– पारसमणि अमगाईं
जुन हतियार र गोलीबाट पाकिस्तानी किशोरी मलाला युसुफजई मरणासन्न भईन र उनले तीन महिनापछि पुर्नजीवन पाईन । तीनै हतियारका बिक्रेताहरुले स्थाप्ना गरेको नोबेल शान्ति रस्कारबाट मलाला सम्मानित हुनु खुशी भन्दापनि बिस्मात बढी भएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी उपत्यका स्वातको सबैभन्दा ठुलो सहर हो मिंगोरा । कुनैबेला बेलायतकि महारानी एलिजाबेथद्वारा ब्रिटिस साम्राज्यको स्विटजरल्यान्ड’को उपमा पाएको यो शहर एउटा कर्षक पर्यटकीय स्थलको रुपमापनि चिनिन्छ । १९९७ जुलाई १२ को दिन यस सहरको एउटा सुन्नी मुस्लिम
परिवारमा मलालाको जन्म भएको थियो । मलालाको अर्थ हो ।।।शोकग्रस्त’ । मलालाको नामले त शोक बोकेकै थियो, जीवनपनि आखिर शोकग्रस्त नै भयो । तर आफ्नो संघर्षको राप र तापले किशोरी मलाला बिश्वमै उदाहरणीय बनिन् ।
मलालाको सहर मिंगोरा तालिवानको चंगुलमा फस्दै थियो । बाल्याबस्थाको उत्तरार्धतिर २००९ मा ।।।गुल मकै’ भन्ने छद्म नामबाट मलालाले बालबालिकाकोलागि शिक्षाको वकालत गर्दै ब्लग लेख्न थालिन् । तालिवानी जस्तो खतरनाक आतकँवादी समूहबाट उनलाई ज्यान मार्ने धम्की आयो ।तालिवानी आतकँले मलालाको सहरलाई छपक्कै पार्यो । बिस्तारै यहाँ टेलिभिजन र संगीतमाथि प्रतिबन्ध लगाउने फर्मान जारी भयो । महिलाहरु बाहिर निस्कन र शिक्षा जस्तो आधारभुत अधिकार बाटपनि बञ्चित पारिए । तर बालबालिका र महिला शिक्षाप्रति मलाला र उनका पिताको उध्र्वगामी कदम चलि नै रह्यो । यी साहसी बाबुछोरी दुबैले तालिवानबाट मानसिक यातनाको सामना गर्नुपर्यो । पिताले आफ्नी छोरीको सुरक्षाका खातिर उनलाई स्वात उपत्यका बाहिरको विधालयमा लगेर पढाउन खोजे तर मलालाले मानिनन् । उनले भनिन् "एकदिन जब मर्नु नै छ भने किन डराउने ? "
मलाला मानव अधिकारका निम्ति डटेर लडिन् । बिबिसी र न्यूयोर्क टाइम्समा जस्ता बिश्वका प्रतिष्ठित पत्रिकामा मलालाको बारेमा छापिएपछि उनको नाम र काम बारे संसारले नै थाहा पायो । तालिवानी अत्याचारको बिरुद्ध उनले गरेको विरोध उनीहरुलाई पचेन । ९ अक्टोबर २०१२ को कालोदिन मलाला चढेको स्कुल बसमा एक बन्दुकधारी छिर्यो र उनको टाउकामा गोली हान्यो । उनको टाउका छेड्दै भित्र गएको गोली गोली घाँटी हुदंै काधँसम्म पुग्यो । छोरीको जघन्य अवस्थम र बेहोशीपन अनि शरीरमा बढ्दै गईरहेको देखेर मलालाका पिता छोरी बाँच्छिन भन्नेमा रत्तिभरपनि आशाबादी थिएनन् । करीब तीन महिना लामो उपचारपछि मलाला सामान्य अवस्थामा फकिईन् । तालिवानीद्धारा मलालाको हत्या प्रयासले पाकिस्तानमा जनताको शैक्षिक अधिकारकोलागि आन्दोलनको राँको दन्कियो । जसको परिणामस्वरुप पाकिस्तानमा शैक्षिक अधिकार समबन्धि बिधेयक नै सरकारले संसदबाट अनुमोदन गरायो । त्यसपछि मलाला दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भइन् ्र।
तिनै साहसी किशोरी मलालालाई भर्खरैमात्र ।।।नोबेल शान्ति पुरस्कार’ प्रदान गरिने घोषणा गरिएको छ । संभवत बिश्वकै सबैभन्दा कान्छी नोबेल पुरस्कार बिजेता मलालाले यो पुरस्कार पाएपछि अब उन ले पाउन बाँकी केही रहने छैन । त्यस्ती साहसी र दृढ किशोरी जसले बन्दुकको गोलीको सामना गरिन् र मृत्युलाई जितिन् । तीनैलाई हतियारको उत्पादन र बिक्री गर्ने
नोबेल पुरस्कारका संस्थापक अलफ्रेड नोबेलको नाममा स्थाप्ना गरिएको पुरस्कारले मलालाको व्यक्तित्वलाई होचो पारेको छ । उनलाई पुरस्कृत गरेर नोबेल बरु गौरवान्वित भयो होला तर मलालाकोलागि यो पुरस्कार उचित थिएन।
