तथा बिधिको बारेमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
तालीममा कुश्मा, चुवा, चित्रे, मुडिकुवा, कटुवाचौपारी, पाङराङ, पिपलटारीका कफी उद्यमी एवं पल्लरकर्ताको इजरायल र जर्मनीवाट कफीको तालीमको लागि आएका २ जना युवतीको सहभागिता रहेको थियो । 

SHARE THIS

Author:

Facebook Comment