दिवाकर मैनाली |
समाज होस या मुलुक कुनैपानी ब्यबस्था
चलाउन त्यस ठाँउको ब्यबस्थापन को ठुलो भुमीका हुने गर्दछ । कुनै पनि घर परीवार मा निती नियम गतिलो र प्रभावशाली भयन भने त्यस घरका कुनै पनि
सदस्य लाइ समाजमा स्थापीत हुन अत्यन्तै कष्टकर हुनुका साथै उद्धेश्य अनुरुप को मार्गदीशा कायम गर्न
बिफल नै हुन्छ । घर
का मुली ले परिवार सम्बन्धी आवश्यकता पुर्ति गर्न नसक्ने बौद्धीक अपाँग ठहर गरिन्छ र उसले बनाएको घर चलाउने निति नियम कै कारण अन्त:त परिवार नै समाज बाट या त
बहिस्कार यात अपहेलीत भयर बस्नु पर्ने हुन्छ । घर वा राज्य चलाउने ब्यक्तीमा बौद्धीक ज्ञान भरपुर हुन जरुरी
छ ।
नेपाल एक प्रकृती सम्पदा , धर्म सँस्कृती को हकमा बिश्वमा चिनिएको एक शान्त देश हो । नेपालको बारेमा हामी नेपाली
भैकन पनि हामीमा अत्यन्तै कम ज्ञान हाँसील छ । नेपाललाइ हामिले भन्दा पनि बिदेशीले राम्रो सँग चिनेका छन
। त्यसै कारण
बिभिन्न देश बाट पर्यटक को रुपमा होस या बिकाशी योजना अनुरुपमा नेपाल प्रति धेरै को सँख्यामा बिदेशी
भित्रीने गरेको छ । बिर गोरखालीको देश नेपाल भन्ने बित्तीकै बिस्वको ध्यान केन्द्रीत नेपालमै हुने गरेको छ
।
हामि नेपाली , बिर गोरखाली को नाम
बाट आज सँसारभर शीर ठाडो गरेर हिड्न पाएका छौँ । सँसारमा एक मात्र देश नेपाल हो जो अरुको दाशी बन्नु परेन । यो देन पुर्वज अर्थात बिर गोरखाली हरुकै हो । मुलुक बनाउन वा मुलुक चलाउन जात धर्म र सँस्कार बेचिरहनु पर्दैन भन्ने
उदाहरण पनि पुर्वजले सिकाएकै थिए । बाइसी चौबिसी राज्यमा टुक्रीएर बिचलीत भयको मुलुक एक शुत्रमा गाँसेर
एउटा साझा फुलबारी
अर्थात आजको नेपाल बनाउने काम श्री ५ पृथ्वीनारायण शाहले गर्नु भयो । उहाँ ले त्यतीखेर जात धर्म र उचा निचा मा बर्गि करण
गर्नुभयको भय सायद आजको
नेपाल , नेपाल रहने थिएन ।
मुलुक को लागी हिमाल तराइ र पहाडको अत्यन्तै खाँचो छ भन्ने हेतुले नै
पुर्व देखी पश्चीम सम्मको भुभाग ले हिमाल तराई र पहाड चुमेको छ । बिभिन्न समय लाइ पहिचान गरी समयानुकु
राज्य र रौजौटालाइ गर्नु
पर्ने सेवा सुबिधामा पुर्वज हरुले कहिले पनि कमि आउन दिएनन् । जनता भोको रहे आफ्नो पेट नभरिने आत्म बिस्वास बोकेका पुर्वज
का शासक हरुको थियो
। तसर्थ बल बुतोले भ्याय सम्म मुलुक लाइ बिश्व सामु चिनाउन सफल भयका थिए । त्यती खेर न कुनै जातीको कुरा आयो न कुनै बर्गको या क्षेत्र को । त्यसैले त आज हामी नेपाली
भयका छौँ ।
बीज्ञान को क्षेत्रमा , आर्थीक को क्षत्रमा बिस्वले फडको मारीसकेको पुर्बसन्ध्यामा नेपाल भने सय बर्ष पछाडीनै अल्मलीएको छ । बीश्वमा
शान्तीको सँदेश फैलाइ
बिश्वकै ध्यान केन्द्रीत गर्न सक्ने महान पुरुष अर्थात भगवान
गौतम बुद्ध को जन्म भुमी नेपाल बाट नै
गृह युद्धको बीगुल फुकीयो । मार्ने र मर्ने खेल को कारण बर्षौ सम्म यो भुमीमा जनता को रगत बगाउने काम केही बहकाउबादीहरु बाट हुन पुग्यो त्यसको
प्रतिफल आज नेपाल बिश्वमै शान्ती को मुलुक बन्न पुगेको छ । अनेकतामा एकता भन्ने नारा लीएर नेपाल लाइ
शान्ति देश घोषणा गर्नु
पर्छ भनेर बीश्व सामु उभीने
उदारबादी पुर्व राजा श्री
५ बिरेन्द्र को बशँ बिनाश गरी आफु अनुरुप राज्य बनाउन मा यिनै
बहकाउबादीहरु दिन प्रतिदीन
सफल भै रहेका छन् ।
जनता को आस्था को रुपमा आफुलाइ सधैँ उभ्याउन खोज्ने मदन भन्डारी जस्ता देशलाई माया गर्ने चर्चित नेताहरुलाई
सडक दुर्घटनाको कारण बनाएर आफ्नो मार्ग बाट हटाउँदै अगाडी बढ्न सफल भयका कुख्यात बिभिन्न नामधारी देश द्रोहीका झुण्डहरु पटक
पटक सत्तामा पुग्न सफल त भए तर बुद्धीमा बिर्को लागेका भ्रष्टहरुले जतिनै मचिएपनी देश झन झन अन्धकारमय हुदै गइरहेको छ । जनताको आशाको दिप अब नीभी
सकेको छ पटक पटक सत्तामा पुर्याउने हामी जनता हरु नै हौँ भने अब दोष दिने कस्लाई ?
