प्रनानि कुशवाहाद्वारा सरकारी लेटर प्याडको दुरुपयोग

वीरगंज,भदौ/इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक(सइ)अरुण कुमार कुशवाहाले सरकारी नियम कानुनको खिल्ली उठाएको पाइएको छ ।

जीतपुर प्रहरी कार्यालयको लेटरप्याडमा बिशेष प्रहरी कार्यालय भन्दै उनले गिट्टी बालुवा जिल्ला निकासीमा सहयोग गरिदिन समेत आग्रह गरेका छन् । उनले भदौ १५ गते तयार पारेको एक सहयोग पत्रमा वीरगन्जको घण्टाघर नजिक रहेको पानगल्लीका लागि ग.३.ख.६५८४ नम्बरको ट्याक्टरमा बालुवा पठाइएको हुंदा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

नेपाल सरकारले चालु आर्थिक बर्षको साउन महिना लागेपछि तत्कालका लागि गिट्टी तथा बालुवा जिल्ला निकासीमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको भएपनि प्रहरी नायब निरीक्षक कुशवाहाले पदको दुरुपयोग गर्दै नियम कानुन तोड्दै गिट्टी बालुवाको निर्वाध जिल्ला निकासी तथा पैठारी गरिरहेको पाइएको छ । उनले इलाका प्रहरी कार्यालय सिमराको लेटर प्याडमा बिशेष प्रहरी कार्यालय भन्दै लेडरप्याडको समेत दुरुपयोग गरेको प्रहरीका उच्च अधिकारीहरुले नै बताएका छन् । प्रहरी नायब निरीक्षक कुशवाहाले उल्लेख गरेको जस्तो वीरगंजको घण्टारघर क्षेत्रमा कुनै प्रकारको पार्क हाल बनिरहेको पनि छैन । पार्क वीरगंजको माइस्थानमा बनिरहेको भएपनि त्यसको निर्माणको सामग्री स्थानीय स्तरमा नै जुटाइएको निर्माण कर्ताहरुले बताएका छन् ।

SHARE THIS

Author:

Facebook Comment