सन्तोषकुमार मिश्र ।
वीरगंज, १२ भदौ । प्रहरी प्रधान कार्यालयले ६४ जना एस.पी. अर्थात प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ ।
विहीवार प्रकाशित सरुवा नामावलीअनुसार प्रहरी उपरीक्षक दिवेश लोहनीलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिइएको छ भने हाल कार्यरत प्रहरी उपरीक्षक धिरज प्रताप सिंहलाई पर्साबाट मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ ।
त्यस्तै रौतहटका प्रहरी उपरीक्षक उमेश रंजितकारलाई मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको प्रमुख बनाइएको छ भने रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी सानुबाबु थपलियालाई दिइएको छ । थपलिया यसअघि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गण बिराटनगरमा थिए ।
प्रहरी उपरीक्षक दिवेश लोहनी चार वर्ष अघि जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालिन प्रहरी उपरीक्षक रमेश खरेलको कार्यकालमा प्रहरी नायब उपरीक्षकको रुपमा कार्यरत रही निकै उपलब्धी मूलक कामहरु गरेका थिए । त्यतिखेर पर्सा जिल्लावासीले गर्न पाएको शान्ति सुरक्षाको अनुभूति अहिलेसम्म बिर्सिन सकेका छैनन् ।
उनको आगमनको खरबरले न्यायप्रेमी र शान्ति सुरक्षाको अनूभूति गर्न नपाएका जिल्लावासीहरुमा अाशाकाे किरण देखिएको छ ।
अन्य प्रहरी उपरीक्षकहरुको नामावली
वीरगंज, १२ भदौ । प्रहरी प्रधान कार्यालयले ६४ जना एस.पी. अर्थात प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ ।
प्रहरी उपरीक्षक दिवेश लोहनी |