पटक पटक को जन आन्दोलन र परिवर्तनको नशामा मुलुक होमीदा दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ । सत्ता मोह र बिलासिता को निती अँगालेका बिभिन्न राजनितीक दल हरुका कारण देश भयाबह स्थिमा खडा हुन पुग्यो । ब्यक्तीगत स्वार्थ पुर्ति गर्ने होडबाजीमा राष्ट्रघाती हरु जनताको आँखामा पट्टी बाँधीयो । जनता ले राम्रो नराम्रो खुट्ट्याउनै सकेनन । बहकाउको ख्याल नराख्दा र होस नपुर्याउदा आज देश अराजक हरुको थलो बन्न पुग्यो । छातिमा रगत जमाएर पुर्बज हरुले आज्यका मुलुक आज दिन दहाडै लुटिइ रहेको छ । जसले देशको लागी रगत बगायो उ आज बर्षको एक चोटि पनि पुजीदैन !
राज्यले मागेको ब्यक्ती समयमै पहिचान गर्न नसक्दा देशमा मीयो बिनाको दाइँ भयको छ । आफ्नो भन्दा जनताको हित चाहने राष्ट्रका श्रष्ठा ब्यक्ती हरुलाइ राज्यले गुमाउनुमा हामी आफै प्रत्यक्ष दोषी ठहरीन्छौँ । आज राष्ट्र मा सहि निती र नेतृत्व को चैन नहुँदा सिँगो राष्ट्रनै अपाँग भयको छ । सबै चिज आफु सगँ हुदा हुदै पनि हामि पर निर्भर भयर बाच्न बाध्य छौ ।
बिश्वमा जल श्रोतको देश्रो देश नेपाल आज बिजुली बिहिन झैँ भयको छ । पानिलाइ सही सदुपयोग गर्न नसक्दा बर्षामा बाढि पहिरो को कारण हजारौ को ज्यान जाने गरेको छ भनेँ हिउँदमा सुख्खा लागेर हजारौँ बिगाहा जमीन बाँजो राख्नु परेको छ । हिमालको जडिबुटी को सहि पहिचान गर्न नसक्दा र तराइका खेति यग्य उर्वरा जमीनले मागेको खेति गर्न नसक्दा , खेतिमा आधुनिकरण हुन नसक्दा ९१% कृषक भयको मुलुक अरुकै भरमा बाँच्नु परेको छ । मुलुकमा प्रभावकारी शिक्षा , रोजगारी नभयकै कारण बर्षेनी ठुलो सँख्यामा युवा बर्ग पलाएन हुने काम तिब्र बृद्धी भयको छ । देश मा भयका प्रकृती सम्पदा लाइ सहि सदुपयोग गर्ने हो भने देशमै रोजगारीको अवसर हुने थियो , देशमानै रोजगारी हुँदा युवाशक्ती बिदेश पलायन हुने थियनन ।
युवा शक्ती देश मै हुने हो भने देशको प्रगती हुने थियो । बिदेशमा रात दिन र घाम पानि नभनि कमाएको पैसाले नालायक नेता पाल्नु परेको छ । देशमा कुनै कानुन छैन । जसले जे गरेपानि खुल्ला छ याँहा । हत्यारा, बलात्कारीले राज्य सम्मान पाँउछ । राष्ट्रसेवक कित खरिद बिक्री गरिन्छ कि त हत्या गरिन्छ ।
बन्द हडताल आफैले गराउछन फेरी ब्यापारीको मिलेमतोमा महँगी बढाउछन् । राज्यमा कुनै कानुन छैन । नेता सधैँ भिख मागी रहन्छ जनता परदेश मा गुलामी गर्न बाध्य छ । अरु देश को दाँजोमा अत्यन्तै कम जनसँख्या भयको देश नेपाल सधै बाह्य देश मै आश्रीत भयर बाँच्नु परेको छ । जनता देखी राज्य सम्मनै अरुमा निर्भर हुनु परेको छ । अरुले बिकाश गरिदिन्छकी , अरुले पढाइदिन्छ कि भनेर आश गर्नु परेको छ । अब फेरी देशलाई श्री पाँच पृथ्वीनारायण एक सपुत चाहिएको छ । अमर शिंह थापा, बलभद्र कुंवर, भक्ती थापा अनी भिमसेन थापा जस्ता राष्ट्र सेवक अनि मदन भण्डारी जस्ता नेता र श्री ५ बिरेन्द्र जस्ता शासक चाहिएको छ ।