एक त यति कलिलो उमेर मै पुरस्कार दिदां उनको अझ अगाडि बढ्न चाहने पाईलालाई कुण्ठित पार्नेछ भने उनी स्वयममा अहमताको भावना नआउला भन्न सकिन्न । अर्को मख्य र नपचेको कुरा जुन आतकँकारी सगठन र तीनको बिचारको मलालाले विरोध गरिन् उनलाई अर्को हतियारको कारोबारीले नै यो पुरस्कारको योग्य ठान्यो । उनको टाउकोमा लागेको गोलीसंग नोबेलको पनि कतैन कतै सबन्ध छ र उनको रगतबाट नोबेल कमिटिपनि रक्ताम्मे भएको छ । अनि यो पुरस्कार दिएर नोबेल कमितिटले नौटँकी गर्दै उनको हुर्मत लिएको छ भने यसलाई अस्विकार नगरेर मलालालेपनि ठूलो गल्ति गरेकिछन् ।
सामाजिक संजालहरुमा उनलाई बधाई दिने लहर चलेको छ । कसैले यसको मौन वा खुलेर विरोध गर्न सकेका छैनन् । पुरस्कारको रुपमा पाईने मोटो धनराशीले मलालाको सम्मान र उनको गोली लागेकोलाई खरिद गरेको छ ।
किनकि नोबेल पुरस्कारको इतिहास नै रक्तरञ्जित छ । अल्फ्रेड बर्नार्ड नोबेल, जसले यो पुरस्कारको स्थापना गरे, उनलाई ।।।मृत्युको ब्यापारी’ नामले चिनिन्थ्यो । कारण उनी तिनै नोबेल हुन् जसले
डाइनामाइट, बलिस्टाइट जस्ता खतरनाक बिष्फोटक पदार्थहरुको आविष्कार गरे । तोप बनाउने बोफोर्स कम्पनीका मालिक थिए उनी ्र कैयौं देशमा युद्ध भड्काउन उनले आफ्नो हतियार बेचे र अकुत सम्पत्ति थुपारे । आजसम्म उनकै आविष्कारले संसारभर करोडौंको ज्यान लिइसकेको छ ्र।
१८८८ मा उनको भाई नोबेल लद्विगको मृत्युपछि आङ्खनो सम्पत्ति तह लगाउन उनले भाईको नाममा नोबेल पुरस्कारको स्थापना गरे ्र तर एउटा ङ्खरेन्च पत्रिकाले भूलवश बैज्ञानिक (दाई) अल्ङ्खरेड नोबेलकै मृत्यु भएको ठान्यो र The Merchant of Death is Dead शीर्षकमा मृत्युलेख नै छाप्यो ्र जसमा
लेखिएको थियो ( "Dr. Alfred Nobel, who became rich by finding ways
to kill more people faster than ever before, died yesterday.")यो पढिसकेपछि नोबेलले तोरीको फूल देखे आफ्नो मृत्युपछि संसारलाई आङ्खनो छवि उँचो भएको देखाउने अनेक तौरतरिकाको खोजीमा तल्लिन नोबेलले त्यो पुरस्कार आफ्नै नाममा राखे । मानव जगतमा उल्लेखनीय कार्य गर्ने व्यक्तिलाई सम्मानित गर्ने हेतुले आफ्नोे चाखका विषयहरु भौतिक
शास्त्र, रसायनशास्त्र, औषधीविज्ञान, र साहित्यको विधा छानेर त्यसमा पुरस्कार घोषणा गरे । ।।।नोबेल शान्ति पुरस्कार’ चाहिं नोबेलकी पुर्वप्रेमिका तथा निजी सचिव बर्थाको आग्रहमा स्थापित तथा प्रवर्धित पुरस्कार थियो र १९०५ मा यो पुरस्कार उनैले हात पारिन् ।
यसरी, संसारले चिनेको आङ्खनो ।।।युद्ध बिक्रेता’को छवि मेटाउन उनले नोबेल पुरस्कारहरुको स्थापना तथा प्रवर्धन गरेका थिए । उदेकलाग्दो कुरो त के छ भने सोही पुरस्कार उनकै प्रेमिकाले हत्याइन् र अर्को टीठ लाग्दो कुरा १९३९ ताका अडोल्फ हिटलर जो इतिहास मै क्रुर शासक भनेर चिनिएका व्यक्तिपनि नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका थिए । यसले देखाउंछ
पुरस्कारको नाम नोबेल भएपनि यो पुरस्कारका लागि जस्तोसुकै कद र बिचारका मान्छे पनि मनोनित हुन सक्छन् ।
मलालाजस्ती प्रगतिशील छोरी वा किशोरी कुनैपनि समाजकालागि आदर्श हुन् । निश्चय पनि मलाला सम्मानित हुनु गर्वको कुरा हो ्र तर सम्मान कसले गरिरहेछ र कुन विधामा गरिरहेछ त्यो विश्लेषण गनुपर्र्ने लायकको विषय हो । म सम्झिरहेछु २०१२ को अक्टोबरतामा मलालाको टाउकोमा दागिएको गोली र तिनै हतियारका आविष्कारकको नामबाट मलालालाई दिइएको यो ।।।शान्ति
पुरस्कारु । हतियारका व्यापारीहरु शान्तिकोलागि गोहीको आँशु बगाउंछन् । पुरस्कार बाँड्नहरु आफैं बोक्सी आफैं झाँक्रीको भेषमा नाटक गरिरहेको देख्दा शीर लाजले निहुरिन्छ । यो पुरस्कार होइन, मलालालाई दागिएको अर्को गोली वा ुमिठो चक्कुुजस्तो लागिरहेछ । ्र मलाला जस्ती होनाहार किशोरीलाई यो हतियार र वारुद बेचेर कमाएको पैसाले को पैसाले सम्मान दियो वा उनको अपमान गर्यो यो छुट्टै बहसको विषय बनेर मेरो मथिंगल खाईरहेको छ ।
(प्रकाशित मितिः२०७१ असोज३० गते विहीवार)