वीरगंज,
सिन्धुपाल्चोकको पहिरो पीडित घरपरिवारको राहतको लागि वीरगंज उद्योग वाणिज्य सङ्घले ५१ हजार बराबर रकमको चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष अशोक कुमार वैध तथा पदाधिकारीहरुले आज एक समारोह बीच पर्साका का.मु. प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेको उपस्थितिमा चेक हस्तान्तरण गरिएको छ ।
गत साउन १६ गते सिन्धुपाल्चोकको मांखा, राम्चे तथा टेकानपुर र धुस्कुन गाविसहरुमा बाढी पहिरोबाट अरबौं रुपैयाँ बराबरको जनधन नष्ट हुनुको साथै हजारौं घरपरिवार घरवार विहीन भएका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष सुबोध कुमार गुप्ता, सह–कोषाध्यक्ष दीपक टिबडेवाल, सह–सचिव मनोज शर्माको उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोकको पहिरो पीडित घरपरिवारको राहतको लागि वीरगंज उद्योग वाणिज्य सङ्घले ५१ हजार बराबर रकमको चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष अशोक कुमार वैध तथा पदाधिकारीहरुले आज एक समारोह बीच पर्साका का.मु. प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेको उपस्थितिमा चेक हस्तान्तरण गरिएको छ ।
गत साउन १६ गते सिन्धुपाल्चोकको मांखा, राम्चे तथा टेकानपुर र धुस्कुन गाविसहरुमा बाढी पहिरोबाट अरबौं रुपैयाँ बराबरको जनधन नष्ट हुनुको साथै हजारौं घरपरिवार घरवार विहीन भएका छन् ।चेक हस्तान्तरण कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष सुबोध कुमार गुप्ता, सह–कोषाध्यक्ष दीपक टिबडेवाल, सह–सचिव मनोज शर्माको उपस्थिति रहेको थियो ।
Nepalese Rupee Exchange Rate