– सन्तोषकुमार मिश्र
सन्दर्भ युवराज पारस शाह ८ ग्राम गााजासहित पक्राउ ! नेपाली मिडियादेखि इन्टरनेट तथा सामाजिक संजालमा मात्र सीमित नभएर समग्र नेपाली समाज बिच व्यापक प्रतिकृया अर्थात टिका टिप्पणी भयो । किन ? हिजोको शाहज्यादा पछि युवराजको सम्मान पाएका युवराज पारस वर्तमानमा पूर्व युवराज भएकोले नै होला संचार मिडियामा समाचार अर्थात खबरको स्थान ओगटेको हुनुपर्छ । र सो समाचा
रले नेपाली समाजको हरेक वर्ग तथा तप्कामा राम्रो वा नराम्रो प्रतिकृया आउनु स्वाभाविक हो । नेपाली समाज अर्थात पाठकको प्रतिकृया आउनुअघि नै घटित घटना हो वा होइन भन्नेबारे संवेदनशील विषयलाई अनुसन्धान नै नगरी कथित श्रोतकर्ताको आधार बनाएर युवराज पारस शाह पक्राउ बारे समाचार प्रपोगण्डाको रुपमा संप्रेषण भई प्रयोगमा ल्याउने सन्देश पक्कै पनि आपत्तिजनक हुनेछ । संचारमाध्यमको दुरुपयोग पनि हो । यसतर्फ पाठकवर्ग अर्थात नेपाली समाज सचेत हुनैपर्छ ।
हल्लै हल्ला, झुण्ड र भीडको आधारमा स्थापित हुने परिणाम भविष्यमा हातलागे शून्य नै हुनेछ । परिवर्तनको नाममा हुँदा खाँदाको विषय, वस्तु र राजनीतिक परिवर्तन गरिन्छ भने आकार लिन असम्भव हुनेछ । यसर्थ मुलुकको भौगोलिक यथास्थिति, समाज, धर्म, परम्परा र स्वाभाविक आचरणलाई समग्र मनुष्यजातीले अंगालेको पाइन्छ । र यो प्राकृतिक शास्वत पनि हो । तसर्थ प्राकृतिक रुप, रंग र यथास्थितिसँग जुझ्न
वर्तमान आधुनिक विश्वमा वैज्ञानिक उपचार विफल छ । त्यसैले नेपाल मुलुकका वहुसंख्यक जातजातीको प्राकृतिक स्वभाव, धर्म र परम्पराबाट उत्थान भएको मदिरा तथा गाँजाजन्य विषयवस्तु शुभ र राम्रोको रुपमा पिउने तथा प्रयोगमा ल्याएको पाइन्छ । मदिराजन्य तरल पदार्थ नेवार जातीको शुभ कार्यमा चल्ने प्रक्रियामा नभईनहुने विषय रक्सी अर्थात मदिरा देवीदेउतालाई प्रसादको रुपमा ग्रहण गराउने र उही प्रसाद अर्थात मदिरा भक्तजन यानी नेवार जातीका जनताहरूले पिउने गरेको चलनलाई के भन्ने ? जब देवी दउता मान्ने नेवार जातीमा रक्सी अर्थात मदिरा भगवान, प्रभुलाई ग्रहण गराइन्छ र उही नेवारजातीले अत्यधिक मदिरा सेवन गर्ने परम्परागत चलनलाई राम्रो मान्ने कि नमान्ने ? त्यस्तै शिवको बुटी अर्थात गाँजाजन्य लागुपदार्थ भगवानका शंकरको प्रिय वस्तु भएको पौराणविक मान्यता पाएकोले नै हिन्दूजातीका विशेषत: साधुसन्तले प्रयोग अर्थात पिउने तथा गाँजा तान्ने गरेको पाइन्छ भने शिवरात्रीका दिन भाँग धतुरा शिवको प्रसादको रुपमा प्राय: हिन्दूजातीले ग्रहण गर्ने विषय राम्रो वा नराम्रो कसरी भन्ने ? हो पक्कै पनि मदिरा अर्थात रक्सी तथा गाँजा जस्ता लागुपदार्थ पिउने तथा तान्ने मनुष्य प्रवृत्ति अवश्य पनि स्वास्थ्यकोलागि हानिकारक छ । तर उही शदीयौंदेखि हिन्दू तथा नेवार, मगरजस्ता अत्यधिक जनजाती तथा दलित समाजले पिउने गरेको रक्सी/मदिराजन्य तरल पदार्थ पौराणविक मूल्य मान्यता तथा धर्म परम्पराबाट बाँधिएको अत्यधिक नेपाली समाज आधुनिक विश्वमा एकमात्र हिन्दु राष्ट्र पनि हो । यद्यपि यतिखेर मुलुक धर्मनिरपेक्ष भएपनि उही हिन्दु परम्पराअनुसार राष्ट्रपतिले इनद्रजात्रा, भोटोजात्रा देखाउने र शिवरात्रीका दिन पशुपति पुगेर महादेव शंकरको पूजाअर्चना गर्ने गरीन्छ । धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न सक्ने राजनीतिक परिवर्तनकामी काँग्रेस, एमाले र नेकपा माओवादीले सदऔंदेखि चल्दै आएको हिन्दुको परम्परालाई निरन्तरता दिनु मुलुक हिन्दु राष्ट्र हो कि होइन ?
