यो गाइजात्रा हो कि भेँडा जात्रा ?

दिवाकर मैनाली।हेटौडा,मकवानपुर 
..
राजा प्रताप मल्लले शोकमा डुबेकी आफ्नी रानीलाइ खुशी बनाउने उद्धेश्य अनुरुप जनता भेला गरि निकालीएको गाइजात्रा बिस्तारै बिस्तारै सिँगो मुलुक मा नै एक पर्बको रुप दिएर मनाउन थालीयो । जनै पुर्णीमाको ठिक भोली पल्ट निकालीने यस गाइजात्रा पर्बले सारा जनतामा खुशी, उमंग र हाँस्न हसाऊन सफल भयो ।

गाइजात्रा हिन्दु धर्म भीत्र पनि नेवार जाती हरुले बिशेष महत्वका साथ मनाउने गर्दछन् । गाइजात्राको दिन पारेर आफ्ना पितृहरुको नाम मा दान दक्षीणा वा सत्कर्म गर्नाले पितृहरुले मुक्ती पाऊने जनबीस्वास नेवार जातीमा छ । त्यसैले नेवार जातीहरुले यसलाइ छुट्टै महत्व दिने गरेका छन् । 

अर्को तर्फ हेर्ने हो भने बर्षाको खेती को अन्त भयको दिन अर्थात जतिपनि बर्षे खेति हरु छन् ति सबै यो पर्व भन्दा अगाडीनै सकिइ सक्ने भयको हुनाले बर्षे खेतिमा गरिएका दुखलाइ बिर्सन सबैजना आफ्ना र आफन्त एक ठाउमा जम्मा भइ रमाइलो गर्ने मिठो मसीनो पक्वान बनाएर खाने र खुशीका साथ हास्ने र हसाउने अवशर को रुपमा पनि यो पर्वले निरन्तरता पाएको हो भन्ने भनाइ छ ।
 
गाइजात्रा पर्वले एक महत्व राखे पनि हाल भने गाइजात्रा पनी लोकतान्त्रीक ब्यापार भयको छ । बिभिन्न कलाकारले एउटा कमाउने अवसर को रुपमा पनि यस्को प्रयोग गर्ने गरिन्छ । कलाकारहरुले होडबाजीमा अरुको नक्कल (क्यारिकेचर) गर्ने , अरुले गरेका काम कर्तब्यलाइ गीज्याउने वा खिज्याउने र आफुलाइ हाँस्य कलाकार साबित गरेर पैसा कमाउने पर्वको रुपमा पनि मनाउदै आइ रहेका छन ।
२५ बर्ष देखि निरन्तर चल्दै आएको गाइजात्रे देशमा अब कलाकारले जे जति नै गर्दा पनि हासीदीने जनता नभय पछी कलाकार हरुको यो पेशा पनि धरापमा पर्न थालेको छ । जनता कलाकारले गरेको अरुको नक्कल भन्दा पनि नया नया ब्यवस्था हुदै पलाएका र प्रसिद्ध भयका बिभिन्न राजनीतीक दलहरुले बनाएको देशको को स्थिती पनि गाइजात्रा भन्दा कम छैन ।
 
सिँगो देशमा नै दैनिक मौलाएको गाइजात्रा ले जनता वाक्क भैरहेकै बेलामा पर्वको रुपमा मनाइने एक महत्वपुर्ण चाड पर्व नै धरापमा परिरहेको छ । अगाडी बढ्नु पर्ने मुलुक पछाडी धकालेका छन, देशमा अराजकता दिन प्रतिदीन मौलाएकै छ । न कानुन छ न कुनै नियम अनि जसको शक्ती उसैको भक्ति भनेझैँ एउटा समुह अराजक फैलाउछ अर्को समुह बन्द हडताल , नारा जुलुस गर्दछ । यो कार्य पालै पालो श्रीँखला बद्ध चलिरहेको छ । 

जनताले एकदिन पर्वको रुपमा गाइ निकालेर मनाइने पर्व भयको हुनाले यो पर्वको नाम गाईजात्रा  भयको हो तर राजनितीक दलहरुले जनता निकालेर दिन दिनै अर्थात दैनिक गर्ने जात्रालाइ अब के भन्ने त ? त्यसैले नेताले जनता लाई भेडा बनाइसकेको हुँदा तसर्थ यो पर्वको नाम पनि परिमार्जन गरी लोकतान्त्रीक नाम भेडा जात्रा राख्ने हो की ?

SHARE THIS

Facebook Comment