सगरमाथा एकेडेमी र ग्रीनलैण्ड मावि बिजयी

आर.सि.एनबाट
वीरगंज ६ गते मंसिर । क्रिएटिभ बिधालय समुह पर्साद्वारा अन्तर बिधालय स्तरिय तिन दिने क्रिकेट खेल प्रतियोगिताको आज फाइनल क्रिकेट खेल नारायाणी रङ्गशालामा सम्पन्न भयो ।
सो फाइनल क्रिकेट खेल प्रतियोगितामा सिनियर तर्फ सगरमाथा एकेडेमी र जुनियर तर्फ ग्रिन ल्याण्ड मा.बि. उक्त खेलमा प्रथम बिजेता भएको थियो । भने सिनियर तर्फको दोस्रो पिस जोन मा.बि. बिजेता बन्न पुगेको थियो ।
भने उक्त प्रतियोगितामा सिनियर तर्फ मैन अफ द मैच सगरमाथा एकेडेमीका मुस्तुफा अंसारी, मैच अफ द सिरिज सगरमाथा एकेडेमीका शहाबुद्धिन अंसारी, बेस्ट बलर पिस जोनका धिरज सर्राफ, बेस्ट बैड मैन ग्रिन ल्याण्ड मा.बि.का आकाश कुमार भएका थिए ।
यसै गरी जुनियर तर्फ मैन अफ द सिरिज सालोम मा.बि.का राजकरण राउत, बेस्ट बलर सालोम मा.बि.का समिर हवारी, मैन अफ द मैच सगरमाथाका दिलशाद अंसारी, फेयर प्लेयर एवार्ड तथा डिसिप्लिन बिधालय तर्फ डल्फिन एकेडेमी र ओशिश मा.बि. भएको थियो ।
उक्त अन्तर बिधालय स्तरिय तिन दिने क्रिकेट खेल प्रतियोगिताको आज फाइनल खेलमा बिजयी भएका बिधालयका खेलाडीहरुलाई शिल्ड बितरण कार्यक्रमका बिशिष्ट अतिथी रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ता, डल्फीन एकेडेमीका प्रिन्सिपल जंग बहादुर चौधरी, पिस जोन एकेडेमीका होरिल साह, सगरमाथा एकेडेमीका प्रिन्सिपल जियालाल साह, सालोमा मा.बि.का राम सुन्दर चौधरी,ओशिश मा.बि.का प्रिन्सिपल इन्द्र देव साहले शिल्ड तथा प्रमाण पत्र बितरण गर्नुको साथै आ आफनो बिजेता बिधालयका खेलाडीहरुलाई शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

SHARE THIS

Author:

Facebook Comment