यसतर्फको वहशलाई थांतिराखी रक्सी तथा गाँजा पिउने र तान्ने विषयवस्तुतर्फको विषय उत्थान भएकोले त्यसतर्फ जानु वेश हुनेछ । देवी, देउतादेखि मरण अवस्थाको क्रियागत दु:खद समयमा पनि पिउनै पर्ने रक्सी अर्थात मदिराजन्य तरल पदार्थ परम्परादेखि चल्दै आएकोले नै यस समाजमा अधिकांश जातजातीले परम्परालाई कायम राख्नु राम्रो वा नराम्रो हो ? यावत विषयलाई थांति राखी राज्यले मदिरा तथा गाँजा प्रयोग गर्नु राम्रो होइन भनि सार्वजनिक सूचना प्रशारण पनि गरेको पाइन्छ । गाँजा धतुरोजन्य लागुपदार्थ सेवनकर्ता सुधार केन्द्र खोलेको पाइन्छ । किन ? लागु पदार्थ सेवन गरी कुलतमा लागेका नागरिकलाई सुधार गर्नु राज्य र समाजको कर्तव्य भएकोले “सुधार केन्द्र”हरू नीजि तहमा पनि खोल्न छूट दिएको छ । यसर्थ उही युवराज पारसको प्रसँग पनि लागु पदार्थ सेवनलाई लिएर बदनामपूर्ण खबर अर्थात अतिरंजित समाचार संप्रेषण गर्नु भन्दा तथ्यपूर्ण समाचारको अनुसन्धानमूलक सूचना प्रकाशित गर्नु संचारजगतकोलागि नै हित र सम्मानजनक हुनेछ । यदी युवराज पारसले लागु पदार्थ पिउने नै गरेको छ भने “सुधार केन्द्र”मा राख्नुपर्छ भनि समाचारको प्रसार किन गरिंदैन ? बाँच्न पाउने सबैको अधिकार हो यसर्थ खाडी राष्ट्र तथा तेश्रो मुलुकमा अपराध गरेर सजाँय पाइसकेका नेपालीको छोरा छोरीको ज्यान बचाउन ब्लडमनिको चन्दा देशव्यापी रुपमा उठाउने र चन्दा उठाइएर सजाँय पाएर जेलनेल परेका कतिपय नेपालीलाई बचाएको अर्थात उद्धार गर्ने यहि नेपाली समाज नै हो । तर पारस शाहलाई उही लागु पदार्थ सेवन तथा नाममात्रको परिणाम देखाएर सजाँय दिंदैछ भनि समाचार बनाएर सजाँयको भागिदारी बनाउन खोजिएको हो कि होइन ? बदनाम गर्न दुश्प्रयाष गरिएको हो कि होइन ? भन्ने अहम् सवाल सिर्जना भएको छ ।
यथार्थमा थाइल्याण्ड राष्ट्रमा युवराज पारस शाह जहिले पनि एक्लै पक्राउ हुनु र सबुत प्रमाण नभएको भनि थाइल्याण्डको अदालतले रिहाइ अर्थात वरि गर्नुले पनि युवराज पारस शाह लागुपदार्थ सेवन तथा बेचविखन प्रकरण आफैंमा शंकास्पद छ । थाइल्याण्डको अदालतले ससम्मान रिहाइ अर्थात वरि हुने पारस शाह दुई दिनपछि नाममात्रको परिणाम रहेको लागुपदार्थ गाँजासहित पक्राउको समाचार प्रशारण हुन्छ । भने थाइल्याण्ड प्रहरी र समाचार सम्प्रेषण गर्नेको नियति शंकास्पद घेराभित्र रहनु स्वाभाविकै हो । यसर्थ यसरी नकारात्मक सन्देश प्रवाह गर्नुभन्दा साधारण नागरिकले बाँच्न पाउने हकलाई मनन गरेपनि मानवअधिकार, संचारजगत र समाजसेवीहरुले पारस शाहलाई हुन सक्ने मानसिक तथा शारीरिक क्षति अर्थात भारतीय आपराधिक समुहबाट हुन सक्ने हत्याजन्य खतराबाट बचाउन सबै आम नेपालीको धर्म पनि हो । यसर्थ पारस शाहमाथि षड्यन्त्र बुन्दै हत्या हुने त होइन ? भनि आम नेपाली जनताहरु बिच आशंका बढ्दै गएकोले पनि युवराज पारसलाई स्वदेश यानी नेपालमै फिर्ता ल्याउने वातावरण बनाउन कसैले पनि कन्जुयाईं गर्नु हुँदैन । अपराध गरेर सजााय पाएकालाई ब्लड मनिको चन्दा उठाउने र उद्धार गर्ने सरल स्वभावका आम नेपालीहरूले पारस शाहको रक्षा गर्न र जीवन बचाउन उन्मूख हुनुपनि पर्छ । यही आम नेपालीको पहिचान पनि हो ।
प्रकाशित मिति:२०७१ असोज ३० गते बिहीवार
सम्बन्धित आलेखहरुः
मुलुककै प्रथम प्रधानमन्त्री भिमसेन थापाको नियति युवराज पारसले भोग्नुपर्ने त होइन
संचारमाध्यमले भ्रमको खेती गरी, डलर कमाउने धन्दा कहिले छोड्ने !!!
थाइलैण्डमा पूर्वयुवराज पारस पक्राउ नभएको पुष्टी (पारसको भनिएको फोटो अर्कैको रहेको प्रमाणित)